औंलामा निलो मसी लगाइसकेपछि पनि दिइएन मतदान गर्न, एक सय वर्षीया बृद्धद्वारा मतदान

औंलामा निलो मसी लगाइसकेपछि पनि दिइएन मतदान गर्न, एक सय वर्षीया बृद्धद्वारा मतदान

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २० गते बिहिबार ०९:४१

बास नेपालका आठ जना पर्यवेक्षकले लमजुङमा निर्वाचनको मतदान कार्यको पर्यवेक्षण गर्नु भएको छ । आठजनामध्ये तीन जना महिला, शर्मिला कोइराला, शिवकुमारी अधिकारी र कृसला थापा हुनुहुन्थ्यो भने पुरुषमा रमाराज खनिया, कृष्ण आले, ज्ञानेन्द्र शर्मा, विजयरञ्जन पौडेल र युवराज पौडेल हुनुहुन्थ्यो ।

आफ्ना औंलामा निलो मसी लगाएको देआउँदै उहाँहरूले भन्नुभयो, ‘मत दिनका लागि भनेर काठमाडौंदेखि आयौंं, औंलामा निलो लगाइसकेपछि पनि हुन्न भनियो, दुःख र खर्चमात्र भयो ।’

बेसीशहर– लमजुङमा यो निर्वाचनको बेलामा अनौठो घट्ना घटेको छ । मतदनका लागि आफ्नो मतदान केन्द्रमा पुगेका एक दम्पत्तीलाई औलामा निलो मसी लगाइसकेपछि पनि मतदान गर्नबाट फागुन २१ गते बञ्चित गरिएको खुलासा भएको हो ।
यहाँ स्थित अर्थ्ली प्याराडाइज आमावि मतदान स्थलको ख केन्द्रका मतदाता रहनु भएका बेसीशहर नगरपालिका– ८ निवासी भरत रावल र उहाँकी धर्मपत्नी विमला रावललाई मतदान गर्नबाट बञ्चित गरिएको हो । फोटासहितको मतदाता नामावलीमा उहाँहरूको फोटो भइसकेपछि विवाद गर्न जरुरी थिएन । त्यसमा पनि उहाँहरूले नागरिकता प्रमाणपत्रको फोटोकपि देखाउँदासमेत आफूलाई मतदान गर्न नदिएको गुनासो उहाँहरूले गर्नु भएको छ । उहाँहरूले भन्नुभयो, ‘दिउँसो २ बजेको समयमा आफूहरू दुवै जनालाई औंलामा निलो मसी लगाइसकेपछि पनि फिर्ता गरियो, साह्रै नमज्जा लाग्यो ।’
हाल व्यापारको सिलसिलामा काठमाडौंमा बस्नु हुने उहाँहरू मतदान गर्नकै लागि भनेर काठमाडौंदेखि यहाँ आएको बताउनु भयो । आफ्ना औंलामा निलो मसी लगाएको देआउँदै उहाँहरूले भन्नुभयो, ‘मत दिनका लागि भनेर काठमाडौंदेखि आयौंं, औंलामा निलो लगाइसकेपछि पनि हुन्न भनियो, दुःख र खर्चमात्र भयो ।’
एक सय वर्षीया बृद्धद्वारा मतदान :
यसैबीच, लमजुङको राइनास नगरपालिका– ४ को सातवीसेमा एक सय वर्षीया बृद्धाले मतदान गर्नु भएको छ । सौभाग्योदय नमूना मावि मतदान केन्द्रमा सोही वडा निवासी कालीमाया देवकोटाले मतदान गर्नु भएको बास नेपालका पर्यवेक्षक शर्मिला कोइरालाले बताउनु भयो । उहाँका अनुसार सो मतदान केन्द्रमा एक हजार ३५९ मतदाता रहेका थिए । तीमध्ये ४९३ जना महिला र ३९१ जना पुरुष गरी ८८४ जना अर्थात ६५.०४ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
बास नेपालका आठ जनाबाट पर्यवेक्षण :
यसैबीच लमजुङमा बास नेपालका आठ जना पर्यवेक्षकले लमजुङमा निर्वाचनको मतदान कार्यको पर्यवेक्षण गर्नु भएको छ । आठजनामध्ये तीन जना महिला, शर्मिला कोइराला, शिवकुमारी अधिकारी र कृसला थापा हुनुहुन्थ्यो भने पुरुषमा रमाराज खनिया, कृष्ण आले, ज्ञानेन्द्र शर्मा, विजयरञ्जन पौडेल र युवराज पौडेल हुनुहुन्थ्यो ।
उहाँहरूले राइनास नगरपालिका, बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका र कास्कीको रुपा गाउँपालिकामा पर्यवेक्षण गर्नु भएको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८२ फाल्गुन २१, बिहीबार २१:४१ गते
हजुरको प्रतिक्रिया