लमजुङमा १० किमि दुरीको मिनीम्याराथन भाेलि बिहान

लमजुङमा १० किमि दुरीको मिनीम्याराथन भाेलि बिहान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ ९ गते शुक्रबार ०८:५८

पुरातत्त्व विभागका महानिर्देशक साैभाग्य प्रधानांगकाे प्रमुख आतिथ्यतामा हुने साे प्रतियोगिता यहाँको न्यू विश्व शान्ति गुम्बा परिसरमा उद्घाटन हुने कार्यक्रम रहेको छ ।

उक्त मिनि म्याराथन दाैड बाैद्ध शान्ति गुफाबाट सुरु भई, बाेर्डिङचाेक, जुगेपानी, पञ्चमन्दिर, पञ्चायत घर, मल्ल स्वारा, ढलेपिपल, बालविकास मावि, सेरा चाेक, रातमाटा हुँदै जाल्पादेवी मन्दिरमा पुगेर विसर्जन गर्ने कार्यक्रम रहेकाे आयोजककाे भनाइ छ ।

साेतीपसल(लमजुङ)- लमजुङको मध्यनेपाल नगरपालिका- २ काे सम्पूर्ण तयारी पूरा भएको छ । जाल्पादेवी मन्दिर व्यवस्थापन समितिकाे आयोजनामा याे क्षेत्रमै पहिलो पटक आयोजना गरिएको साे म्याराथन माघ १० गते बिहान सुरु हुने भएको हाे ।
यहाँको न्यू विश्व शान्ति गुम्बा परिसरमा उद्घाटन हुने कार्यक्रम रहेको छ । पुरातत्त्व विभागका महानिर्देशक साैभाग्य प्रधानांगकाे प्रमुख आतिथ्यतामा हुने साे प्रतियोगितामा एक सय जना बढीले भाग लिने आंकलन गरिएको मूलसमितिका संयाेजक एवम् साे वडाका अध्यक्ष पद्मबहादुर थापाले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको छ । उहाँले भन्नुभयाे, दुई जना रेफ्रि पनि आइपुग्नु भएको छ, प्रमुख अतिथि भाेलि बिहानै आउने कार्यक्रम छ ।
उक्त मिनि म्याराथन दाैड बाैद्ध शान्ति गुफाबाट सुरु भई, बाेर्डिङचाेक, जुगेपानी, पञ्चमन्दिर, पञ्चायत घर, मल्ल स्वारा, ढलेपिपल, बालविकास मावि, सेरा चाेक, रातमाटा हुँदै जाल्पादेवी मन्दिरमा पुगेर विसर्जन गर्ने कार्यक्रम रहेकाे आयोजककाे भनाइ छ ।
उक्त दाैडमा भाग लिन ५० जना बढी साेतीपसल आइसकेका छन् । उहाँले भन्नुभयाे, याे प्रतियोगिता जाल्पादेवी मन्दिरको प्रचारप्रसार का लागि गरिएको हाे ।

प्रकाशित मिति २०८२ माघ ९, शुक्रबार २०:५८ गते
हजुरको प्रतिक्रिया