यो निर्वाचन पनि विगतकै निर्वाचनमा जस्तै धाधलीको बसाइयो वैध जग

यो निर्वाचन पनि विगतकै निर्वाचनमा जस्तै धाधलीको बसाइयो वैध जग

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण १९ गते बुधबार ०९:२३

सर्वदलीय वैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिका नाउँमा एक दलका १५– १६ जनासम्मले भाग लिन गएको समेत बताइन्छ । त्यस्तो बैठक सर्वदलीय हो कि ? सर्वपक्षीय ? अनि निर्वाचनमा प्रतिनिधिहरू मतदान केन्द्रमा बस्ने सर्वदलीय हो कि सर्वपक्षीय ? बुझि नसक्नु भएको छ । यस्ता निर्णय तथा व्यवहार जिल्लाका प्रायः सबै पालिकाहरूका अधिकांश वडामा गरिएको बुझिन आएको छ । जो वैध धाधलीको दरिलो स्वरुप हो भुक्तभोगीहरू भन्छन् ।

यस्तो कार्यले भोलि फगुन २१ गते हुने निर्वाचन पनि स्वच्छ तथा निष्पक्ष नहुने तथा धाधलीका लागि जग बनाउने काम भएको जानकारहरूले ठोकुवा गरेका छन् ।

बेसीशहर– लमजुङमा भोलि फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचन(मतदान)मा पनि विगतका निर्वाचनहरूमा जस्तै धाधलीको वैध जग बसाउने काम सुरु भएको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा फागुन १९ गतेका दिन सम्पन्न गरिएक कथित सर्वदलीय बैठकका निर्णयले त्यस्तो छनक दिएको हो ।
विगतका निर्वाचनमा बुथ क्याप्चर गर्ने, प्रेसमा छपाए झैं मतपत्रमा स्वस्तिक छाप लगाइने, पछिल्ला वर्षहरूमा युवाहरू विदेशिएर गाउँ रित्तिएको वितिदै छ । त्यस्ता रित्ता गाउँहरूमा मुस्किलले ४०– ५० प्रतिशत मतदान हुने गरेकोमा बुथ कब्जा गरेर ६२– ६५– ७०– ७२– ७५ प्रतिशतसम्म कतै त ८० प्रतिशतसम्म पनि मतदान भएको देखाउने गरिएको थियो । त्यस्ता मतदान केन्द्रमा खटिने कर्मचार प्रायः सोही स्थानमा वर्चश्व भएका दलमा आस्था राख्ने हुने, झुक्किएर एकाध जना फरक विचारका पठाइए पनि ती स्थान(मतदान केन्द्र)हरूमा माहोल नै यस्तो बनाइने गरिन्थ्यो कि ‘मतदानमा धाधली भयो’ भन्न भन्दा ‘सम्पन्न भयो’, भनिदिदा त्यस पछि आइलाग्ने झञ्जट आदि बेहोर्न नपर्ने हुने आदि स्थितिका कारण जे जस्तो भए पनि ‘त्यस्ता स्थानमा खटिने मतदान अधिकृतले ‘मतदान सम्पन्न भयो’ भन्ने रिपोर्ट दिएर झञ्जटबाट मुक्त हुने गरेको प्रवृत्ती देख्दै र बेहोर्दै आएको विगतका वर्षहरूमा सम्पन्न निर्वाचन साक्षी छन् भुक्तभोगीहरूले बताएका छन् ।
अशक्त व्यक्तिको मत उनले इच्छाएको एकाघरको व्यक्ति वा मतदानमा खटिएका कर्मचारीबाट खसाउने प्रवन्ध गरिनु पर्नेमा एकाघर तथा मतदान कर्मचारी बाहेकका व्यक्तिबाट मतदान गराउने कतिपय मतदान केन्द्रमा कथित सर्वदलीय सहमति गर्न लगाइएको (बाध्य बनाएको) जानकारीमा आएको छ । यसको अर्थ हो, बालिया बाङ्गा व्यक्तिले अपहरण शैलीमा लगेर (विविध कारणले अशक्त जस्ता) मतदाताहरूको मत आफ्नो पक्षमा खसाउनु हो ।
सुन्दरबजार नगरपालिकामा मेयर, उपमेयरकै उपस्थितिमा हिजो आदर्श बाल मावि मतदान केन्द्रको सर्वदलीय बैठकमा त्यस्तो निर्णय गर्न बाध्य बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विमल अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार उनीहरू धेरै थिए, एक स्वर गरे म एक्लै थिए, केही बेर त हुन्न भनेर अडान लिएको पछि उनीहरूले सहमति भयो भनेर ताली पिटे, म मैन रहेँ ।
उता, मध्यनेपाल नगरपालिका– ७ मा पनि त्यस्तै निर्णय गर्न बाध्य बनाइएको जानकारीमा आएको छ ।
सो वडाको सर्वदलीय वैठकमा विभिन्न संघसंस्थाका प्रतिनिधिका नाउँमा एक दलका १५– १६ जनासम्मले भाग लिन गएको समेत स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार त्यस्तो बैठक सर्वदलीय हो कि ? सर्वपक्षीय ? अनि निर्वाचनमा प्रतिनिधिहरू मतदान केन्द्रमा बस्ने सर्वदलीय हो कि सर्वपक्षीय ? बुझि नसक्नु भएको छ । यस्ता निर्णय तथा व्यवहार अन्य पालिकाहरूका पनि प्रायः अधिकांश वडामा गरिएको बुझिन आएको छ । जो वैध धाधलीको दरिलो स्वरुप हो भुक्तभोगीहरू भन्छन् ।
यस्तो कार्यले भोलि फगुन २१ गते हुने निर्वाचन पनि स्वच्छ तथा निष्पक्ष नहुने तथा धाधलीका लागि जग बनाउने काम भएको जानकारहरूले ठोकुवा गरेका छन् ।

प्रकाशित मिति २०८२ फाल्गुन २०, बुधबार २१:२३ गते
हजुरको प्रतिक्रिया