राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुशीका साथ मिलेको अवसरलाई व्यवहार उपयोगी बनाउने चुनौति सँगसँगै

राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुशीका साथ मिलेको अवसरलाई व्यवहार उपयोगी बनाउने चुनौति सँगसँगै

सम्पादकीय

@antaranganews

२०८२ फाल्गुण २१ गते शुक्रबार ०७:४५

रास्वपालाई बाह्य क्षेत्रमा भएका विक्रिति विसंगति बडार्नु पर्ने चुनौतिमात्र छैन । पार्टी भित्रै पनि पार्टीलाई के कसरी व्यवस्थित आर्थत अनुशासित, मर्यादित अनि पारदर्शी बनाउँदै पार्टीको संरचनालाई बलियोभन्दा बलियो बनाउने ? अर्को कडा चुनौति पार्टीका सामु खडा भएको छ ।

रास्वपाको सबै तहको नेतृत्व वर्गलाई मात्तिने काँग्रेस– एमालेको झैं मनपरी गर्ने छुट छैन र गर्नु पनि हुँदैन ।

आम निर्वाचन २०८२ को हिजो फागुन २१ गते सम्पन्न मतदानको मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । सो नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)प्रति मतदाताले अनपेक्षित विश्वास गरेर खुशी नै खुशी दिएको प्रतीत भएको छ । जसले रास्वापालाई दुई तिहाई बहुमत आउन सक्ने लक्षण समेत देखिएको छ ।
यो खुशीको अवसरमा त्यो जिम्मेवारी तथा अवसरलाई व्यवहार उपयोगी बनाएर आम नागरिक अर्थात भूइँ मान्छका हितमा काम गर्नु पर्ने र मुलुकमा व्यप्त भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरी लगायतका सबै सबै प्रकारका विक्रिति विसंगतिको अत्य गर्ने अभिभाराको चुनौति थपिएको छ । यो चुनौतिलाई अवसरमा बदल्न सक्दा मात्र रास्वपाको साख र प्राप्त खुशीले जीवन्तता पाउने छ ।
रास्वपालाई बाह्य क्षेत्रमा भएका विक्रिति विसंगति बडार्नु पर्ने चुनौतिमात्र छैन । पार्टी भित्रै पनि पार्टीलाई के कसरी व्यवस्थित आर्थत अनुशासित, मर्यादित अनि पारदर्शी(हरेक गतिविधिलाई) बनाउँदै पार्टीको संरचनालाई बलियोभन्दा बलियो बनाउने ? अर्को कडा चुनौति पार्टीका सामु खडा भएको छ । पारदर्शीता बिनाको राज्य वा पार्टीको जीवन सहज र सरलपूर्वक प्रवाहित हुन सक्दैन, यो इतिहासले समेत प्रमाणित गरेको तथ्य हो ।
आदर्श छाटेझैं व्यवहारमा उत्रन सजिलो पटक्कै छैन, हुँदैन भन्ने पटक पटक देखिदै र भोगिदै आएको विषय हो । रास्वपाका सभापति रवि लामिछाने, उपाध्यक्ष डिपि अर्याल तथा स्वर्णिम वाग्ले जस्ता उदार मनका धनी सो दलका अन्य व्यक्तिहरू निकै कम देखिने अनि भेटिने गरेका छन् । यतिबेला संकीर्ण सोचका मानिस (सफल होइन्छ जस किन अन्यलाई दिने भन्ने धारणाका व्यक्तिहरू)को घेराबन्दीमा पार्टी जाने छ हैन ? भन्ने आशंका समेत उत्तिकै बढेको छ । अतः रास्वपाको सबै तहको नेतृत्व वर्गलाई मात्तिने काँग्रेस– एमालेको झैं मनपरी गर्ने छुट छैन र गर्नु पनि हुँदैन ।
यदि त्यस्ता संकीर्ण सोच भएका मानिसहरूको हातमा पार्टी नेतृत्व गयो वा त्यस्ताहरूको हालिमुहाली चल्यो भने पार्टी फेरि यतिबेला प्राप्त भए नसोचेको खुशीझैं पार्टी दुर्घटनाको भड्खालोमा जाकिन पनि सक्छ । यो चुनौतिलाई केन्द्रदेखि प्रदेश, जिल्ला, पालिकामात्र नभई वडा तथा टोल, गाउँमा समेत नेतृत्व लिनेहरूले फू फू गरी चल्नु पर्ने देखिएको छ । समयमै यस्तो सदबुद्धि सबैमा आउन जरुरी छ र त्यो आउन सकोस् ।
रास्वपालाई हाल प्राप्त खुशीले जीवन्तता पाइरहन सकोस् भन्ने सुभेच्छा व्यक्त गर्दछौं ।

प्रकाशित मिति २०८२ फाल्गुन २२, शुक्रबार ०७:४५ गते
हजुरको प्रतिक्रिया