अन्तरक्रियाका क्रममा निर्वाचन आचारसंहिता, पत्रकारले पालना गर्नु पर्ने आचारसंहित लगायतका विषयमा छलफल भएको थियो । पत्रकारहरूका जिज्ञासाका बारेमा जिल्ला न्यायाधीश एवम् जिल्ला मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका साथै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले जवाफ दिनु भएको थियो ।