बेसीशहरका जनप्रतिनिधिद्वारा सामुदायिक भवन उद्घाटन : निर्वाचन आचार संहिता ?

बेसीशहरका जनप्रतिनिधिद्वारा सामुदायिक भवन उद्घाटन : निर्वाचन आचार संहिता ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण ७ गते शुक्रबार ०७:१०

सो सामुदायिक भवन उदघाटन कार्यक्रममा बेसीशहरका मेयर गुमान सिंह अर्याल, उपमेयर पद्मा गुरुङ र सोही वडाका वडा अध्यक्ष मदन राना सहभागी हुनु भएको जानकारी प्राप्त भएको छ ।

आफैमा वरिष्ठ अधिवक्ता समेत रहनु भएका बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको सहभागिताले कानुनी(आचार संहिता) मान्यतामा गम्भिर प्रश्न सिर्जिएको छ ।

चिसापानी(लमजुङ)– लमजुङको बेसीशहर– २, चिसापानी गाउँमा आयोजित एक सामुदायिक भवनको समुद्घाटन कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षको औपचारिक सहभागिता रहेको छ । निर्वाचन उत्सर्गमा पुगिरहेको बेलामा फागुन ७ गते आयोजित कार्यक्रमले आचारसंहिताको खिल्ली उडाइएको रुपमा लिइएको छ ।
सो कार्यक्रमले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । निर्वाचन आयोगले आचारसंहिता जारी गरी सार्वजनिक पदमा रहेका व्यक्तिहरूलाई नयाँ योजना घोषणा र उद्घाटनमा रोक लगाएको भए पनि चिसापानीमा तामझामका साथ कार्यक्रम गरिएको थियो ।
सो उदघाटन कार्यक्रममा बेसीशहरका मेयर गुमान सिंह अर्याल, उपमेयर पद्मा गुरुङ र सोही वडाका वडा अध्यक्ष मदन राना सहभागी हुनु भएको जानकारी प्राप्त भएको छ । प्रमुखबाट रिबन काटेर सामुदायिक भवनको औपचारिक उद्घाटन गर्नुका साथै केही व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो ।
सरकारी स्रोत र पदको प्रयोग गरी मतदाता प्रभावित पार्न सक्ने सार्वजनिक कार्यक्रमको आयोजना गरिनुले आचारसंहिता उल्लंघन भएको बताइएको छ । आफैमा वरिष्ठ अधिवक्ता समेत रहनु भएका बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको सहभागिताले कानुनी(आचार संहिता) मान्यतामा गम्भिर प्रश्न सिर्जिएको छ ।
के छ कानुनी प्रावधान ? निर्वाचन आचारसंहिता २०८२ अनुसार, निर्वाचनको मिति घोषणा भई आचारसंहिता लागू भएपछि स्थानीय तहका पदाधिकारीहरूले ः १. कुनै पनि नयाँ योजनाको शिलान्यास वा उद्घाटन गर्न पाउँदैनन् । २. मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने खालका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुन निषेध गरिएको छ । ३. निर्वाचनको स्वच्छता र ‘लेभल प्लेइङ फिल्ड’ (समान अवसर) कायम राख्नु जनप्रतिनिधिको कानुनी दायित्व हो भनिएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन ८, शुक्रबार ०७:१० गते
हजुरको प्रतिक्रिया