चामे(मनाङ)– हिमाल पारीको जिल्ला मनाङमा ४५ प्रतिशत मत खसेको छ । यतिबेला धमाधम मत पेटिका संकलनको कार्य भइरहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले फागुन २१ गते साँझ ७ बजे जनाएको हो ।
जम्मा सात हजार मतदाता रहेको मनाङ जिल्लामा कुल तीन हाजर १६४ मत खसेको मनाङका सहायक निर्वाचन अधिकृत दीपक दाहालले बताउनु भयो । उहाँका अनुसार नार्पाभूमिको २, ३ वटा वडाको अपडेट हुन बाँकी छ । बढीमा तीन हाजर १६४ मत खसेको हुन सक्छ ।
जिल्लामा चार गाउँपालिका रहेको र तिनमा सात हजार मतदाताका छन् । ती मतदाताका लागि जिल्लाभर २८ मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्रबाट मतदानको प्रवन्ध गरिएको जिल्ला अनुमन अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार हामी यतिबेला मतपेटिका संकलन कार्यमा व्यस्त छौं । उहाँका अनुसार नार्पाभूमि गाउँपालिकाको मत पेटिका भोलि मात्र आउने कार्यक्रम छ । उहाँले भन्नुभयो, ‘त्यसैले सबै मत पेटिका संकलन भएपछि मात्र मत गणना कार्य सुरु गरिने छ ।’
नार्पाभूमि गाउँपालिका गाउँपालिकामा पाँच वटा वडा रहेका छन् । सो पालिकामा कुल ४८८ मतदाता छन् । सो पालिकाका मतदाताको सहजताका लागि वडै पिच्छे मतदान केन्द्र राखिएको जिल्ला अनुमन अधिकारी पौडेलले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार १९:१५ गते