
बेनीघाट(धादिङ)– धादिङको यहाँ स्थित रोराङ गाउँपालिका– ५ भैंसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुने संख्या १९ जना पुगेको छ । तीमध्ये ९ जनाको सनाखत भएको फागुन ११ गते प्रहरीले जनाएको छ ।
दुर्घटनामा एक बेलायती नागरिकसहित विभिन्न जिल्लाका व्यक्तिहरूको मृत्यु भएको छ, भने २५ जना घाइते भएका छन् । दुर्घटना पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई त्रिशुली नदीमा खस्दा भएको थियो ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो कार्यालयका अनुसार अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशुली नदी किनारमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भई सनाखत भएकाहरूमा एक विदेशी नागरिकसहित ९ जना रहेका छन् । ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान, तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका– ६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका–२ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कास्कीको पोखरा महानगरपालिका– ३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका– ४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन् ।
सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन् । तीमध्ये एक पुरुषको भने काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बसमा चालकमसहित २९ जना पुरुष र १५ जना महिला गरी जम्मा ४४ जना यात्रु सवार थिए । राति करिब १ः३० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोली र स्थानीयको सहकार्यमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई सुरुमा मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेंसीमा उपचारका लागि पठाइएको थियो ।
यहाँबाट थप उपचारका लागि गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको छ । हाल १४ जना घाइतेको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा, १० जनाको कलंकीस्थित नेशनल मेडिकल कलेजमा र १ जनाको मलेखुस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।
दुर्घटनामा मृतकको विवरण यसप्रकार छ : (स्रोत : धादिङ प्रहरी) :
१. क्तभधबचत म्यmष्लष्अ भ्तजबल नाम भएको वर्ष २४ का पुरुष (द्यचष्तष्कज नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ४० को विवेक बस्नेत
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ को चन्द्र बहादुर ढेंकर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साविक सत्यदेवी– ८ हाल त्रिपुरासुन्दरी गा.पा.– ४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ढुंगाना
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गाउँपालिका– ७ बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल
७. जिल्ला काठमाडौंको बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष २९ का लोमाङ गोले
८. जिल्ला तनहुँ, भिमान नगरपालिका– ६ बस्ने अन्दाजी वर्ष ४५/४६ का हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका– १ बस्ने अन्दाजी वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
पहिचान खुल्न बाँकी मृतकमा अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु ।)
पहिचान खुल्न बाँकी घाइतेहरू :
१) अ. वर्ष ४५÷५० को पुरुष व्यक्ति
२) अ. वर्ष ३०÷३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा च्यजभभभत लेखिएको ट्याटु)
३) अ. वर्ष १९÷२० को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा चंगेरो र गिटारको त्बततयय)
४) अ. वर्ष २६÷२७ की महिला
५) अ. वर्ष २६÷२७ की महिला
६) अ. वर्ष ५०÷५२ को पुरुष व्यक्ति
७) अ. वर्ष ३४÷३६ की महिला
८) अ. वर्ष ३० की महिला र
९) अ. वर्ष ४५ की महिला रहेकी छन् ।
उक्त घटनाको सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन ११, सोमबार १३:२५ गते