
काठमाडौँ– दुई दशकभन्दा बढी महिला अधिकार र इरानी नागरिकको स्वतन्त्रताको अभियानको सफल नेतृत्वका लागि सन् २०२३ मा नर्गेस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उहाँलाई इरानी सरकारले जेल काच्ने काम गरेकोमा ऐले उत्तरी भागको एक जेलमा फागुन २ गते स्थानान्तरण गरिएको छ ।
नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीको स्वास्थ्यलाई लिएर चिन्ता बढेपछि इरानले पूर्व चेतावनी नदिई उत्तरी भागको जन्जान शहरको जेलमा स्थानान्तरण गरेको उहाँका पति तागी रहमानीले जनाउनु भएको हो । रहमानीले भन्नुभयो, ‘सो कार्य उहाँको परिवार वा वकिललाई जानकारी नदिई गरिएको थियो, यो कार्य ‘मोहम्मदीलाई निर्वासन र विस्थापित गर्ने उद्देश्यले गरिएको थियो ।’
डिसेम्बर ७ मा, उनलाई राष्ट्रिय सुरक्षामा हानि पुर्याएको आरोपमा थप ६ वर्षको जेल सजाय सुनाइएको थियो र इरानको इस्लामिक प्रणालीको बिरूद्ध प्रचार गरेको आरोपमा डेढ वर्षको जेल सजाय पनि सुनाइएको थियो ।
उहाँले इरानमा हालै भएको सरकारविरोधी आन्दोलनका लागि नागरिकहरूलाई उक्साएको आरोप पनि लगाइएको छ । मोहम्मदीलाई डिसेम्बर १२ मा पूर्वी शहर मशहादमा एक अन्त्येष्टि समारोहमा इस्लामिक धार्मिक नेतृत्वविरूद्ध बोलेको आरोपमा पक्राउ गरिएको थियो ।
फेब्रुअरी २ मा उहाँले आफ्नो कारावासको अवस्था, वकिल र परिवारसँग फोन गर्न नदिइएको विरोधमा भोक हड्ताल सुरु गर्नु भएको थियो तर एक हप्तापछि स्वास्थ्यमा गढबढीका कारण हड्ताल स्थगित गर्नु भएको थियो । उहाँलाई जेलमा लिनु पहिले अस्पताल भर्ना गरिएको थियो ।
विगत २५ वर्षमा अधिकांश समय जान्जानमा जन्मेकी ५३ वर्षीया मोहम्मदीलाई इरानले मृत्युदण्डको प्रयोग र महिलाहरूका लागि अनिवार्य ‘ड्रेस कोड’ विरुद्ध अभियान चलाएको आरोपमा बारम्बार मुद्दा चलाइएको छ र जेल चलान गरिएको छ ।
नर्वेली नोबेल समितिले यसै हप्ता बताएको छ, ‘मोहम्मदीलाई पक्राउ गर्ने क्रममा र हिरासतमा उहाँविरुद्ध ‘शारीरिक दुव्र्यवहार र निरन्तर जीवन–खतरापूर्ण दुव्र्यवहार’को विवरणको रिपोर्टप्रति समिति ‘गम्भीर रूपमा दुःखी’ छ ।
पक्राउ परेपछि मोहम्मदीलाई मशादमा गुप्तचर मन्त्रालयको हिरासतमा राखिएको थियो र उहाँलाई इरानभित्र रहेका भाइ र इरानी वकिलसँग फोन गर्न अनुमति दिइएको थियो ।
उहाँको फाउन्डेसनले उहाँको शारीरिक अवस्थालाई ‘गम्भीररूपमा चिन्ताजनक’ भनेपछि उनलाई मशादको अस्पतालमा सारिएको थियो तर त्यसपछि ‘उनको उपचार पूरा गर्नु’ अघि नै जेल फर्काएको बताएको छ ।
डिसेम्बरको अन्त्यमा देशव्यापी रूपमा विरोध प्रदर्शन सुरु हुनुअघि मोहम्मदीलाई पक्राउ गरिएको थियो । इरानी सरकारविरूद्धको आन्दोलन जनवरीमा चरम उत्सर्गमा पुगेपछि अधिकारीहरूले व्यापक दमन गरी आन्दोलनलाई रोक्न बाध्य बनाएका थिए । आन्दोलन हिंसात्मक बन्दै गएपछि हजारौँको संख्यामा इरानी नागरिक तथा सुरषाकर्मीको मृत्यु भएको थियो ।
प्रकाशित मिति २०८२ फाल्गुन ३, आईतवार ०९:४७ गते