काठमाडौं– नइ एकेडेमीद्वारा लब्धप्रतिष्ठित ३४ महानुभावलाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गर्ने निर्णय भएको छ । नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ एकेडेमीको बैठकले माघ २६ गते उक्त निर्णय गरेको हो ।
नेपाली भाषा साहित्यका सुविख्यात स्रष्टा विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त श्रद्धेय विजय मल्लको सिर्जनात्मक योगदानको सम्प्रसार र संवर्धनका लागि उल्लेखनीय योगदान दिए बापत उहाँहरूलाई सो शताब्दी पदक समर्पण गरिने भएको नइ एकेडेमी सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार ‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा. केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहाडी, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. देवीप्रसाद गौतम, प्रा.डा. देवीप्रसाद सुवेदी, नगेन्द्र थापा हुनुहुन्छ । त्यस्तै अन्य व्यक्तित्वमा नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा. महादेव अवस्थी, मुरलीधर, रवीन्द्र खड्का, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा. हेमचन्द्र नेपाल हुनुभएको नइ एकेडेमी सदस्यसचिव प्रसाईले जानकारी दिनु भयो ।
उहाँका अनुसार आउँदो उहाँहरूलाई एक विशेष कार्यक्रमका बीच ‘विजय मल्ल नइ शताब्दी पदक’ फागुन १६ गते समर्पण गरिने भएको छ ।
प्रकाशित मिति २०८२ माघ २६, सोमबार १८:०६ गते