‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ सात जना प्राज्ञलाई प्रदान गर्ने घोषणा

‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ सात जना प्राज्ञलाई प्रदान गर्ने घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २१ गते बुधबार ०७:४५

सो सम्मान पाउने प्राज्ञहरूमा ‘डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा.डा. कृष्णराज घतानी हुनुभएको आयोजक नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।

‘सो पुरस्कारका राशि जनही २५/२५ हजार रुपैयाँ रहेको छ ।’

काठमाडौं– सात जना प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गर्ने घोषणा गरिएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न नइ एकेडेमीको बैठकले माघ २० गते उक्त निर्णयका साथ घोषणा गरेको हो ।
सो सम्मान पाउने प्राज्ञहरूमा ‘डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा.डा. कृष्णराज घतानी हुनुभएको आयोजक नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।
उहाँका अनुसार नेपाल भारतका सात जना स्रष्टालाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको छ । उहाँले भन्नुभयो, ‘उहाँहरूलाई सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत सो सम्मान प्रदान गर्ने निर्णय भएको हो ।
नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले थप भन्नुभयो, ‘सो पुरस्कारका राशि जनही २५/२५ हजार रुपैयाँ रहेको छ ।’

प्रकाशित मिति २०८२ माघ २१, बुधबार ०७:४५ गते
हजुरको प्रतिक्रिया