
काठमाडौं– हिमालय टिभीमा प्रसारण हुँदै आएको सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को फाइनल चरणमा उत्कृष्ट प्रस्तुति दिँदै उपाधि नीताकुमारी थापा मगरले जितेकी छन् । ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला बनेकी छन् । आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले फागुन २ गते उपाधि उचाल्न सफल बनिन् ।
सागर फस्र्ट रनरअप, पुनम सेकेण्ड रनरअप र सञ्जिता दुरा थर्ड रनरअप भएका हुन् । लमजुङकी चेली टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन् । कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भएका थिए । टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता घोषित भइन् ।
फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गर्नु भएको थियो । फिनाले एपिसोडमा यस सिजनमा प्रतिस्पर्धा गरिरहेका अन्य ट्यालेन्टले पनि आकर्षक प्रस्तुति दिएका थिए ।
पुरस्कार ग्रहण पछि सञ्तिाले आफ्नो फेसबुक वालबाट आफूलाई सहयोग गरेर यो स्थानसम्म आउनमा सहयोग गर्ने जिल्ला तथा देश, विदेशमा रहनु हुने शुभचिन्तक सबैमा धन्यवाद व्यक्त गरेकी छन् ।
प्रकाशित मिति २०८२ फाल्गुन ३, आईतवार ०८:१३ गते