लमजुङमा मतगणना : फोटो फिचर

लमजुङमा मतगणना : फोटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ फाल्गुण २२ गते शनिवार ०९:४२

प्राप्त पछिल्लो नतिजा अनुसार रास्वपाका धर्मराज केसीले २१ हजार ५६८ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले ११ हजार ९२६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले दश हजार ९७६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । काँग्रेसका गमप्रसादभन्दा उहाँ ९५० मतले पछि हुनुहुन्छ ।

नौ हजार ६४२ मतले रास्वपाका धर्म केसी अग्रस्थानमा, कुल ५० हजार ३४१ मत गणना हुँदा एक हजार ७७७ मत बदर भएको छ ।

बेसीशहर– लमजुङमा जारी मत गणनाको पछिल्लो अपडेट नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का धर्मराज केसीले २१ हजार ५६८ मत पाउनु भएको छ । काँग्रेसका गमप्रसाद गुरूङले ११ हजार ९२६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ भने एमालेका पृथ्वीसुब्बा गुरूङले दश हजार ९७६ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । काँग्रेसका गमप्रसादभन्दा उहाँ ९५० मतले पछि हुनुहुन्छ ।
नेकपाका हरिजंग तामाङले दुई हजार २७३ मत पाउनु भएको छ ।
कुल ५० हजार ३४१ मत गणना हुँदा एक हजार ७७७ मत बदर भएको छ ।
लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्रमा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मत गणना कार्य जिल्ला समन्वय समितिको सभाहलमा जारी रहेको छ । मत गणना कार्य रातभर जारी रहेको छ ।
प्रस्तुत छ, मतगणनाको फोटो फिचर :

प्रकाशित मिति २०८२ फाल्गुन २३, शनिबार ०९:४२ गते
हजुरको प्रतिक्रिया