हिजोका दिनमा कसैले सुन चोरेका थिए, हामीले सियो चोर्न किन नहुने ? भन्ने स्थिति छैन, छुट हुँदैन : सांसद केसी

हिजोका दिनमा कसैले सुन चोरेका थिए, हामीले सियो चोर्न किन नहुने ? भन्ने स्थिति छैन, छुट हुँदैन : सांसद केसी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ बैशाख १२ गते आईतबार ०८:०३

पार्टीमा फरक मत राख्न नपाउने हो भने पुराना दल र नयाँ भनिने हाम्रो दलका के फरक रह्यो र ? भन्नु हुँदै सामाजिक सञ्जालमा पार्टीलाई बदनाम हुने काम गरिदा अनुशासन समिति किन मौन छ ? र त्यो कहाँ छ ? भन्ने प्रश्न सल्लाहकार समितिका संयोजक पहाडीले गर्नु भएको थियो ।

भन्नुभयो, ‘पद साथीहरूको बाटो छेकेर हैन, बाटो खोलेर प्रतिपर्धा गर्न र पद प्राप्त गर्न जरुरी छ, त्यसले मात्र पार्टीलाई बलियो बनाउछ ।’ रास्वपाको केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थी

बेसीशहर– ‘हिजोका दिनमा कसैले सुन चोरेका थिए हामीले सियो चोर्न किन नहुने भन्ने स्थिति छैन । त्यो पनि छानबिन भयो र दोषि ठहर भएमा सजायको भागी हुनुपर्छ । त्यसमा पार्टीले कसैलाई पनि बचाउने वाला छैन, बचाउँदैन, त्यसैले हामीले सानोभन्दा सानो पनि गल्ती गर्ने छु छैन ।’ प्रस्तुत भनाई सांसद धर्मराज केसीका हुन् । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लमजुङद्वारा संघीय संसदीय निर्वाचनको समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बैशाख १३ गते त्यस्तो बताउनु भएको हो ।
उहाँले हार्ड वर्कभन्दा स्मार्ट वर्क गर्नु पर्छ भनेर आफूले वेभ पेज बनाएको जानकारी दिनु भयो । उहाँले त्यो पेज के कसरी सञ्चालन हुन्छ र के कस्ता विषय त्यहाँ राख्न वा त्यसबाट जानकारी लिन, दिन सकिन्छ भन्ने प्रकाश पार्नु भएको थियो ।
उहाँले निर्वाचनको बेलामा भएका खर्च सबै पारदर्शी रहेको जानकारी दिनु हुँदै बैंक स्टेटमेन समेत देखाउनु भएको थियो । उहाँले प्रवास विभागबाट समेत १५ दिन गाडीको भाडा सुविधा उपलब्ध भएको जानकारी दिदै दाताहरू सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
समिक्षाका क्रममा प्राप्त सुझाव तथा जिज्ञासाले भोलिका दिनमा पार्टीलाई थप ज्वाज्वल्यमान बनाउने महत्वपूर्ण भूमिका खेल्ने सांसद केसीले उल्लेख गर्नु भयो ।
यसैगरी, रास्वपाको केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थीले निर्वाचनका बेलामा जिल्ला समितिबाट भएको हेलचक्र्याइँ बिझाउने खालको नै भएको अनुभूति भएको स्मरण गर्नु भयो । उहाँले केन्द्रीय सभापति रवि र वरिष्ठ नेता बालेनको सुझबुझले पनि पार्टीलाई आजको स्थानमा ल्याउन मद्दत गरेको स्मरण गर्नु भयो । उहाँले जुनकुनै पनि क्षेत्रमा साथीहरूले निर्वाचनका बेलामा गरेको सहयोग तथा योगदानको अभिलेखीकरण गर्ने र सम्बन्धित साथीहरूलाई प्रमाणपत्र दिने जिल्ला समिति प्रवन्ध गर्नु पर्छ भन्ने सुझाव दिनुभयो ।
उहाँले यही बैशाख २ गतेदेखि वडा, पालिका र जिल्ला अधिवेशन खुला भएकोसमेत जानकारी दिदै हामीले बाँकी वडा, पालिका र जिल्ला अधिवेशनको तयारीमा जुट्नु पर्ने बेला आएको उल्लेख गर्नु भयो । उहाँले भन्नुभयो, ‘पद साथीहरूको बाटो छेकेर हैन, बाटो खोलेर प्रतिपर्धा गर्न र पद प्राप्त गर्न जरुरी छ, त्यसले मात्र पार्टीलाई बलियो बनाउछ ।’
सोही कार्यक्रममा रास्वपाको केन्द्रीय प्रवास विभागका सदस्य तोयराज अधिकारीले अबका दिनमा सेवाग्राहीलाई सरकार र हामीले दिने डेलिभरीमा पार्टीको साख निर्भर रहने उल्लेख गर्नु भयो । उहाँले संगठन हुँदैमा चुनाव जितिन्छ भन्ने पनि हुँदोरहेछन भन्दै गत निर्वाचनको बेलामा काँग्रेस– एमालेको संगठन कमजोर थियो र ? भन्ने प्रश्न गर्नु भयो । उहाँले थप भन्नुभयो, ‘यसको अर्थ संगठन नै चाहिन्न भन्ने होइन, संगठन विस्तारमा लाग्नु पर्छ, त्यो पुण्यकर्ममा सबै लागौं ।’
यस्तै, रास्वपाको केन्द्रीय श्रम तथा उपभोक्ता हित संरक्षण विभागका सदस्य कृष्णहरि अधिकारीले समिक्षामा प्रस्तुत भएका समग्र विचारहरूको विश्लेषण गर्दै हामी सबैका गतिविधि रास्वपाका हुन्छन् । त्यसैले, हामीले बोल्ने र काम गर्ने बेलामा बढी जिम्मेवार हुन आवश्यक छ र भावि कार्यदिशाका साथ रणनीति तयारमा जुटौं उहाँले भन्नुभयो ।
रास्वपाको केन्द्रीय जनसम्पर्क विभागका सदस्य भोला शर्माले गत फागुन २१ गते सम्पन्न निर्वाचनको जिल्लाका सबै वडाको समग्र तथ्यांकगत वस्तुस्थितिको प्रस्तुति गर्नु भएको थियो । तथ्य, तर्क र धरातलीय आधारमा उहाँले गर्नु भएको विश्लेषणले धेरैको मन छोएको थियो ।
उहाँले समिक्षाका क्रममा निर्वाचनका बेलामा पार्टीले अपनाएका रणनीतिका बलियोपक्ष, कमजोर पक्षका साथै सुधार गर्नु पर्ने पक्षका साथमा मुख्य सिकाई र अबको बाटोसमेत प्रष्ट्याउने काम गर्नु भएको थियो ।
रास्वपाका प्रदेश सचिवालय सदस्य हरि धितालले निर्वाचनका बेलामा नेटामा साथीउपर भएको आक्रमणको घट्नाको स्मरण गर्दै त्यस घट्नाका विरुद्ध उजुरी जिल्ला प्रशासन कार्यालयमा तोयराज अधिकारीलाई लेख्न लगाएर बुझाएको जानकारी दिनु भयो । उहाँले आफू सचिवालय सदस्य भएर पनि कति काम सोचे अनुसार गर्न सक्ने वातावरण बनेको थिएन भन्ने स्विकार गर्नु भएको थियो ।
यसैगरी जिल्ला सल्लाहकार परिषदका संयोजक नवराज पहाडीले निर्वाचनमा पार्टीका कार्यकर्ताहरूको परिचालन गलत भएको भए सायद निर्वाचन जितिन्नथ्यो होला, जीत पनि सानदार भएको छ त्यसैले कमजोरी थिएन भन्ने दावी गर्न सकिन्छ तर पनि त्यो बेलाका केही तीता भोगाई छन् भन्नुभयो ।
उहाँले आफूलाई प्रचारप्रसार समितिको संयोजक तोकिए पनि मन फुकाएर काम गर्ने अवसर मिलेन । एक सातामा बैठक बसेर तेरो जिम्मेवारी सुन्दरबजार नगरपालिका हो भनियो, यस्ता विषय विधानमा छ कि ? केन्द्रले जारी गरेका परिपत्रमा ? भन्ने प्रश्न उठाउनु भएकबो थियो ।
अर्को एक प्रशङ्गमा पहाडीले सार्वजनिक मञ्चमा पार्टीको उपस्थिति प्रायः शून्य हुनुले खल्लो अनुभूति हुने गरेको सुनाउनु भयो । उहाँले पार्टीमा फरक मत राख्न नपाउने हो भने पुराना दल र नयाँ भनिने हाम्रो दलका के फरक रह्यो र ? भन्नु हुँदै सामाजिक सञ्जालमा पार्टीलाई बदनाम हुने काम गरिदा अनुशासन समिति किन मौन छ ? र त्यो कहाँ छ ? भन्ने प्रश्न पहाडीले गर्नु भएको थियो ।
सुझाव राख्नेहरूमा जिल्ला सदस्य मीना खड्का, बेसीशहर नगर सभापति कृष्ण राउत, सुन्दरबजारका नगर सभापति विमल अधिकारी, मध्यनेपालका नगर सभापति तीर्थराज पराजुली, मस्र्याङदी गाउँपालिकाका सभापति भद्रमोहन थापा लगायत आठैवटा पालिकाबाट आएका प्रतिनिधिहरू २७ जना हुनुहुन्थ्यो ।
रास्वपाको कावा जिल्ला सभापति प्रकाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले जिल्लाको प्रगति प्रतिवेदन सुनाउनु भएको थियो । सो अवसरमा जिल्ला सदस्य होमबहादुर राउतले स्वागत गर्नु भएको थियो ।
सांसद धर्मराज केसीको मुख्य व्यक्तित्वका रुपमा सहभागी हुनुभएको सो समिक्षा कार्यक्रम सोही दलको जिल्ला स्थित कार्यालयमा भएको हो । उनीहरू अधिकांशले समिक्षा ढिला भएको गुनासो गर्दै पार्टीको जिल्ला अधिवेशन छिटोभन्दा छिटो हुनु पर्ने माग गरेका थिए ।
त्यस्तै केहीले केही दिन अघि सामाजिक सञ्जालमा देखिएको रास्वपामा उत्पन्न असमझदारीको विषयले पार्टीका विरोधीले कुरा काट्ने मौका पाएको चर्चा गरेका थिए ।
प्रकाशित मिति २०८३ बैशाख १३, आईतवार २०:०३ गते
हजुरको प्रतिक्रिया