काठमाडौं– डा. उमा श्रेष्ठ दम्पतीले नइ एकेडेमीलाई पाँच लाख रूपैयाँ प्रदान गर्नु भएको छ । नइ एकेडेमीद्वारा नेपाली साहित्यको श्रीबृद्धिमा गरेको विविध प्रकारको योगदानमा टेवा पुर्याउनका लागि उहाँहरूले सो रकम माघ २९ गते प्रदान गर्नु भएको हो ।
डा. उमा श्रेष्ठ ख्याति प्राप्त समाजसेवी, श्री ५ को सरकारका सचिव र अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा. कुशनारायण श्रेष्ठ तथा अद्वितीय साहित्यकार विजय मल्लकी छोरी हुनुहुन्छ ।
नइ एकेडेमीले श्रेष्ठ दम्पतीबाट प्राप्त रकम विजय मल्ल शताब्दी महोत्सवमा खर्च गर्ने निर्णय गरेको नइ एकेडेमीका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार प्राज्ञिक दम्पतीप्रति नइ एकेडेमीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन १, शुक्रबार ०८:३७ गते