दुईपिप्ले(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई नेतृ मातृ शोकमा पर्नु भएको छ । सुभद्रा पौडेल(जिता, लमजुङं) र बासना तिमिल्सिना(हाल : चितवन)की ममतामयी आमा सूर्यकुमारी न्यौपानेको असामयिक निधन भएसँगै उहाँहरू शोकमा पर्नु भएको हो । आमा सूर्यकुमारी ८५ वर्षकी हुनुहुन्थ्यो ।
अन्तरङ्ग न्यूजडट कमलाई ढिला गरी प्राप्त जानकारी आनुसार लमजुङको मध्यनेपाल नगरपालिका– ४ को दुईपिप्लेमा स्थायी बसोबास गर्नु हुने आमा सूर्यकुमारीको क्यान्सरका कारण फागुन २ गते स्वर्गारोहण भएको हो । उहाँ पछिल्ला दिनमा पित्त थैलीमा लागेको क्यान्सरको घरमै उपचाररत हुनुहुुन्थ्यो । उहाँलाई उक्त प्राणघातक रोगको डेढ महिना अघि पहिचान भएको थियो । करिब एक महिना अस्पतालमा उपचार पछि चिकित्सकले उहाँको शरीरमा देखा परेको क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै घरमै राखेर उपचार गर्न सुझाव दिए अनुसार करिब एक महिनादेखि उहाँ घरमै उपचाररत हुनुहुन्थ्यो ।
स्व. सूर्यकुमारीका छ जना सन्तानमध्ये ३÷३ जना छोरा र छोरी हुनुहुन्छ । उहाँकी कान्छी छोरा बासना राष्ट्रिय स्वतन्त्र पार्टी चितवन क्षेत्र नं १ को क्षेत्रीय समितिको सदस्य हुनुहुन्छ । माहिली छोरी सुभद्रा पौडेल मध्यनेपाल नगरपालिका– १ को वडा सदस्य हुनुहुन्छ । जेठी छोरी साबित्रा पौडेल भरतपुर चितवनमा हुनुहुन्छ ।
यसैगरी, उहाँका तीन भाइ छोरामध्ये जेठो छोरा तीर्थराज न्यौपाने निवृत्त शिक्षक हुनुहुन्छ भने कान्छो छोरा सुरज पनि शिक्षण पेशामा हुनुहुन्छ । माहिलो छोरा रमेश न्यौपाने नेपाल प्रहरीको सहायक प्रहरी निरीक्षक(सई) पदबाट निवृत्त हुनु भई हाल अमेरिकामा रहनु भएको छ ।
स्व. सूर्यकुमारीका ३/३ जना छोरा र छोरीका अतिरिक्त ११ जना नाती र ८ जना नातिनी हुनुहुन्छ ।
प्रकाशित मिति २०८२ फाल्गुन ५, मंगलवार २१:१२ गते