काठमाडौं– आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस हो । विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस देशभर मनाइँदै छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस माघ १४ गते मनाउन लागिएको हो ।
‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने नाराका साथ दिवस मनाउन थालिएको हो ।
२०८१ पुस १६ गतेको मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।
दिवसका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालको संयोजकत्वमा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा आबद्ध विभिन्न निकाय सम्मिलित २५ सदस्यीय ‘सम्पत्ति शुद्धीकरण निवारण दिवस मूल समारोह समिति– २०८१’ गठन गरिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउने भएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताउनु भयो । उहाँका अनुसार मन्त्रीपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।
सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।
प्रकाशित मिति २०८२ माघ १४, बुधबार ०९:१३ गते