विविध कार्यक्रमका साथ नवौं लमजुङ महोत्सवको समापन

विविध कार्यक्रमका साथ नवौं लमजुङ महोत्सवको समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २३ गते शुक्रबार ०८:३०

बेसीशहर– यहाँ सञ्चालन गरिएको नवौं लमजुङ महोत्सव विविध कार्यक्रमका साथ १४ दिनको साँझ समापन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा माघ २१ गते समापन भएको हो । उपाध्यक्ष ढकालले निजी क्षेत्रको...

बेसीशहर– यहाँ सञ्चालन गरिएको नवौं लमजुङ महोत्सव विविध कार्यक्रमका साथ १४ दिनको साँझ समापन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यमा माघ २१ गते समापन भएको हो ।
उपाध्यक्ष ढकालले निजी क्षेत्रको समृद्धिबिना मुलुकको विकास असम्भव रहेको बताउनुभयो । उहाँले कोभिड पछाडि सङ्कटमा रहेको निजी क्षेत्र, व्यवसाय पुनः जेन्जी आन्दोलनले प्रभावित भएको बताउनुभयो । हाल मुलुक निर्वाचनमा गइरहेको अवस्थामा आर्थिक एजेण्डालाई प्रथामिकता दिएका राजनीतिकदल र उम्मेदवारलाई छान्नुपर्नेमा उहाँको जोड थियो । उहाँले देशको सम्बृद्धिकालागि सरकारसँग सहकार्य गर्न आँफुहरू तयार रहेको बताउनुभयो ।
‘व्यवसायमा उन्नति, कला, संस्कृति र पर्यटन प्रवद्र्धनमार्फत समग्र लमजुङको समृद्धि’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सव लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको हो । संघका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं सल्लाहकार रामकुमार श्रेष्ठ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष बसन्ता भट्ट बानियाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव विपिन श्रेष्ठले गर्नुभएको थियो ।
उक्त महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारसँगै स्थानिय कलाकार र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू भएका थिए । जसमा सिन्धुली कला केन्द्रको प्रस्तुति आकर्षक रहेको थियो । उक्त अवसरमा गृहिणी नृत्य प्रतियोगिता, जिल्ला स्तरीय खुला लोकदोहोरी गीत प्रतियोगिता, ग्रामिण पर्यटन प्रवद्र्धनका लागि खानीगाँउ स्थित रक गार्डेन सम्म बेसीशहरबाट साइकल यात्रा, मर्स्याङ्दी नदीको दुई स्थानबाट र्याफटिङ, स्थानीय त्पादनको प्रदर्शनी, खानाका परिकारसँगै साहसिक पर्यटन जोडिँदा लमजुङको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

प्रकाशित मिति २०८२ माघ २३, शुक्रबार २०:३० गते

हजुरको प्रतिक्रिया