जीप दुर्घटनामा ७४ वर्षीया बुद्धाको मृत्यु, ७ जना घाइते, तीन जना रिफर

जीप दुर्घटनामा ७४ वर्षीया बुद्धाको मृत्यु, ७ जना घाइते, तीन जना रिफर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ माघ २८ गते बुधबार ०६:२१

क्ब्होलासोथार गाउँपालिका– ४ भुजुङ गाउँबाट मृचेगाउँ हुँदै सदरमुकार बेसीसहर आउने क्रममा ग१ज ५०६५ नम्बरको जीप दुर्घटनामा परेर त्यस्तो अवस्था सिर्जना भएको प्रहरी भनाइ छ ।

जिप फर्काउने क्रममा घुम्ती सडकमा मोड नपुग्दा चिप्लिएर सडकबाट करिब ६० मिटर तल खसेको थियो । जीपका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बेसीशहर । लमजुङमा जीप दुर्घटना एक ७४ वर्षीया बृद्धाको मृत्यु भएको छ भने ७ जना घाइते भएको प्रहरीले जनाएका छ । मर्स्याङदी गाउँपालिका– ९ सिद्धथान मुनीको जंगलमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले माघ २८ गते जनाएको छ । सो दुर्घटना आजै दिउँसो भएको हो ।
दुर्घटनामा परी निधन हुनेमा भुजुङ गाउँकी ७४ वर्षीया मलकुमारी गुरुङ रहेको प्रहरी भनाइ छ । उनको लमजुङ प्रादेशिक अस्पताल, बेसीशहरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अभिषेक पाण्डेले बताउनु भयो । उहाँका अनुसार मृतकका श्रीमान ८० वर्षीय आइतराम गुरुङ गम्भीर घाइते अवस्थामा रहेको उहाँको उपचार चलिरहेको छ ।
घाइते हुनेमा ५० वर्षीया काली गुरुङ, २७ वर्षीया स्मृति गुरुङ, २२ वर्षीया एलिना गुरुङ, मर्स्याङदी गाउँपालिका– ९ का ३१ वर्षीय आर्यन गुरुङ, बेसीशहर नगरपालिका– ५ की २२ वर्षीया रितु गुरुङ र २० वर्षीया कृपा गुरुङ प्रादेशिक अस्पतालमा उपचाररत छन् जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनु भयो ।
उहाँका अनुसार घाइते हुनेहरूमध्ये तीन जनाको थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ । रिफर गरिएका घाईतेहरूमा लमजुङकै क्व्होलासोथर गाउँपालिका– ४ भुजुङ बस्ने वर्ष ८० को आईतराम गुरुङ, लमजुङको क्व्होलासोथर गाउँपालिका– ४ भुजुङ बस्ने वर्ष २७ की स्मृती गुरुङ, लमजुङ मर्स्याङदी गाउँपालिका– ९ बस्ने वर्ष ३१ को आर्यन गुरुङ रहेका छन् ।
लमजुङकै मर्स्याङदी गाउँपालिका– २ घनपोखरा बस्ने वर्ष ५० की काली गुरुङ रहेको प्रदेश अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
क्ब्होलासोथार गाउँपालिका– ४ भुजुङ गाउँबाट मृचेगाउँ हुँदै सदरमुकार बेसीशहर आउने क्रममा ग१ज ५०६५ नम्बरको जीप दुर्घटनामा परेको प्रहरी भनाइ छ ।
जिप फर्काउने क्रममा घुम्ती सडकमा मोड नपुग्दा चिप्लिएर सडकबाट करिब ६० मिटर तल खसेको थियो । जीपका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्येका तीन जनाको डिस्चार्ज भएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तस्विर : आश गुरुङ ।

प्रकाशित मिति २०८२ माघ २८, बुधबार १८:२१ गते
हजुरको प्रतिक्रिया