भृकुटीमण्डपभित्र भाडा नतिर्ने विभिन्न २० संघ–संस्था र व्यवसायिक क्बलमा सरकारको ताला

भृकुटीमण्डपभित्र भाडा नतिर्ने विभिन्न २० संघ–संस्था र व्यवसायिक क्बलमा सरकारको ताला

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत २९ गते सोमबार ०८:१५

परिषद्ले विभिन्न संस्थाहरूबाट ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको जनाएसँगै प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो ।

भाडा नतिर्नेमा ऋषि धमलाको रिपोटर्स क्लब अग्रस्थानमा रहेको छ । रिपोटर्स क्लबले नै ७३ लाखभन्द्या बढी भाष नतिरेको परिषद्ले जनाएको छ ।

काठमाडौँ– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र भाडा नतिर्ने विभिन्न २० संघ–संस्था र व्यवसायिक क्बलमा ताला लगाएको छ । परिषद्को स्वामित्वमा रहेको उक्त परिसरमा लामो समयदेखि बक्यौता नतिर्ने संघसंस्था र व्यक्तिमाथि सरकारले चैत ३० गते कारबाही थालिएको हो ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो । परिषद्ले विभिन्न संस्थाहरूबाट ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा ती स्टलहरूमा ताला लगाएका हुन् । भाडा नतिर्नेमा ऋषि धमलाको रिपोटर्स क्लब अग्रस्थानमा रहेको छ । रिपोटर्स क्लबले नै ७३ लाखभन्द्या बढी भाष नतिरेको परिषद्ले जनाएको छ । अनेरास्ववियुले पनि लामो समयदेखि भाडा नतिरेको पाइएको छ ।
भृकुटीमण्डप क्षेत्रमा भाडा नतिरी स्टल, बुथ र भवन ओगटेर बसेकाहरूविरुद्ध सरकारले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

प्रकाशित मिति २०८२ चैत्र ३०, सोमबार २०:१५ गते
हजुरको प्रतिक्रिया