काठमाडौं– २०८२ सालका लागि निर्धारण गरिएको आम निर्वाचनको मत गणनाको परिणाम सार्वजनिक हुन थालेको छ । हिजो फागुन २१ गते भएको १६५ स्थानका लागि भएको निर्वाचनको २८ स्थानमा मतगणनाको मत परिणाम आउन थालेको हो ।
२२ गते विहान ६ बजेको अपडेट अनुसार २८ स्थानमा मत गणना थालिएको छ । तीमध्ये २५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) अग्रस्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
बहुचर्चित झापा– ५ मा भएको मत गणना एक हजार चार सय भएको छ । त्यसमा रास्वपाका वरिष्ठ नेता वालेन साहले ८१४ मत पाउनु भएको छ भने एमालेका अध्यक्ष केपि ओलीले ३८४ मत पाउनु भएको छ ।
चितवन– २ मा रास्वपाका सभापति रवि लामिछाने एक हजार १५८ मतका साथ अधि हुनुहुन्छ भने उहाँको पछि एमालेका अस्विन घिमिरेले ९०८ पाउनु भएको छ भने काँग्रेसका मीना खरेल ५३१ मतका साथ चौथो स्थानमा हुनुहुन्छ ।
चितवन– ३ मा रास्वपाकी सोविता गौतम ९२५ मतका साथ अघि हुनुुहन्छ भने उहाँलाई ६७९ मतका साथ नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले पछ्याउँदै हुनुहुन्छ ।
यस्तै, काठमाडौ– ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले छ हजार १२७ मतका साथ अघि हुनुहुन्छ भने उहाँलाई पछ्याउनेमा काँग्रेसका सपना राजभण्डारी हुनुहुन्छ । उहाँले ७३७ मत पाउनु भएको बताइएको छ । काठमाडौ– १ मा रञ्जु दर्शना न्यौपानेले छ हजार ४२ मत पाउनु भएको छ भने २ हजार ९३२ मतका साथ काँग्रेसका प्रवलराज जोशी हुनुहुन्छ भने राप्रपाका रविन्द्र मिश्र एक हजार ६६२ मतका साथ पछि पछि हुनुहुन्छ ।
काठमाडौ– २ मा रास्वपाका सुनिल केसी ९५०, काँग्रेसका कविर शर्माले ४०८ मत पाउनु भएको छ ।
तनहुँ– १ मा चारसय मत गणना भएको छ । त्यसमा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले १८५ मत पाउनु भएको छ भने काँग्रेसका गोविन्द भट्टराईले ९७ मत पाउनु भएको छ । ललितपुर– ३ का रास्वपाका तोसिमा कार्की ६९६ मत पाउनु भएको छ भने काँग्रेसका जितेन्द्रकुमार श्रेष्ठ १०२ मतका साथ पछ्याउने क्रममा हुनुहुन्छ ।
मत गणना भएका २८ स्थानमध्ये तीन २५ स्थानमा रास्वपा, दुई स्थानमा एमाले र एक स्थानका काँग्रेस अघि रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार ०६:४२ गते