बाँझो जमिनले हराभरा उब्जनी खोजेको छ,
वन जंगलले जडीबुटी प्रशोधन खोजेको छ ।
नदीका बाहाबमा हाइड्रो प्रशस्तै छन्
लमजुङे सहुलियत बिजुली खोजेको छ ।
रित्तिएका लेकका खर्कमा, गोठलाहरू
चौरी र भेडीगोठ भित्र जीवन खोजेको छ ।
मलिलो तरेली फाँट अझै बाँझै छन्
पाखुरी र सिँचाइको सहारा खोजेको छ ।
उर्लँदै गरेका खहरे खोलाले त्रास बढाउँदा,
कटान रोक्न बलियो तटबन्धन खोजेको छ ।
बुढा बा– आमाको जीवन धान्ने सहारा
आफ्नै गाउँघरमै भत्ता खोजेको छ ।
निम्सरो बिरामी पीडामा भौंतारिनु नपरोस्,
औषधि र अस्पताल खोजेको छ ।
बा–आमाको काखमै भविष्य बनाऊन
विद्यार्थीले गुणस्तरीय शिक्षा खोजेको छ ।
रमणीय हिमाल, पहाड र लेकका दृश्यले,
आफ्नै पहिचान भित्र पर्यटक खोजेको छ ।
फरक चाहना बोकेका युवाहरूका,
आत्मनिर्भरता र रोजगारी खोजेको छ ।
कोरिएका थुप्रै धुले बाटाहरू
स्तरोन्नति र कालोपत्रे खोजेको छ ।
लोपोन्मुख मौलिक अमूर्त सम्पदा धेरै छन्
जसले खोज, संरक्षण र प्रवर्द्धन खोजेको छ ।
अझै कतै लुकेका विभेद बाँकी नै छन्,
समानता र सामाजिक न्याय खोजेको छ ।
यिनै सबै चाहना पूरा गर्ने आशा बोकेर,
लमजुङवासीले धर्मराज केसी रोजेको छ ।
प्रकाशित मिति २०८२ चैत्र २८, शनिबार १८:५२ गते