शंकर लामिछाने प्रतिष्ठानद्वारा लामिछानेको ५०औं स्मृति दिवसमा ‘शंकर सन्दर्भ’ ग्रन्थको परिचर्चा

शंकर लामिछाने प्रतिष्ठानद्वारा लामिछानेको ५०औं स्मृति दिवसमा ‘शंकर सन्दर्भ’ ग्रन्थको परिचर्चा

मुरारि सिग्देल

@antaranganews

२०८२ माघ १२ गते सोमबार १०:३३

वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौं तबसम्म राम्रो लेखक हुन सक्दैनौं । मैले निबन्ध लेख्न बस्दा गोधूली संसार, एबस्ट्याक चिन्तन प्याज, ताना शर्माको बेलायत तिर बरालिदा आउँछ भन्ने सुनाउनु भयो । २० जना साहित्यकार भित्र शंकर लामिछाने पर्नु हुन्छ उहाँको कथन थियो ।

‘शंकर सन्दर्भ’ कृति सम्पादक पारशप्रकाश नेपालले गर्नु भएको हो भने प्रकाशन दायित्व दया फाउन्डेसनले गरेको हो ।

काठमाडौं– प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ५०औं स्मृति दिवसको अवसरमा आयोजित ‘शंकर सन्दर्भ’ ग्रन्थको परिचर्चा कार्यक्रमको आयोजना यहाँ स्थित डालो रेस्टुरेन्ट, बिगमार्टसंगै, अनामनगरले माघ १० गते गरेको हो ।
पुष्कर लोहनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले दीप प्रज्वलन सहित शंकर लामिछानेको फोटोमा माल्यार्पण गर्नु भएको थियो । आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा लोहनीले ‘मेरो पिताजीको नजिकको मित्र शंकर लामिछाने हुनुहुन्थ्यो । उहाँका कथा र निबन्ध के भन्ने छुट्याउन गार्हो छ । आजको घोस्ट राइटरको रूपमा हुनु हुन्थ्यो । अब शंकरको भनेर खोज्नुपर्छ , ‘को हो कुमुदिनी’को भनेर खोज्नु पर्छ ।’ भन्नुभयो ।
‘भूमिका सहित हाइकु शिरीषको फूलमा रहेको छ । त्यस्तो लेख्न सक्ने कोही छ ? माया नं ६५३ कथा पढे पछि शंकर लामिछानेलाई चिन्न सकिन्छ । मेरो लामिछानेसँग नजिकको सम्बन्ध थियोे । सिर्जनामा साक्षी मेरी पत्नी पनि आजको कार्यक्रम उपस्थित छिन् ।’ उहाँले थप जानकारी दिनुभयो ।
कार्यक्रममा स्वागत प्रतिष्ठानका कोषाध्यक्ष आख्यानकार, गायिका पद्मावती सिंह गर्नु भएको थियो । उहाँले भन्नुभयो, ‘चिसो मौसममा बिहानै यहाँ उपस्थित र पछि उपस्थित हुनु भएका सबैलाई शंकर सन्दर्भ पुस्तक बारे परिचर्चा कार्यक्रममा स्वागत गर्दछु ।’
अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
गोविन्दमान सिंह कार्कीले ‘पारिजातको सिरिसको फूलको भूमिका शंकर लामिछानेले लेखेकै कारण मदन पुरस्कार पाएको चर्चा सुनेको छु ।’ भन्नुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले ‘जबसम्म हामी पाठकका रूपमा स्थापित हुन सक्दैनौं तबसम्म राम्रो लेखक हुन सक्दैनौं । मैले निबन्ध लेख्न बस्दा गोधूली संसार, एबस्ट्याक चिन्तन प्याज, ताना शर्माको बेलायत तिर बरालिदा आउँछ भन्ने सुनाउनु भयो ।
‘जस्ले प्रष्ट पहिचान बोकेर हिडेको हुन्छ, ती साहित्यकारलाई सम्झन्छौं । २० जना साहित्यकार भित्र शंकर लामिछाने पर्नु हुन्छ । शंकर लामिछानेको अन्तर्वार्ताको उत्कृष्ट संग्रह विम्बप्रतिविम्ब हो । हामी अहिले रहरमा साहित्यकार भएका छौं, शंकर लामिछाने जिम्मेवार भएर लेखेका छन् । स्पष्ट र टाढैबाट देखिने नाम शंकर लामिछाने हुन् । हाइकु नेपालमा भित्र्याउने लेखकका रुपमा पनि चिन्दछौं ।’ वरिष्ठ समालोचक प्रधानले भन्नू भयो ।
शंकर लामिछाने प्रतिष्ठानका सदस्य नियात्राकार डा दामोदर पुडासैनी किशोरले ‘निबन्ध र साहित्यमा फरक धारमा आएको लामिछाने जति चर्चा हुनु पर्ने त्यो भएको छैन । राज्यले निबन्धका कोशेढुंगालाई बिर्से जस्तो लाग्छ ।’ भन्नुभयो ।
कवि एवम् पत्रकार भूपेन्द्र खड्काले ‘म शंकरको पाठक भएको नाताले किन पढ्नुपर्छ ?भन्ने सन्दर्भमा चेतन प्रवाह शैली नेपाली साहित्यमा भित्र्याउने सर्जक हुन् । मैले के गर्न सकिन्छ भनेर उहाँका समकालीनहरूसँका प्रशंग खोजीमा छु।शंकर पढ्नु भनेको जिम्मेवार पाठक र लेखक हुनु हो भन्ने लाग्छ ।’ भन्नू भयो ।
श्री ओम श्रेष्ठ रोदनले ‘नेपाली निबन्धका ती धरोहर हुन् जसलाई अन्तर्राष्ट्रिय साहित्यमा पुर्याइयो भने नेपाली साहित्यको ओज र गरिमा बढ्ने थियोे, सगरमाथा र बुद्ध मात्रै होइन शंकरका निबन्ध र साहित्यबाट नेपाल चिनिन सक्छ । एकेडेमीले यस्ता धरोहरलाई बिर्सेको छ ।’
कार्यक्रममा सभापति शंकर लामिछानेको बहिनी सविता ढुंगाना रहनु भएको थियो । उहाँले धन्यवाद मन्तव्यका साथ सभा विसर्जन गर्नु भएको थियो । यसैगरी अर्की बहिनी संगीता शर्मा पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
सो कृति सम्पादक पारशप्रकाश नेपालले गर्नु भएको हो भने प्रकाशन दायित्व दया फाउन्डेसनले गरेको हो ।
उक्त परिचर्चा कार्यक्रम सञ्चालन मुक्तककार यादव भट्टराईले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ माघ १२, सोमबार १०:३३ गते
हजुरको प्रतिक्रिया