नरकान्त राष्ट्रिय योग पुरस्कार डा गौतमलाई र भैरव सदाचार पुरस्कार विमल कोइरालालाई

नरकान्त राष्ट्रिय योग पुरस्कार डा गौतमलाई र भैरव सदाचार पुरस्कार विमल कोइरालालाई

लक्ष्मीप्रसाद मिश्र

@antaranganews

२०८२ माघ २७ गते मङ्गलबार ०३:४५

पुरस्कार ग्रहण पछि डा. विमल कोइरालाले भन्नुभयो ‘यो पुरस्कार योग्य म छु वा छैन मलाई थाहा छैन तर सदाचार भनेको इमान्दार भन्दा पनि माथि उठेको आफूले आफैलाई बुझ्न सक्नु हो ।’ उहाँले जसले सत्य कुरा अरुलाई बताउन सक्छ त्यो इमानदार हो, तर जसले आफूलाई नै सत्यवादी बनाउँछ ऊ सदाचारी भएको बताउनु हुँदै सदाचारी हुनका लागि करुणा, प्रेम र दया भाव हुनुपर्ने धारणा राख्नु भएको थियो ।

प्रमुख अतिथि रेग्मीले ती सम्मान समर्पण गर्दै योग र सदाचार एक आपसमा सम्बन्धित छन्, असल आचरण र व्यवहार पनि सदाचार भएको बताउनु भयो ।

धर्मनाथ धाम(लमजुङ)– भैरव सदाचार राष्ट्रिय पुरस्कार नेपाल सरकारका पूर्व मुख्य सचिव डा. विमल कोइरालालाई र नरकान्त राष्ट्रिय योग पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक माधवराज गौतमलाई समर्पण गरिएको छ । पूर्व प्रधानन्यायाधीश तथा मन्त्री परिषदका अध्यक्ष खिलाराज रेग्मीको प्रमुख आतिथ्यतामा यहाँ स्थित सर्वोदय सेवाश्रमको आयोजनामा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार माघ २४ गते समर्पण गरिएको हो ।
प्रमुख अतिथि रेग्मीले ती सम्मान समर्पण गर्दै उत्कृष्ट संस्थाले उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गर्नु अझ उत्कृष्ट कार्य भएको कार्यक्रमका बताउनु भयो । उहाँले योग र सदाचार एक आपसमा सम्बन्धित छन्, असल आचरण र व्यवहार पनि सदाचार भएको बताउनु भयो । उहाँले जो जसको नाममा पुरस्कार स्थापना भएको छ, जो जसले यी पुरस्कार पाइरहनु भएको छ र जुन संस्थाले यी पुरस्कार व्यवस्थापन गरिरहेको छ यी तिनवटै कुराले यी पुरस्कारको गरिमा र उचाईले शिखर चुमेको बताउनु भयो ।
लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोट स्थित मर्स्याङदी नदी किरानमा अवस्थित सार्वोदय सेवाश्रम धर्मनाथ धामको सभाहलमा आयोजित कार्यक्रममा पुरस्कार ग्रहण पछि डा. विमल कोइरालाले भन्नुभयो  ‘यो पुरस्कार योग्य म छु वा छैन मलाई थाहा छैन तर सदाचार भनेको इमान्दार भन्दा पनि माथि उठेको आफूले आफैलाई बुझ्न सक्नु हो ।’ उहाँले जसले सत्य कुरा अरुलाई बताउन सक्छ त्यो इमानदार हो, तर जसले आफूलाई नै सत्यवादी बनाउँछ ऊ सदाचारी भएको बताउनु भयो । उहाँले सदाचारी हुनका लागि करुणा, प्रेम र दया भाव हुनुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा सर्बोदय सेवाश्रमका प्रमुख संरक्षक मानसाग्नि (डा. हरिप्रसाद पोख्रेल) ले पुरस्कारको पृष्ठभूमि, सर्बोदय सेवाश्रमका बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा साहित्यकार काशीनाथ आचार्यले नरकान्त अधिकारीको जीवनी र व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै डा. विमल कोइरालाको व्यक्तित्व चर्चा साहित्यकार मोमीला जोशीले गर्नु भएको थियो । उहाँले वास्तविक प्रतिभावान व्यक्तित्व राष्ट्रले कसी लगाएर चिन्न सक्ने हो भने देश बन्न बेर नलाग्ने उल्लेख गर्नु भयो ।
राइनास नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शिवराज रेग्मी, प्रहरी प्रमुख लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुखहरू, राइनास नगरपालिका कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरू, शिक्षक, साहित्यकार, पत्रकार, सामाजिक संघ संस्था सहित स्थानीयहरूको सहभागिता रहेको थियो ।
सर्वोदय सेवाश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगरपालिका मेयर गुरुङले स्वागत गर्नुभएको थियो भने पण्डित कमल अधिकारीले स्वस्ती वाचन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ माघ २७, मंगलवार १५:४५ गते
हजुरको प्रतिक्रिया