‘नइ प्रज्ञा पुरस्कार’का लागि बाह्र जना प्राध्यापक छनौट

‘नइ प्रज्ञा पुरस्कार’का लागि बाह्र जना प्राध्यापक छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण ८ गते शनिवार ०७:४६

२०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिने भएको छ ।

उक्त पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको नइ एकेडेमीले जनाएको छ ।

काठमाडौं– ‘नइ प्रज्ञा पुरस्कार’का लागि बाह्र जना प्राध्यापक छनौट हुनु भएको छ । नइ एकेडेमीको फागुन २० गते सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
नइ एकेडेमीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिका साथै नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा समर्पित भएबापत बाह्र जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो ।
पुरस्कारका लागि छनौट हुनु भएका व्यक्तित्वहरूमा ‘नइ प्रज्ञा पुरस्कार’बाट प्रा.डा. ऋषिराम शर्मा, प्रा.डा. कपिलदेव लामिछाने, प्रा. केशव सुवेदी, प्रा.डा. चक्रपाणि खनाल, प्रा.डा. जङ्गब चौहान, प्रा.डा. भरतकुमार भट्टराई, प्रा.डा. महादेव अवस्थी, डा. रजनी काफ्ले ढकाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रा.डा. लेखप्रसाद निरौला, डा. साधना पन्त ‘प्रतीक्षा’ र डा. हर्कबहादुर शाहीलाई विभूषित गरिने भएको छ ।
उक्त पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको नइ एकेडेमीले जनाएको छ ।
नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो । उहाँका अनुसार २०८२ साल चैत २७, २८ र २९ गते सम्पन्न हुने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिने भएको छ ।
नइ एकेडेमीले महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति २०८२ फाल्गुन ९, शनिबार ०७:४६ गते
हजुरको प्रतिक्रिया