गजल : लमजुङेको खोजी

गजल : लमजुङेको खोजी

कृष्ण हरि अधिकारी सुन्दरबजार, लमजुङ ।

@antaranganews

२०८२ चैत २७ गते शनिवार ०६:५२

यिनै सबै चाहना पूरा गर्ने आशा बोकेर,
लमजुङवासीले धर्मराज केसी रोजेको छ ।

बा–आमाको काखमै भविष्य बनाऊन, विद्यार्थीले गुणस्तरीय शिक्षा खोजेको छ ।

बाँझो जमिनले हराभरा उब्जनी खोजेको छ,
वन जंगलले जडीबुटी प्रशोधन खोजेको छ ।

नदीका बाहाबमा हाइड्रो प्रशस्तै छन्
लमजुङे सहुलियत बिजुली खोजेको छ ।

रित्तिएका लेकका खर्कमा, गोठलाहरू
चौरी र भेडीगोठ भित्र जीवन खोजेको छ ।

मलिलो तरेली फाँट अझै बाँझै छन्
पाखुरी र सिँचाइको सहारा खोजेको छ ।

उर्लँदै गरेका खहरे खोलाले त्रास बढाउँदा,
कटान रोक्न बलियो तटबन्धन खोजेको छ ।

बुढा बा– आमाको जीवन धान्ने सहारा
आफ्नै गाउँघरमै भत्ता खोजेको छ ।

निम्सरो बिरामी पीडामा भौंतारिनु नपरोस्,
औषधि र अस्पताल खोजेको छ ।

बा–आमाको काखमै भविष्य बनाऊन
विद्यार्थीले गुणस्तरीय शिक्षा खोजेको छ ।

रमणीय हिमाल, पहाड र लेकका दृश्यले,
आफ्नै पहिचान भित्र पर्यटक खोजेको छ ।

फरक चाहना बोकेका युवाहरूका,
आत्मनिर्भरता र रोजगारी खोजेको छ ।

कोरिएका थुप्रै धुले बाटाहरू
स्तरोन्नति र कालोपत्रे खोजेको छ ।

लोपोन्मुख मौलिक अमूर्त सम्पदा धेरै छन्
जसले खोज, संरक्षण र प्रवर्द्धन खोजेको छ ।

अझै कतै लुकेका विभेद बाँकी नै छन्,
समानता र सामाजिक न्याय खोजेको छ ।

यिनै सबै चाहना पूरा गर्ने आशा बोकेर,
लमजुङवासीले धर्मराज केसी रोजेको छ ।

प्रकाशित मिति २०८२ चैत्र २८, शनिबार १८:५२ गते
हजुरको प्रतिक्रिया