फरक शैलीमा मनायो लाली गुराँस आमाविले १० औं बार्षिकोत्सव एवम् अभिभावक दिवस

फरक शैलीमा मनायो लाली गुराँस आमाविले १० औं बार्षिकोत्सव एवम् अभिभावक दिवस

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २० गते मङ्गलबार ११:१५

विद्यालयले छोटो समयमा धेरै प्रगति गरेको see ५ व्याच उतीर्ण गरेको, नगरका विविध कार्यक्रममा सहभागिता भइ उत्कृष्ट नतिजा हासिल गरेको, आवास खानेपानी क्यान्टिनको राम्रो व्यवस्थापन भएको, मनटेश्वरी कक्षाको प्रवन्ध गरिएको, व्यवहारिक शिक्षाका साथमा संस्कार, संस्कृति सहितको शिक्षा प्रदान गर्ने गरेको प्रिन्सिपल विष्णु घलेले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री पौडेलले विद्यालयका सञ्चालकहरू सफल भइसक्नु भएको छ, त्यो यो विद्यालयका गतिविधि र तपाईहरूले उपस्थितिले पनि पुष्टि गर्छ अब सफल हुने पालो तपाईको हो, त्यसका लागि मेरो शुभकामना छ भन्नुभयो ।

आवास क्षेत्र, सुन्दरबजार(लमजुङ)– लमजुङको शैक्षिक उन्नयनका क्षेत्रमा छोटो समयमा विशेष पहिचान बनाउन सफल रहेको लाली गुराँस आमाविले फरक शैलीमा आफ्नो वार्षिकोत्सव मनाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ९ को यहाँ लाली गुराँस आमाविले १० औं बार्षिकोत्सव एवम् अभिभावक दिवस विविध कार्यक्रमका साथ गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सो वार्षिकोत्सव कार्यक्रम भएको हो ।
प्रमुख अतिथि पौडेलले दीप प्रज्ज्वलन गरी उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो । उहाँले विद्यार्थीहरूले अनुशासित र इमान्दारपूर्वक लगनशील भएर ज्ञान आर्जन गर्न अनुरोध गर्नु भयो । उहाँले इच्छाएको किताबी विषयको ज्ञान तथा अतिरिक्त क्रियाकलाप खेलकुद, नाच, गान आदिमा पनि दक्षता हासिल गरेर योग्य बन्न सकिन्छ भन्नुभयो । उहाँले विद्यालयका सञ्चालकहरू सफल भइसक्नु भएको छ, त्यो यो विद्यालयका गतिविधि र तपाईहरूले उपस्थितिले पनि पुष्टि गर्छ अब सफल हुने पालो तपाईको हो, त्यसका लागि मेरो शुभकामना छ भन्नुभयो ।
उक्त कार्यक्रमका विशेष अतिथि संविधान सभा सदस्य चन्द्रबहादुर कुँवर तथा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले समेत शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामजी कडेलको अध्यक्षतामा भएको उक्त वार्षिकोत्सव समारोहमा शुभकामना व्यक्त गर्नु हुने अन्य व्यक्तित्वमा ध्रुवबहादुर कुँवर, पूर्व प्रअ एवम् भक्ति नमुना सार्वजनिक पुस्तकालयका अध्यक्ष वसन्त खनाल, सुन्दरबजार नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मी हुनुहुन्थ्यो । त्यस्तै नेपाली काँग्रेसका नगर सचिव सूर्यकान्त अधिकारी, नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सुरेस बाबु सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव राजेन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि विष्णु खड्कालगायतले पनि शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा सो विद्यालयका प्रिन्सिपल विष्णु घलेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले छोटो समयमा धेरै प्रगति गरेको उल्लेख गर्नुभयो । उहाँले see ५ व्याच उतीर्ण गरेको नगरमा विविध कार्यक्रम सहभागिता भइ उत्कृष्ट नतिजा हासिल गरेका, आवास खानेपानी क्यान्टिनको राम्रो व्यवस्थापन भएको, मनटेश्वरी कक्षाको प्रवन्ध गरिएको बताउनु भयो । उहाँले व्यवहारिक शिक्षाका साथमा संस्कार, संस्कृति सहितको शिक्षा प्रदान गर्ने गरेको प्रिन्सिपल विष्णु घलेले बताउनु भयो ।
सुन्दरबजार नगरपालिकाले लिने नगरस्तरीय कक्षा– ८ को BLC परीक्षाका साथै नगरपालिकाको विज्ञान प्रदर्शनीमा प्रथम नतिजा हासिल गर्न सफल भएको तथा अन्य नगरस्तरका विभिन्न प्रतियोगितामा समेत पुरस्कृति हुँदै आएको उहाँको भनाइ छ । ४५७ विद्यार्थी, शिक्षकहरू ३३, विद्यार्थीहरूको सुविधाका लागि ३ बस सञ्चालनका साथ शान्त वातावरण एवम् मनोरम प्राकृतिक दृश्य रहेको उल्लेख गर्नुभएको थियो ।
उक्त विद्यालयले लोक संस्कृतिको संरक्षणमा समेत योगदान गरिआएको छ । जसमा ठाडोभाकादेखि घाँटु, चुड्का लगायतका नाच र गीतको प्रवर्द्धन गर्ने काम गरेको छ भने हरेक शुक्रबार कुनै न कुनै अतिरिक्त क्रियाकलाप गरी विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा उजागर गर्ने कार्यमा विद्यालयले योगदान गरिआएको छ ।
विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यको प्रस्तुति गरेको उक्त वार्षिकोत्सव कार्यक्रमको सञ्चालन शिक्षकद्वय माया गुरुङ र तीर्थ थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ माघ २०, मंगलवार ११:१५ गते
हजुरको प्रतिक्रिया