लमजुङ । लमजुङमा जिप दुर्घटना हुदा दुई जनाको निधन भएको छ । १३ जना घाईतेमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लमजुङको सरमुकाम बेसीशहरदेखि मस्र्याड्दी गाउँपालिकाको छिन खोला जादै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी अभिषेक पाण्डेले बताए । उनका अनुसार ग १ ज ६४७० नंवरको जिप दुर्घटनामा परेको हो । उनले भने सो दुर्घटनामा दुईजनाको निधन भएको छ तर अस्पतालबाट पुष्टि हुन बाकी छ । १३ जना घाइते मध्ये ४ को अवस्था चिन्ताजनक छ । ती ४ जनालाई रिफरको तयारी हुदैछ । थप विवरण आउन बाकी छ ।
निधन हुनेमा ४० वर्षीया गंगामाया गंगामाया भन्ने त्रिवेणी गुरूङ र ३५ वर्षीया पुष्पा घले भएको प्रहरीले भरखरै पुष्टि गरेको छ ।
सो जिप मस्र्याङ्दी गाउँपालिका– ७ को उस्ताबेसीमा दर्घटना भएको प्रहरी भनाइ छ ।
निधन हुनेमा दुईजना महिला ३५ र ४० वर्षीया रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको रिफर गरिएको छ भने तीनजनाको ्प्रदेशअस्पताल लमजुङमा रेडजोनमा उपचार चलिरहेको छ । उनीहरुको अवस्था रिफर गर्ने लायकको पनि नभएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति २०८२ चैत्र २१, शनिबार १९:०६ गते