रास्वपा बेसीशहर– ८ वडासमितिद्वारा समवेदना व्यक्त

रास्वपा बेसीशहर– ८ वडासमितिद्वारा समवेदना व्यक्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख ३ गते शुक्रबार ०९:४७

त्यस दिन पनि दिउँसो स्थानीय प्रदेश अस्पतालमा गएर स्वास्थ्य परीक्षण गरी फर्कनु भएकी लालमायाले सुत्ने बेलामा अलिक अप्ठेरो जस्तो भयो भन्नु भयो, हामीले मिलाउँदै थियौं पाँच मिनेट पनि कट्न पाएन, अस्पताल पनि लग्ने मौका पनि मिलेन उहाँका जेठो छोरा मेघराज तामाङले जानकारी दिनु भयो ।

६६ वर्षकै उमेरमा निधन हुनु भएकी लालमाया पछिल्ला केही वर्षदेखि मुटु, दम, ब्लड प्रेसर तथा सुगरको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

बेसीशहर(लमजुङ)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बेसीशहर नगरपालिका– ८ को वडासमितिले समवेदना व्यक्त गरेको छ । सोही वडाको सेरा कृष्णमन्दिर चोक नजिक निवासी स्व. लालमाया गुरुङ÷तामाङको पाँचौं पुण्य तिथिमा उहाँको निवासमा गएर शोकसन्तप्त परिवारजनमा रास्वपाको वडासमितिले समवेदना व्यक्त गरेको हो । उहाँ ६६ वर्षीया हुनुहुन्थ्यो ।
लालमाया पछिल्ला केही वर्षदेखि मुटु, दम, ब्लड प्रेसर तथा सुगरको समस्याबाट पीडित हुनुहुन्थ्यो । तर पनि सरसाउदो हुनुहुन्थ्यो । त्यस दिन पनि दिउँसो स्थानीय प्रदेश अस्पतालमा गएर स्वास्थ्य परीक्षण गरी फर्कनु भएको उहाँका जेठो छोरा मेघराज तामाङले बताउनु भयो । उहाँका अनुसार साँझ पनि खासै त्यस्तो केही देखिएको थिएन । उहाँले भन्नुभयो, ‘सुत्ने बेलामा अलिक अप्ठेरो जस्तो भयो भन्नु भयो, हामीले मिलाउँदै थियौं पाँच मिनेट पनि कट्न पाएन, अस्पताल पनि लग्ने मौका पनि मिलेन ।’
२०१६ सालको फागुन ६ गते जन्मिनु भएकी उहाँकोमा समवेदना व्यक्त गर्न जाने रास्वपाको टोलीको नेतृत्व रास्वपाको उद्योग वाणिज्य विभाग गण्डकी प्रदेशका सदस्य धु्रव ढकालको नेतृत्वमा गएको थियो । सो टोलीमा रास्वपाको जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडी, जिल्ला सदस्य मीना खड्का, बेसीशहर नगरका सदस्य अहल्दिन मिया, सोही वडाका सचिव रामहरि श्रेष्ठका साथै वडा सदस्य काजीराम रावललगायत हुनुुहन्थ्यो ।
पार्टीको तर्फबाट तयार गरिएको समवेदना पत्र रास्वपाको उद्योग वाणिज्य विभाग गण्डकी प्रदेशका सदस्य धु्रव ढकालले पढेर सुनाउनु हुँदै उहाँले स्व. लालमायाका जेठो छोरा मेघराज तामाङलाई हस्तान्तरण गर्नु भएको थियो ।
सो समयमा स्व. आत्माको एक मिनेट मौन धारण गर्नुका साथै उहाँको आत्माको शान्तिका लागि समवेदना व्यक्त गर्न गएका रास्वपाको टोलीका सबैले दीप समेत प्रज्ज्वलन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ बैशाख ४, शुक्रबार २१:४७ गते
हजुरको प्रतिक्रिया