जल्पादेवी मन्दिरको पुनः निर्माण कार्य हुने निश्चित, मिनि म्याराथनमा कार्की बने विजेता 

जल्पादेवी मन्दिरको पुनः निर्माण कार्य हुने निश्चित, मिनि म्याराथनमा कार्की बने विजेता 

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ ११ गते आईतबार १०:२६

नेपालको मौलिक सम्पदा एवम् कला संस्कृतिका विषय अध्ययन गरी डिग्रीमा गोल्डमेलड हासिल गर्नु भएकी महानिर्देशक प्रधानाङ्गले भन्नुभयो, ‘पुराना मन्दिर निर्माण कार्यमा सिमेन्ट र इनामेलको प्रयोग गर्दा यसको मौलिकपन, ऐतिहासिकता र पुरातात्विक महत्व गुम्ने, आस्था र उर्जामा कमी आउने आदि हुन्छ त्यसैले त्यस्तो काम गर्नु हुँदैन, हामी गर्दैनौं ।’ 

उनले प्रतियोगिताका लागि निर्धारण गरिएको १० किमिको उकालो सडक दुरी ४८.०९.४८ मिनेटमा पार गरेको राष्ट्यि रेफ्रि सञ्जित काफ्लेले बताए । 

तान्द्राङ टक्सार(लमजुङ) । यस क्षेत्रमा रहेको शक्तिशाली एवम् महत्वको जल्पादेवी मन्दिर संरक्षणका लागि गुरुयोजना बनाइने भएको छ । सो अनुसार मन्दिरको पुनःनिर्माण लगायतका कार्य हुने भएसँगै गुरुयोजना बनाइने भएको हो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गको प्रमुख आतिथ्यतामा जल्पादेवी मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको मिनि म्याराथनमा सो जानकारी माघ १० गते दिइएको हो ।
प्रतियोगिताको उदघाटन गर्दै पुरातत्व विभागका महानिर्देशक प्रधानाधाङ्गले जल्पादेवीको संरक्षण तथा पुनःनिर्माणको कार्य आजकै दिनदेखि सुरु भएको बताउनु भयो । यो कार्यक्रमको सहभागिताले त्यस्तो बोलेको उहाँको कथन थियो । उहाँले भन्नुभयो, ‘मन्दिर हामी बनाउँछौं, तर यसको गुरुयोजना बनाएर यसलाई पर्यटकीय गन्तव्य बनाउनका लागि राज्यका सबै निकायले जिम्मेवारी अनुसार काम गर्नु पर्दछ ।’ यस कार्यमा स्थानीय समुदायको सहयोग र अपनत्वको उत्तिकै जरुरी छ उहाँले भन्नुभयो । यस्ता मंदिरको संरक्षणको कार्यमा सिमेन्ट र इनामेलको प्रयोगले मौलिकता नष्ट हुन्छ, मौलिकता नष्ट हुनु भनेको ऐतिहासिकता र पौराणिकताको समेत नष्ट हुनु हो, त्यसैले यसतर्फ ध्यान दिनु पर्छ उहाँले भन्नुभयो ।
नेपालको मौलिक सम्पदा एवम् कला संस्कृतिका विषय अध्ययन गरी डिग्रीमा गोल्डमेलड हासिल गर्नु भएकी महानिर्देशक प्रधानाङ्गले सम्पदा तीन प्रकारको हुन्छ, मूर्त सम्पदा, अमूर्त सम्पदा र श्रुती सम्पदा भन्नुभयो । मूर्त सम्पदा भनेको भौतिक निर्माण, अमूर्त सम्पदामा कला आदि पर्दछ भने श्रुति सम्पदामा जल्पादेवी मन्दिरकै बारेमा हामीले धेरै अलिखित कुरा सुनेका छौं । अझै पनि केही पुरानो लेखट पाइन्छ कि खोज्ने, घण्टीहरूमा, शिलापत्र, भोजपत्र आदिमा त्यो नभए पनि अब श्रुतिसम्पदालाई लिपिपद्ध अर्थात अभिलेखीकरण गर्नु पर्छ त्यो काम हाम्रो अभिलेखालयमार्फत हुन्छ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, ‘पुराना मन्दिर निर्माण कार्यमा सिमेन्ट र इनामेलको प्रयोग गर्दा यसको मौलिकपन, ऐतिहासिकता र पुरातात्विक महत्व गुम्ने, आस्था र उर्जामा कमी आउने आदि हुन्छ त्यसैले त्यस्तो काम गर्नु हुँदैन, हामी गर्दैनौं ।’
अभिलेखालयका प्रमुख सुमी राईले अभिलेख किन राख्नु पर्छ ? भन्ने प्रष्ट्याउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नु भयो । उहाँले ती कुराहरु पनि गुरु योजनामा समेटिन जरुरी छ भन्ने उल्लेख गर्नुभयो । 
सो अवसरमा उक्त कार्यक्रमका सुत्रधार रहनु भएका वरिष्ठ पत्रकार एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले गतवर्ष आजकै आयोजक समितिको आयोजना यहाँ ठाडोभाकाको ठूलो कार्यक्रम गर्ने अवसर मिलेको थियो । त्यो बोलमा जल्पादेवीको दर्शन गर्न जाँदा म छक्क परेको थिएँ । त्यो बेलामा ‘माताको महिमा विस्तार र संरक्षणका लागि केही गर्न सकुँ’ भन्ने आशीर्वाद मागेको र जल्पादेवीको त्यही शक्ति र आशीर्वादले आजको कार्य हुन सकेको हो भन्ने लाग्छ भन्नुभयो । उहाँले अब देवीको महिमा हिजोका दिनमा जस्तो ओझेलमा पर्नेछैन म आफ्नोतर्फबाट गर्नु पर्ने र सक्ने हर प्रकारको सहयोगका लागि तयार छु भन्नुभयो । बालविकास माविका प्रअ दामोदर खनालले मन्दिरको इतिहासदेखि भावि कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संयोजक पदम थापाले जल्पादेवी मन्दिरलाई राष्ट्यि अन्तराष्ट्यिस्तरमा चिनाउने र मन्दिरको पुनःनिर्माणको उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाँले केही कमी भएमा सिकाइको क्रम भएको हुँदा कमी भएको भन्ने बुझ्न आग्रह गर्दछु भन्नुभयो ।
सो अवसरमा रास्वपाका उम्मेदवार धर्म केसी लगाउयतका विभिन्न दलका स्थानीय प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका  थिए ।
प्रतियोगितामा कुल ३८ जनाले भाग लिएका थिए । विजेता कार्कीले प्रतियोगिताका लागि निर्धारण गरिएको १० किमिको उकालो सडक दुरी ४८.०९.४८ मिनेटमा पार गरेको राष्ट्यि रेफ्रि सञ्जित काफ्लेले बताए । उनका अनुसार दार्चुलाका अक्कलबहादुर पाल दोस्रो भए । उनले सो दुरी ४८.४२.२४ मिनेटमा पार गरेका छन् । तेस्रो स्थान हासिल गर्ने बझाङका करण रावलले ४९.३९.४९ मिनेटमा पार गरेका थिए ।
यसैगरी, सान्त्वनाको पहिलो स्थान हासिल गर्ने खोटाङका श्रीकाश राईले ५०.२०.८२ मिनेटमा पार गरेको रेफ्री काफ्लेले जानकारी दिए । उनका अनुसार सान्त्वनाको दोस्रो स्थान तनहुँका कमल विकले प्राप्त गरेका थिए । उक्त निर्धारित दुरी विकले ५६.१२.४४ मिनेटमा पार गरेका थिए । छैटौं स्थान हासिल गर्ने लमजुङका विनायक अधिकारीले सो दुरी ५०.००.२२ मिनेटमा पार गरेका थिए ।
प्रतियोगितामा सहभागी भएका ३८ जनामध्ये जल्पादेवी मन्दिर पुग्ने संख्या २७ जना थिए । उनीहरूलाई समभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाधाङ्गले प्रमाणपत्र, पुरस्कार प्रायोजककर्ताले पुरस्कार रकम, तथा कार्यक्रमका अध्यक्ष श्रीप्रसाद गुरुङले टीका र कार्यक्रमका संयोजक एवम् सोही वडाका अध्यक्ष पदमबहादुर थापाले मेडल पहिराउने कार्य गरेका थिए ।
प्रतियोगिताका विजेताहरू पहिलो, दोस्रो, तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार नगद मेडल दिइएको थियो । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार दिइएको सो कार्यक्रमका उदघोषक एवम् बालबिकास माविका शिक्षक शिवराज खनालले बताउनु भयो । उहाँका अनुसार फोनबाट झण्डै ७० जना बढीले नाम टिपाएकोमा भाग लिन आउनेको संख्या भने झण्डै आधा कम भयो ।
उहाँले भन्नुभयो, ‘यो कार्यक्रममा मध्यनेपाल नगरपालिका संरक्षक रहेको छ । आउँदा दिनमा यसै दिन हरेक वर्ष यो प्रतियोगिता हुन्छ, यो प्रतियोगितााका लागि देश विदेशबाट राम्रो सहयोग जुटेको छ, दाताहरु सबैप्रति हामी कृतज्ञ छौं ।’
सो अवसरमा स्थानीय आमा समूहले स्वागत सत्कार गर्नुका साथै स्वागत तथा कौरा नृत्य प्रस्तुत गरे मनोरञ्जन प्रदान गरेका थिए ।
प्रकाशित मिति २०८२ माघ ११, आईतवार २२:२६ गते
हजुरको प्रतिक्रिया