विगतका निर्वाचनका समयमा निकै भिडभाड देखिने गरेको लमजुङको निर्वाचन अध्यावधिक मिडिया डेक्स कक्ष यो पटक पनि उत्साहका साथ निर्माण गरिएको थियो । तर समाचार संकलन गर्ने यतिबेला भने त्यो सुनसान देखिएको छ ।
हिजोको पछिल्लो मतदानको अपडेट सच्याउँदै पुनः ५५.८८ प्रतिशत अर्थात ७६ हजार ६३१ मत खसेको बताइएको छ ।
बेसीशहर– लमजुङ जिल्लामा फागुन २१ गते सम्पन्न निर्वाचनको मत गणना कार्य आज ११ बजेबाट सुरु हुने भएको छ । भरखरै सम्पन्न भएको सर्वदलीय बैठकले फागुन २२ गते विहान त्यस्तो निर्णय गरेको हो ।
जिल्ला मुख्य निर्वाचन अधिकारी एवम् जिल्ला न्यायाधीश शिशिरराज ढकालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा जिल्लामा निर्वाचन लडेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा उम्मेदवारहरूको सहभागिता थियो ।
बैठकले के कस्तो मत सदर हुने र के कस्तो बदर हुने, पार्टीका के कति प्रतिनिधिहरू मत गणनामा बस्ने, सुरक्षाको प्रवन्ध लगायतका विषयमा छलफल गरी निर्णय गरेको बताइएको छ ।
यसैबीच, हिजोको पछिल्लो मतदानको अपडेट सच्याउँदै पुनः ५५.८८ प्रतिशत अर्थात ७६ हजार ६३१ मत खसेको बताइएको छ । कुल मतदाता एक लाख ३७ हजार १२४ रहेकोमा ४० हजार ९९८ महिला र पुरुषहरू ३५ हजार ६३३ ले मतदानमा भाग लिदा खसेको मत ५५.८८ प्रतिशत भएको बताइएको हो । सुनसान मिडिया डेक्स कक्ष :
विगतका निर्वाचनका समयमा निकै भिडभाड देखिने लमजुङको निर्वाचन अध्यावधिक मिडिया डेक्स कक्ष यो पटक पनि उत्साहका साथ निर्माण गरिएको थियो । तर समाचार संकलन गर्ने यतिबेला भने त्यो सुनसान देखिएको छ । सायद आफ्नो पार्टीले नजित्ने स्थिति देखेपछिको यो परिदृश्य हो कि ? भन्ने आंकलन गरिएको छ ।
आफ्नो झोले चारित्र देखाउँदै अरुलाई समाचार संकलन गर्नसमेत दिन हुन्न भनेर प्रशासकलाई समेत गुहार्दै ‘फलानालाई मतदान केन्द्रमा जान रोक्नु पर्यो’ भन्ने उर्दी जारी गर्नेहरूको डाह, अहंकार अनि आहारिसे प्रवृत्ती २४ घण्टा नवित्तै उदांगो भएको सुनसान मिडिया डेक्स कक्षको परिदृश्यले बोलिरहेको छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..