उहाँहरूमध्ये रेग्मी र थापालाई जनही एक एक लाख रुपैयाँ राशिको पुरस्कारबाट सम्मान गरिने छ । यसैगरी डा. शर्मा र डा. महर्जनलाई ५०÷५० हजार रुपैयाँ राशिको पुरस्कारबाट सम्मान गरिने भएको हो ।
सम्मानका लागि छनौट हुनुभएका व्यक्तित्वमा सनत रेग्मी र राजेन्द्र थापा तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जन हुनुहुन्छ ।
काठमाडौं– झपट पुरस्कार व्यवस्था समितिले चार जनालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले फागुन १४ गते सो निर्णय गरेको हो ।
सम्मानका लागि छनौट हुनुभएका व्यक्तित्वमा सनत रेग्मी र राजेन्द्र थापा तथा डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जन हुनुहुन्छ । उहाँहरूमध्ये रेग्मी र थापालाई जनही एक एक लाख रुपैयाँ राशिको पुरस्कारबाट सम्मान गरिने छ । यसैगरी डा. शर्मा र डा. महर्जनलाई ५०÷५० हजार रुपैयाँ राशिको पुरस्कारबाट सम्मान गरिने भएको हो ।
सनत रेग्मीलाई आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत झपट पुरस्कार प्रदान गरिने भएको झपट पुरस्कार व्यवस्था समिति (स्थापना वि.सं. २०३७)का सदस्य सचिव रेखा राणाले बताउनु भयो । उहाँका अनुसार यसैगरी शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको हो ।
सदस्य सचिव रेखा राणाले भन्नुभयो, ‘नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा. गोपालप्रसाद शर्मा र डा. कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने भएको हो ।’
उहाँका अनुसार इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा. हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनौट समितिले पुरस्कृत स्रष्टाहरूको नाउँ सिफारिस गरेको हो ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..