लमजुङका सिडिओहरू लगायतका कार्यालय प्रमुखहरू किन पर्छन् भ्रष्टाचार मुद्दामा ?

लमजुङका सिडिओहरू लगायतका कार्यालय प्रमुखहरू किन पर्छन् भ्रष्टाचार मुद्दामा ?

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण १४ गते शुक्रबार ०७:५८

यसरी लमजुङमा कार्यालय प्रमुख भएर आउने व्यक्तिहरू नै किन भ्रष्टाचारका मुद्दामा तालिन्छन् ? भन्ने प्रश्नले धेरैलाई अचम्भित बनाउँदै मानस पटलमा कौतुहलता सिर्जना गर्ने गरेको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तिमा मुद्दा दायर गरिएका ३२ जनामध्ये ढुंगानाको नाम १ नंमा रहेको छ । उनका विरुद्धमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिक कसुर गरेको हुँदा सोही अनुसार कैद र जरिवाना हुन माग दावी गरिएको उल्लेख छ ।

बेसीशहर– लमजुङमा पछिल्लो चरणमा आएका प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरू शृंखलाबद्ध रुपमा नै भ्रष्टाचारमा तानिई रहेका छन् । यतिबेला लमजुङमा आएका प्रजिअ लगायतका कार्यालय प्रमुखहरू नै किन पर्छन् भ्रष्टाचार मुद्दामा ? भन्ने जिज्ञासा बढ्न थालेको छ ।
लमजुङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) उमेश ढुंगानालगायत ३२ जनाका विरुद्ध विशेष अदालतले फागुन १३ गते भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनी सोही दिन साँझ लमजुङबाट विदा भएका हुन् । विद्यमान नियम अनुसार सरकारी कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । ढुंगाना गत वर्ष लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा भारतबाट चोरी गरी ल्याइएका गाडीको दर्ता प्रकरणमा अख्तियारले दोषी करार गरी मुद्दा दायर गरेको छ । सो मुद्दामा ढुंगानासहित ३२ जनाविरुद्ध मुद्दा दायर भएको अख्तियार स्रोतले जनाएको छ ।
लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको समेत मिलेमतोमा भन्सार छली गरेर ल्याइएको गाडीहरूको दर्ता गरेर सक्कली ब्लुबुक नै दिएको खुल्न आएको थियो । त्यस्तो दर्ता गर्दा सवारी साधन हेरी आठ हजारदेखि ३२ हजार रुपैयाँसम्म प्रतिगोटाका दरले खुस आएको भन्ने खुल्न आएको छ ।
सो रहस्य पछि यातायात कार्यालयले अधिकृत प्रेमप्रसाद उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिको तयार गरेको अनुसन्धान प्रतिवेदन प्रतिवेदनलाई स्वीकृत गरेको आधारमा सहसचिव ढुंगाना भ्रष्टाचार मुद्दामा तानिएको बताइन्छ ।
अख्तियारले जारी गरेको विज्ञप्तिमा मुद्दा दायर गरिएका ३२ जनामध्ये ढुंगानाको नाम १ नंमा रहेको छ । उनका विरुद्धमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिक कसुर गरेको हुँदा सोही अनुसार कैद र जरिवाना हुन माग दावी गरिएको उल्लेख छ ।
ढुंगाना गत पुसमा मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा लमजुङमा खटाइएका थियो ।
त्यसो त यस प्रकार भ्रष्टाचार मुद्दामा तानिले लमजुङका प्रमुख जिल्ला अधिकारी ढुंगाना पहिलो व्यक्ति होइनन् । यसअघिका तीनजना प्रमुख जिल्ला अधिकारी पनि भ्रष्टाचार मुद्दामा तानिएका थिए । त्यस्तै एक जना मालपोत अधिकृत पनि त्यसरी नै हालै तानिएका छन् ।
यसरी लमजुङमा कार्यालय प्रमुख भएर आउने व्यक्तिहरू नै किन भ्रष्टाचारका मुद्दामा तालिन्छन् ? भन्ने प्रश्नले धेरैलाई अचम्भित बनाउँदै धेरैको मानस पटलमा कौतुहलता सिर्जना गर्ने गरेको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन १५, शुक्रबार ०७:५८ गते
हजुरको प्रतिक्रिया