मर्स्याङ्दीमा गुञ्जियो ‘सुरक्षित यात्रा, सभ्य समाजको आधार’ नारा

मर्स्याङ्दीमा गुञ्जियो ‘सुरक्षित यात्रा, सभ्य समाजको आधार’ नारा

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ चैत ३० गते मङ्गलबार १२:३६

गाउँपालिका अध्यक्ष गुरुङले सोही अवसरमा जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायव निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ’ र ‘सिट क्षमता भन्दा बढी यात्रु नहालौँ’ जस्ता सन्देशहरू प्रवाह गर्ने काम गरिएको आयोजकको भनाइ छ ।

खुदी(लमजुङ)– लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ‘सुरक्षित यात्रा, सभ्य समाजको आधार’ नारा गुञ्जिएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ९ खुदी स्थित साम्बाचोकमा सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम चैत ३० गते सो नारा गुञ्जाइएको हो ।
गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा सञ्चालन भएको ‘सुरक्षित यात्रा, सभ्य समाजको आधार’ भन्ने मूल नारासहित आयोजित सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रममा सो नारा गुञ्जाउने काम भएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले कार्यक्रमको मुख्य उद्देश्य सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नु रहेको बताउनुभयो । उहाँले कार्यक्रममा सवारी चालक, सहचालक तथा सर्वसाधारणलाई सडक सुरक्षासम्बन्धी जानकारी दिँदै सुरक्षित, संयमित र जिम्मेवार यात्रा अभ्यास गर्न विशेष आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ’ र ‘सिट क्षमता भन्दा बढी यात्रु नहालौँ’ जस्ता सन्देशहरू प्रवाह गर्ने काम गरिएको आयोजकको भनाइ छ ।
गाउँपालिका अध्यक्ष गुरुङले सोही अवसरमा जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायव निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गर्नुभएको थियो । सो उपकरणले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
उक्त ट्राफिक सचेतना कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुना माया थापा, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्र बहादुर थापा, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्थानीय युवा क्लबका प्रतिनिधि, चालक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ बैशाख १, मंगलवार १२:३६ गते
हजुरको प्रतिक्रिया