‘वानीरा पुरस्कार’ सम्मानका लागि तीन व्यक्तित्वको छनौट

‘वानीरा पुरस्कार’ सम्मानका लागि तीन व्यक्तित्वको छनौट

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत ७ गते आईतबार ०५:३७

नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरू डा. गिरीको ८३ औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतियाका दिन काठमाडौंमा समर्पण हुने तयारी रहेको वानीरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ ।

‘भावुक’ कवि तथा गीतकार हुनुहुन्छ, शाक्य कम्प्युटर वैज्ञानिक हुनुहुन्छ भने सरोज ढकाल काठमाडौँ महानगरपालिका– ३० को निवासी विकासमा समर्पित व्यक्तित्व ह्ुनुहुन्छ ।

काठमाडौं– वानीरा फाउन्डेसनद्वारा हरेक वर्ष वितरण गर्दै आएको ‘वानीरा पुरस्कार’ सम्मान– २०८२ का लागि तीन व्यक्तित्वको छनौट गरिएको छ । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले चैत ७ गते उक्त निर्णय गरेको हो ।
सम्मानित हुनुहुने व्यक्तित्वमा कवि तथा गीतकार माधव खनाल ‘भावुक’, कम्प्युटर वैज्ञानिक मुनि शाक्य र काठमाडौँ महानगरपालिका– ३० का सामाजसेवी सरोज ढकाल हुनुहुन्छ । काठमाडौँ महानगरपालिका– ३० को विकासमा सदैव समर्पित सरोज ढकाल नेपाली भाषासाहित्यको सिर्जनामा साढे सात दशक अघिदेखि साधनारत हुनुहुन्छ । उहाँलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको वानीरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार भावुकको पहिलो कृति २००९ सालमा प्रकाशित भएको थियो । भावुककृत कवितासङ्ग्रमा मविवि शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नु भएको थियो । प्रसाईले उहाँका बारेमा थप जानकारी दिदै भन्नुभयो, ‘उहाँका तीन वटा कृति र एक सय जति फुटकर लेख, रचना प्रकाशित छन् ।’
यसैगरी, कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै पछिल्ला समयमा कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्र मानव (रोबोर्ट) को आविष्कारसमेत गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको गौरव बढाउने काम गर्नु भएको छ । सोही योगदान गरेबापत शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो वानीरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जनाकारी दिनु भयो । उहाँका अनुसार यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपैयाँ रहेका छन् ।
त्यस्तै, चितवनका धनराज गिरीले आख्यान, कविता र हास्यव्यङ्य लेखनमा सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिदै आउनु भएको छ । उहाँको सोही योगदान बापत गिरीलाई पचास हजार रुपैयाँ राशिसहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको प्रसाईले उल्लेख गर्नु भयो ।
किशोरावस्थादेखि नै समाजसेवामा उत्सर्गिक भई खास गरेर काठमाडौँ महानगरपालिका– ३० को विकासमा सदैव समर्पित सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ समर्पण गर्ने निर्णय भएको प्रसाईको भनाइ छ ।
नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरीका सम्मानमा स्थापित यी पुरस्कारहरू डा. गिरीको ८३ औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतियाका दिन काठमाडौंमा समर्पण हुने तयारी रहेको वानीरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताउनु भएको छ । उहाँका अनुसार वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति २०८२ चैत्र ८, आईतवार ०५:३७ गते

हजुरको प्रतिक्रिया