सुन्दरबजार(लमजुङ)— लमजुङमा एक अटो दुर्घटनामा परेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ७ कुमालटारमा भएको अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको फागुन २३ गते प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राती भएको दुर्घटनामा परेर सोही नगरपालिका– ६ सैनिकटोल बस्ने २९ वर्षीया चुनु गुरुङको मृत्यु भएको हो । लमजुङको प्रवेश नाका पाउँदीबाट सुन्दरबजारतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ ह ००४० नम्बरको अटो साँझ करिब सात बजे दुर्घटना हुँदा सो घट्ना भएको हो । गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते गुरुङलाई उपचारका लागि नमुना सामुदायिक अस्पताल सुन्दरबजार लगिएको थियो । उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले चुनु गुरुङलाई मृत घोषणा गरेको प्रहरी भनाइ छ ।
सो दुर्घटनामा घाइतेको निधन भएपछि अटो र चालकलाई इलाका प्रहरी कार्यालय सुन्दरबजारले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोका चालक सुन्दरबजार नगरपालिका– ७ का २५ वर्षीय सञ्जय बसेल हुन् ।
सो घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
प्रकाशित मिति २०८२ फाल्गुन २४, आईतवार ०५:३० गते