जिल्ला प्रहरी कार्यालयद्वारा त्रैमासिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक

जिल्ला प्रहरी कार्यालयद्वारा त्रैमासिक कार्य प्रगति प्रतिवेदन सार्वजनिक

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख ९ गते बिहिबार ०८:५८

सो अवधिमा जिल्लामा प्रहरीमार्फत कुल मुद्दा ५८ वटा दर्ता भएको, १५ फस्र्योट भएको, ४ चालु रहेकोछ, ३९ वटा फस्र्योट हुन बाँकी रहेको जानकारी दिनु भयो । ती मुद्दामा प्रतिवादी संख्या ४०, पक्राउ संख्या २० र फरार प्रतिवादी १९ जना रहेको प्रनाउ बस्नेतले उल्लेख गर्नु भयो ।

तीन महिनाको अवधिमा आत्महत्याका १३ घट्ना हुनुको कारण खोज्ने र निकारणका उपाय अपनाउनेतर्फ स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्न जरुरी रहेको पत्रकारहरूले सुझाव दिएका थिए ।

बेसीशहर– जिल्ला प्रहरी कार्यालय लमजुङले पछिल्लो त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो कार्यालयले गत माघ, फागुन र चैत महिनाको प्रगति बैशाख ९ गते सार्वजनिक गरेको हो । त्यस अवसरमा सर्वाधिक मुद्दा बैंकिङ कसुरका १४ वटा, आत्महत्यका १३ घट्ना भएको जानकारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले पत्रकारहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । साथै उहाँले एक कार्यपत्र मार्फत त्रैमासिक प्रगतिको विवरण समेत प्रस्तुत गर्दै समग्र कार्य प्रगतिबारे जानकारी दिनु भएको थियो । उहाँले पत्रकारहरूले राखेका जिज्ञासाको सम्बोधन प्रयास समेत गर्नु भएको थियो ।
प्रनाउ बस्नेतले सो अवधिमा गरेका अपराध अनुसन्धान, प्रहरी कार्य, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी तथा छानविन कक्ष तर्फका कार्यका साथ समुदाय साझेदारी कायका साथ नवप्रवर्तनिय कार्यहरूका बारेमा पनि जानकारी गराउनु भएको हो । उहाँका अनुसार सो अवधिमा जिल्लामा प्रहरीमार्फत कुल मुद्दा ५८ वटा दर्ता भएको, १५ फर्स्योट भएको, ४ चालु रहेकोछ, ३९ वटा फर्स्योट हुन बाँकी रहेको जानकारी दिनु भयो । ती मुद्दामा प्रतिवादी संख्या ४०, पक्राउ संख्या २० र फरार प्रतिवादी १९ जना रहेको उल्लेख गर्नु भयो ।
त्यस्तै, सो अवधिमा २३ लाख ५३ हजार सवारी साधनको कारबाहीबाट राजस्व संकलन भएको प्रनाउ बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार माघमा आठ लाख पाँच सय, फागुनमा छ लाख ८८ हजार रुपैयाँ र चैत महिनामा आठ लाख ६४ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको हो । सो तीन महिनाको अवधीमा दुईहजार ६ सय ५७ सवारीलाई ट्राफिक नियम उल्लंघन गरेको र ९१ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा कारवाही गरिएको छ ।
सोही अवधिमा ६० वटा ठाडो उजुरी परेकोमा १५ वटा फर्स्योट भई चारवटा फर्स्योटको प्रक्रियामा रहेको तथा ४५ वटा फर्स्योट हुन बाँकी रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार ज्यानकेस, सवारी दुर्घटनामा भएको मृत्युको मुद्दा टुंगिनका लागि दुई वर्ष लाग्ने कानुनी प्रावधानका कारणले यस्तो स्थिति उत्पन्न भएको हो । उहाँले भन्नुभयो, ‘प्रतिवादी नखुलेका मुद्दा २२ र खुलेका मुद्दाको संख्या २३ रहेका छन् ।’
यसैगरी प्रहरी साझेदारीतर्फका गतिविधिमा उहाँले प्रकाश पार्नु भएको हो । लमजुङ प्रहरीले विभिन्न मातहतका इकाइबाट अवैध चोरी एवं प्राकृतिक दोहन गरेको भन्दै १० वटा ट्याक्टर, एउटा जेसीबी र एउटा टिप्परलाई पनि कारवाही गरेको छ । सो कारबाहीबाट कुल एकलाख ३० हजार एकसय ५० रुपैया सम्बन्धित स्थानीय तहमा राजश्व संकलन भएको प्रहरीले जनाएको छ ।
सो अवधिमा सबैभन्दा बढी बैंकिङ कसुरका मुद्दा १४ र आत्महत्याका १३ संख्या रहेको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । तीन महिनाको अवधिमा आत्महत्याका १३ घट्ना हुनुको कारण खोज्ने र निकारणका उपाय अपनाउनेतर्फ स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्न जरुरी रहेको पत्रकारहरूले सुझाव दिएका थिए ।
सो कार्यक्रममा प्रहरी निरीक्षकद्वय अभिषेक पाण्डे, ज्ञानेन्द्र क्षेत्री लगायतको विशेष उपस्थिति रहेको थियो । उक्त पत्रकार सम्मेलनको सञ्चालन प्रहरी सहायक निरीक्षक कृष्ण विकले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८३ बैशाख १०, बिहीबार ०८:५८ गते
हजुरको प्रतिक्रिया