काठमाडौं– यहाँबाट सञ्चालित ख्यातिप्राप्त अनलाइनमध्येको एक १२ खरी डटकमले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मुलुकको पहिलो पार्टी बन्ने आंकलन गरेको छ । उसले फागुन २१ गते मतदान सकिएपछि साँझ आफ्नो वालमा भरखरै राखेको मतगणनाको नतिजा घोषणाको खाकामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई एक नंबरमा राखेबाट त्यस्तो पुष्टि भएको हो ।
१२ खरी डटकमले एक नंबरमा रास्वपा, दोस्रो नंबरमा नेपाली काँग्रेस, तेस्रो नंबरमा एमालेलाई राखेको छ । यसैगरी, चौथोमा नेपाली कम्युनिष्ट पार्टी, पाँचौंमा राप्रपा र छैटौं नंबरमा हर्क साङपाङको श्रम संस्कृति पार्टीलाई राखेको छ ।
यसैगरी, अन्य अनलाइनहरू देश सञ्चार डटकमले कुल उम्मेदवार संख्या तीन हजार ४०६ जना, रोचक क्षेत्र ४७, कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ उल्लेख गरेको छ । यसैगरी, १६५ निर्वाचन क्षेत्र दिएको छ ।
उता, आनलाइन डटकमले उम्मेदवारहरूको संख्या तीन हजार ४०६, हिटसिटहरूमा ५७, निर्वाचनमा भाग लिने पार्टीहरू ६८ र चुनाव क्षेत्र १६५ उल्लेख गरेको छ ।
त्यस्तै, रातोपाटी डटकमले उम्मेदवारहरूको संख्या तीन हजार ४०६, हटसिट २८, चर्चित अनुहार ५८ र निर्वाचनमा भाग लिने राजनीतिक पार्टीहरू ६८ रहेको जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार १७:५६ गते