आज तीव्र गतिको हावाहुरी चल्ने, प्राधिकरणको सातबुँदे आग्रह

आज तीव्र गतिको हावाहुरी चल्ने, प्राधिकरणको सातबुँदे आग्रह

एजेन्सी

@antaranganews

२०८३ बैशाख १५ गते बुधबार ०६:५७

प्राधिकरणको ७ बुँदे आग्रहमा सकेसम्म घरबाहिर हिँडडुल नगर्ने, घरको झ्यालढोका राम्रोसँग बन्द गर्ने, जस्ता पातालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउने, घरबाहिर आगो नबाल्ने, घरभित्र आगो बाल्दा पनि सावधानी अपनाउन समेत भनिएको छ ।

जल तथा मौसम विज्ञान प्राधिकरणबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित जानकारीमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज वैशाख १६ मुलुकका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने जानकारी दिदै सावधानी अपनाउन आग्रह गरिएको छ । सुदूरपश्चिमदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १५ गते एक विज्ञप्ति जारी गरी त्यस्तो जानकारी दिएको हो ।
प्राधिकरणका केही स्थानमा आज वैशाख १६ तीव्र हावाहुरीको पूर्वानुमान छ ।
सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची हित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशको मोरङसहित आसपासका जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
हावाहुरी साँझ करिब ५ः४५ बजे सुरु हुने सम्भावना छ । वैशाख १७ बिहान करिब ७ः४५ बजे हावाहुरी ‘समाप्त हुने’ सम्भावना रहेको विज्ञप्तिमा उल्लेख छ ।
मेघगर्जन÷चट्याङ÷हावाहुरी÷असिनासहित पानी पर्ने प्रणाली पश्चिमदेखि क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकोले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ ।
प्राधिकरणको ७ बुँदे आग्रह यस्तो छ :
सकेसम्म घरबाहिर हिँडडुल नगर्ने ।
घरको झ्यालढोका राम्रोसँग बन्द गर्ने ।
जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउने ।
घरबाहिर आगो नबाल्ने, घरभित्र आगो बाल्दा पनि सावधानी अपनाउने ।
लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बानजिक र बिजुलीको तारमुनि नबस्ने ।
बिजुलीको तार लत्रिएको छ भने नछुने ।
उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहने ।
यसका साथै जल तथा मौसम विज्ञान प्राधिकरणबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित जानकारीमा राखी सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति २०८३ बैशाख १६, बुधबार ०६:५७ गते
हजुरको प्रतिक्रिया