गत भदौ २४ गतेको विध्वंसको स्वामित्व रास्वपाले लिएको छ : नेता देव गुरुङ

गत भदौ २४ गतेको विध्वंसको स्वामित्व रास्वपाले लिएको छ : नेता देव गुरुङ

प्रमिला रेग्मी

@antaranganews

२०८२ फाल्गुण १७ गते सोमबार ०७:५९

सो दलको उम्मेदवार हरिजङ तामाङले उत्पन्न संकटका कारण ८४ मा हुने निर्वाचन ८२ मा हुँदैछ । आफू पिएचडीको विद्यार्थीसमेत भएको हुँदा पनि जिताउँदा जिल्लाबासीको सम्मान हुने भन्दै मत दिन आग्रह उहाँले गर्नुभएको थियो ।

एमाले काँग्रेसको मिलिभगतमा बनेको सरकारले सुशासन दिन नसक्नुले २३ गतेको अतिवादको जन्म भएको हो । २४ गतेको विध्वंस पनि अतिवाद हो गुरुङले भन्नुभयो ।

बेसीशहर– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता देवप्रसाद गुरुङले गत भदौ २४ गते भएको विध्वंसको जिम्मा रास्वपाले लिएको दावी गर्नु भएको छ । नेकपाद्वारा यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा फागुन १८ गते उहाँले त्यस्तो बताउनु भएको हो ।
उहाँले विगत ८÷१० वर्षदेखि अमेरिकी सेना भित्र्याउनका लागि एसपिपि सम्झौता गर्न खोजिएको दावी गर्दै उहाँले प्रचण्ड, ओली, देउवा नेतृत्वको सरकारले त्यो एसपिपि सम्झौता नगरेपछि गत भदौ २३, २४ गतेको विध्वंश मच्चाइएको उहाँको भनाइ थियो । गैर राजनीतिक व्यक्तिलाई सत्तामा पुर्याएर आफ्नो अभिष्ट पूरा गर्ने षडयन्त्र भइरहेको नेता गुरुङको दावी थियो । उहाँले पटक पटक भन्नुभयो, ‘गत भदौ २३, २४ गतेको विध्वंशको स्वामित्व रास्वपाले लिइसकेको छ ।’
एमाले काँग्रेसको मिलिभगतमा बनेको सरकारले सुशासन दिन नसक्नुले २३ गतेको अतिवादको जन्म भएको हो । २४ गतेको विध्वंस पनि अतिवाद हो । जसको जिम्मा रास्वपाले लिएको छ । उहाँले यो निर्वाचन जनमत संग्रह पनि हो, जनताले फैसला गर्नुपर्छ भन्नेमा जोड दिनुभयो । ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ चुनावी अभियान सञ्चालन गरिरहेको नेकपाको सेरोफेरोमा उहाँले धारणा व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘यो चुनाव दुईवटा अतिवादको विरुद्ध राष्ट्रिय स्वाधीनता कायम राख्न सक्ने र सुशासन कायम गर्न सक्ने नेकपालाई जिताउनु पर्छ ।’
फागुन २१ गते हुन लागेको चुनाव असामान्य परिस्थितिमा हुन लागेको हुँदा यसपटक विगतका जस्ता विकाशे एजेण्डा भन्दा राष्ट्रिय स्वाधीनता बचाउने वा नबचाउने र सुशासन कायम गर्ने वा नगर्ने यी दुई मुद्धाको लडाई भएको नेता देवप्रसाद गुरुङले बताउनु भयो । त्यसको केन्द्रमा अर्थात राष्ट्रिय स्वाधिनता, लोकतन्त्र, संविधान र सुशासन दिने एकमात्र दल आफ्नो भएको समेत उहाँको कथन थियो ।
पूर्वमन्त्रीसमेत रहनु भएका गुरुङले भन्नुभयो ‘अहिले हुन लागेको निर्वाचन पहिलाको जस्तो सामान्य अवस्थामा नभएको हुँदा तपाईंको मत भ्रष्टाचारलाई बढावा र साथ दिनेलाई दिने कि भ्रष्टाचारीलाई कार्वाही गर्नेलाई दिने ? साथै देश स्वाधीन बनाउनेलाई दिने कि विदेशी सेना भित्र्याउनेलाई दिएर जिताउने ?’ भन्ने हो त्यसैले तपाईहरू मार्फत लमजुङबासी र ंिसंगै देशबासीलाई यो सन्देश दिन चाहन्छौं ।’
पत्रकार सम्मेलनको अध्यक्षता गर्नु भएका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज पारसमणि पौडेलले चुनावी अभियानका बारेमा जानकारी दिदै आफ्नो दलको विजयी हुने दावी गर्नुभयो । जिल्लाका ८ पालिका, ७५ वडा ७३५ टोलमा पुग्यौं र कतै कोणसभा, कतै जनसम्वाद गरी आफ्ना कुरा जनसमक्ष राखेको, पार्टीको सिद्धान्त र कार्यक्रम राखियो भन्नुभयो । त्यसले पार्टीको पक्षमा जनलहर आएको उहाँको दावी थियो । जेन्जी युवा १२ वटा उम्मेदवारको ३५ वर्षीय हरिजंगलाई उम्मेदवारको जित सुनिश्चित छ । हाम्रो उम्मेदवारको कुनै नेगेटिभ कुरा नभएको भन्दै जित्नेविश्वासमा छौं तर पनि चार पार्टी बीचमा तिब्र प्रतिस्पर्धामा छौं र जितको प्रवल सम्भावन छ भन्नुभयो ।
सो दलको उम्मेदवार हरिजङ तामाङले उत्पन्न संकटका कारण ८४ मा हुने निर्वाचन ८२ मा हुँदैछ । पार्टीले दिएको विश्वास प्रति धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले जसको कारणले यो निर्वाचन हुन उनीहरूको भावनाको सम्मान र सम्बोधन गर्ने एकमात्र व्यक्ति आफू भएको दावी गर्नु भयो । जिल्लाको विकासमा एकीकृत विकासमा जोड दिनुपर्छ जिल्लाका सडक सञ्जाल, कृषि, जडिबुटी, पर्यटन र जलस्रोत विकासको आधार हो । यी सबैलाई बैज्ञानिक ढंगले विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताउँदै आफूलाई ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो । उहाँले आफू पिएचडीको विद्यार्थीसमेत भएको हुँदा पनि जिताउँदा जिल्लाबासीको सम्मान हुने भन्दै मत दिन आग्रह गर्नुभएको थियो ।
नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज एवम् निर्वाचन परिचालन विशेष अनुगमन समितिको सयोजक रामबाबु अधिकारीको समेत सहभागिता रहेको कार्यक्रमको नेकपाका केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन समितिको उपसंयोजक इजन बरालले सञ्चालन गर्नु भएको थियो ।
सो पत्रकार सम्मेलनका अवसरमा केन्द्रीय सदस्य त्रय देवेन्द्र पराजुली, राजु कार्की, राजु थापा, मेषबहादुर भण्डारी, रामचन्द्र पौडेल, केन्द्रीय सदस्य तथा निवर्तमान सभासदस्य उर्मिला माझी, बद्री मिश्र, देवबहादुर दुरालगायत उपस्थित हुनुुहुन्थ्यो ।

प्रकाशित मिति २०८२ फाल्गुन १८, सोमबार १९:५९ गते
हजुरको प्रतिक्रिया