धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ जना घाइते, उद्धारकार्य जारी

धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ जना घाइते, उद्धारकार्य जारी

एजेन्सी

@antaranganews

२०८२ फाल्गुण १० गते सोमबार ०६:२०

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको बताउनु भयो ।

‘बसमा ४० जना यात्रु थिए ।’ मृतकको पहिचान हुन बाँकी छ भने उद्दार कार्य पनि जारी छ ।’ धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले बताउनु भयो ।

बेनिघाट(धादिङ)– धादिङमा भएको बस दुर्घटनामा १७ जनाको घट्नास्थलमा मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । फागुन ११ गते राती डेढ बजेतिर भएको सो दुर्घटनामा परेकाहरूको उद्दार कार्य जारी रहेको छ । बस त्रिशूलीमा खसेको थियो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस बेनिघाट रोराङ गाउँपालिका– ५ धुन्सेगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १ः३० बजे दुर्घटनामा परेको थियो । ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाले बताउनु भयो । उहाँका अनुसार काठमाडौं जाँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट स्थित रोराङ गाउँपालिका– ५ धुन्सेगौंडामा दुर्घटनामा परेको हो । उहाँले भन्नुभयो, ‘बसमा ४० जना यात्रु थिए ।’ मृतकको पहिचान हुन बाँकी छ भने उद्दार कार्य पनि जारी छ ।’
१७ जनाको घटनास्थलमै मृत्यु भएको, २४ जना घाइते भएका र एकजना च्यापिएको अवस्थामा फेला परेको उद्धारमा खटिएका प्रहरीको भनाइ छ । ती प्रहरीका अनुसार शव अहिले दुर्घटनास्थलभन्दा बाहिर निकालिएको छ भने घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । अस्पताल पठाइएका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिनु भएको छ ।
उहाँअनुसार मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ भने मृतक तथा घाइतेको सनाखत कार्य जारी रहेको छ ।
उहाँले भन्नुभयो, ‘दुर्घटनाको कारण खुलेको छैन । घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ ।’

प्रकाशित मिति २०८२ फाल्गुन ११, सोमबार ०६:२० गते
हजुरको प्रतिक्रिया