
हङकङ– यहाँ बस्नु हुने लमजुङबासीका साथै जन्म जिल्लाको सेवा र विकास लागि साझा संस्थाका रुपमा स्थापित लमजुङ सेवा समिति हङकङको अध्यक्ष पदमा श्याम कुमार गुरुङ पुनः सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । समितिको १३ औ अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति बैशाख १३ गते निर्विरोध रुपमा चयन भएको हो ।
समितिको उपाध्यक्षमा जगत प्रसाद गुरुङ, सचिवमा गमन घले, सहसचिव सन्तोष गुरुङ, कोषाध्यक्षमा मिन बहादुर गुरुङ, सहकोषाध्यक्षमा पञ्चमान गुरुङ चयन हुनु भएको छ । समितिको सदस्यहरूमा रेवती गुरुङ, कल्पना घले, पुष्पादेवी गुरुङ, ओमकला गुरुङ, पेमा गुरुङ, अमृत गुरुङ, मेनुका गुरुङ, सुनिता गुरुङ, वुद्धि प्रसाद गुरुङ, हर्क वहादुर गुरुङ बेल बहादुर गुरुङ, इन्द्र कमुार गुरुङ, नरेश गुरुङ, निशा गुरुङ, सीता गुरुङ, प्रज्ञा गुरुङ, कविता गुरुङ, प्रितम गुरुङ र किशोर गुरुङ चयन हुनु भएको छ । समिति २५ सदस्यीय रहेको छ ।
संस्थाले विभिन्न सामजिक गतिविधि सञ्चालन गर्नुका साथै समस्यमा परेका लमजुङवासीहरूलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्र्दै आएको छ । यसैगरी, समितिले मर्स्याङदी नाइट लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर आर्थिक संकलन गरेको छ । २०७१ सालमा स्थापित लमजुङमा सम्पर्क समितिले सेवा तथा विकासका कार्य सञ्चालन गर्न अक्षककोषको समेत स्थापना गरेको छ ।
अक्षकोषबाट जिल्लामा शिक्षा तथा खेलकुदको विकासका साथै स्वास्थ्य, विपदका क्षेत्रमा सहयोग गर्दै आएको समितिका नवनिर्वाचित अध्यक्ष श्यमकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार समितिको कार्यक्रम ३ वर्ष रहने गरेको छ ।
प्रकाशित मिति २०८३ बैशाख १३, आईतवार ०७:४५ गते