तोकियो रास्वपाको केन्द्रीय महाधिवेशन, आउँदो असोजमा

तोकियो रास्वपाको केन्द्रीय महाधिवेशन, आउँदो असोजमा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख २ गते बिहिबार ११:४८

भदौमा प्रदेश अधिवेशन हुनेछ भने आगामी असोजमा पहिलो ऐतिहासिक केन्द्रीय महाधिवेशन गर्ने आन्तरिक तयारी गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

स्थगित संगठन निर्माणको कार्य वैशाख २ गतेदेखि अघि बढेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भएको छ ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अधिवेशन खुला भएको छ । सो दलको केन्द्रीय समितिले रोकिएका वडा र पालिका अधिवेशन पुनः सञ्चालन गर्न बैशाख २ गते खुला गरेको हो ।
आफ्ना सभापति कारागारमा बस्नु परेको र गत फागुन २१ गतेका लागि घोषित आम निर्वाचनका कारण रास्वपाले अधिवेशनका कार्यक्रमहरू स्थगित गरेको थियो । स्थगित संगठन निर्माणको कार्य वैशाख २ गतेदेखि अघि बढेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भएको छ । उहाँका अनुसार रास्वपाले असार भित्र वडा र पालिका अधिवेशन तथा साउनमा जिल्ला अधिवेशन गर्ने बताएको छ । त्यस्तै, भदौमा प्रदेश अधिवेशन हुनेछ भने आगामी असोजमा पहिलो ऐतिहासिक केन्द्रीय महाधिवेशन गर्ने आन्तरिक तयारी गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।
स्मरणीय छ, यसअघि गर्ने भनिएका कतिपय वडा अधिवेशनहरू खेतीको सिजनको बहानामा स्थगित गरिदै आएका थिए । निर्धारित मितिमा अबका दिनमा वडा तथा पालिका अधिवेशन के कसरी हुने हुन् ? जिज्ञासा उत्पन्न भएको छ ।

प्रकाशित मिति २०८३ बैशाख ३, बिहीबार ११:४८ गते
हजुरको प्रतिक्रिया