रास्वपा बेसीशहर नगरपालिका– ८ को वडा समितिद्वारा समवेदना व्यक्त

रास्वपा बेसीशहर नगरपालिका– ८ को वडा समितिद्वारा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण १८ गते मङ्गलबार ०८:३९

उक्त कार्यक्रममा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, रास्वपाको बेसीशहर नगरपालिका– ८ का वडा समितिका उपसभापति विष्णु सुयल, कार्यकारी सदस्य अमृत रावल, रास्वपाका सदस्यद्वय गोकुल रावल, काजीराम रावललगायत सहभागी हुनुहुन्थ्यो ।

करिब दुई वर्षदेखि विस्मृति हुने समस्यासँग जुद्धै आउनु भएकी रुकुमाया खवासको ७९ वर्षको उमेरमा निधन भएको हो ।

बेसीशहर– लमजुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेसीशहर नगरपालिका– ८ को वडा समितिद्वारा सो वडाका शोकसन्तप्त भिमसेन खवासको निवासमा पुगेर उहाँको सपरिवारमा समवेदना व्यक्त गरिएको छ । भिमसेनकी ममतामयी आमा रुकुमाया खवासको निधन भएको सातौं पुण्य तिथिका अवसरमा उहाँको निवासमा पुगेर रास्वपाको एक टिमले फागुन १८ गते समवेदना व्यक्त गरेको हो ।
रास्वपाको बेसीशहर नगरपालिका– ८ को वडा समितिका सभापति फडिन्द्र रावलको नेतृत्वमा गएको टोलीले समवेदना व्यक्त गरेको हो । एक अनौपचारिक कार्यक्रममा वडा समितिबाट तयार गरिएको समवेदना पत्र रास्वपाको उद्योग वाणिज्य विभाग गण्डकी प्रदेशका सदस्य धु्रवप्रसाद ढकालले पढेर सुनाउनु भएको थियो ।
स्व. आमा रुकुमाया खवासको आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गर्दै समवेदनापत्र उहाँकी छोरीलाई हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रममा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, रास्वपाको बेसीशहर नगरपालिका– ८ का वडा समितिका उपसभापति विष्णु सुयल, कार्यकारी सदस्य अमृत रावल, रास्वपाका सदस्यद्वय गोकुल रावल, काजीराम रावललगायत सहभागी हुनुहुन्थ्यो ।
करिब दुई वर्षदेखि विस्मृति हुने समस्यासँग जुद्धै आउनु भएकी रुकुमाया खवासको ७९ वर्षको उमेरमा निधन भएको हो ।
स्व. खवासका दुई छोरा (एक वैदेशिक रोजगारमा) र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति २०८२ फाल्गुन १९, मंगलवार ०८:३९ गते
हजुरको प्रतिक्रिया